नेपालले आयरल्यान्ड वल्भ्सलाई ६ विकेटले हरायो
काठमाडाैं | चैत १२, २०८०

काठमाडौं: आयरल्यान्ड वल्भसविरुद्ध दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित दर्ता गरेको छ । नेपालले आइरिश टोलीविरुद्ध ६ विकेटको जित दर्ता गरेको हो ।
आयरल्यान्डले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा ४ चौका सहित सर्वाधिक ३७ रनको अविजित इनिङ खेले । यस्तै दिपेन्द्र सिंह ऐरिले १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे । सन्दिप जोराले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए ।
आयरल्यान्डको पहिलो शिकार ओपनर ब्याटर आसिफ शेख रहेका थिए । चौथो ओभरमा उनी ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाएर ग्यारेथ डीलेनीको बलमा आउट भएका थिए । सोहि ओभरमा कप्तान रोहित पौडेल २ बल खेल्दै शुन्यमा पेभेलियन फर्किए ।
गुलशन झा पाचौ ओभरमा बेन व्हाइटको बलमा ४ रन बनाएर क्याच आउट भए । ३७–३ को अवस्थाबाट ओपनर कुशल भुर्तेल र सन्दिप् जोराले इनिङ सम्हाल्दै चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । सो साझेदारी सन्दिप थोमस माएसको बलमा क्याच आउट भएपछि तोडिएको थियो ।
आयरल्यान्डका लागि ग्यारेथ डीलेनीले २ तथा बेन व्हाइट र थोमस माएसले समान १/१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आइरिश टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाउन सक्यो । आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य ब्याटर भने चल्न सकेनन् ।
करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै रस अडेयरलाई बोल्ड गरेका थिए । पहिलो बलमा चौका पर्हार गरेका उनी आउट भएका थिए । चौथो ओभरको अन्तिम बलमा केड कार्मिकाएल ललित राजवंशीको बलिङमा १२ बलमा ८ रन बनाएर एलबिडब्लुमा फसे ।
मोर्गन टपिङ सातौ ओभरको दोस्रो बलमा गुल्शन झाको बलमा शुन्यमा बोल्ड भए । कप्तान निल रकलाई पनि गुलशनले नै ५ रनमा क्याच आउट गराए ।
ग्यारेथ डीलेनि ४ रन बनाएर ११औ ओभरमा कुशल मल्लको शिकार बने । त्यसपछि आउट हुने डोहनी थिए । उनी कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिद्वारा क्याच आउट भएका थिए । फियोन ह्याण्ड पनि १७ बल खेल्दै ११ रन बनाएर कुशल भुर्तेलकै शिकार बने ।
लियम मकार्थी ललितको बलमा १६ रन बनाएर आउट भए । उनले ७ बल खेलेर २ चौका र १ छक्का एलबिडब्लु आउट भए । थोमस मेयस १३ बलमा १६ रन बनाएर १९औ ओभरमा रन आउट भए । इनिङको अन्तिम बलमा म्याथिउ हमफ्रिज ६ रन बनाएको अवस्थामा रन आउट भए भन ११ नम्बरका ब्याटर बेन व्हाइट शुन्यमा अविजित रहे ।
नेपालका लागि ललित राजवंशी, गुलशन झा तथा कुशल भुर्तेलले समान २/२ विकेट लिए । यस्तै करण केसी र कुशल मल्लले १/१ विकेट लिए । नेपालले ८ बलरको प्रयोग गरेको थियो । जसमध्य सोमपाल्कामी, दिपेन्द्र सिंह ऐरि र अविनाश बोहराले कुनै विकेट लिन सकेनन् ।
आयरल्यान्ड वल्भसविरुद्ध नेपालका लागि १५ जनाको स्क्वाड मध्य आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहेका थिए । सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ । नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।
खानेपानीको समस्या बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज...
पोखरा: लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होट...
आज पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिन । त्यसैको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्...