एसियाडकी पदक विजेता एरिका गुरुङ यूएसए ओपन कराँतेको फाइनलमा

काठमाडाैं | चैत १८, २०८०

एसियाडकी पदक विजेता एरिका गुरुङ यूएसए ओपन कराँतेको फाइनलमा

काठमाडौं:    नेपाली खेलाडी एरिका गुरुङ अमेरिकाको टेक्सासमा जारी यूएसए ओपनर अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको फाइनलमा पुगेकी छन् । उनी महिला ६८ केजीभन्दा माथिको तौल समूहको फाइनलमा पुगेकी हुन् ।


एरिका चीनको हाङ्झावमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगिताकी ऐतिहासिक रजत पदक विजेता खेलाडी हुन् । एसियाली खेलकुदमा एरिकाले जितेको पदक कुनै पनि नेपाली कराँते खेलाडीले एसियाडमा जितेको पहिलो र एकमात्र रजत पदक हो ।


एरिकाले यूएसए ओपन कराँतेको फाइनलमा अमेरिकी खेलाडीको‌ सामना गर्नेछिन् । प्रतियोगितामा पुरुष तर्फ नेपालबाट विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । उनी सेमिफाइनलमा पराजित भए । उनले पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।


नेपाली टोलीमा प्रशिक्षकका रूपमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् । एरिकाले इन्डोनेसियामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् । विप्लव भने १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता हुन् । 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्