दश दिनपछि आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडाैं | चैत १८, २०८०
काठमाडौं: संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सभामुखको विदेश भ्रमणका लागि दश दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आजबाट लगातार चैत २१ गतेसम्म चार दिन प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।
साथै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक लगायत विषयमा प्रस्ताव प्रस्तुत गरिने कार्यसुची रहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।
यसैबीच हिजो सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसंग आग्रह गर्नुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।
छलफलपछि कांग्रेस सचेतक सुशिला थिङलेले राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्म सार्ने सहमति भएको बताउनुभयो । साथै गृहमन्त्रीका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उहाँको भनाइ छ ।
एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताउनुभयो ।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको बिषयमा उठेका बिषयको जवाफ सम्बन्धीत व्यक्तिले दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

