पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:    पोखरामा आजदेखि सुरु भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।   पोखरा रंगशालामा भएको उद्घाटन खेलमा थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ ।    थ्री स्टार क्लबले आयोजक सहारा क्लबलाई २–१ गोल अन्तरले हराउँदै आहा! रारा पोखरा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ।   थ्री स्टारको जीतमा योगेश गुरुङ र एञ्जल महर्जनले समान १÷१ गोल गरे भने सहाराका लागि आशिष गुरुङले सान्त्वना १ गोल फर्काए ।   पहिलो हाफ १–१  को बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्री स्टारले थप १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।      माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाएका छन् ।   प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ ।   प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

पोखरा:   सहारा क्लबले यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आयुष घलानलाई नगदसहित सम्मान गरेको छ ।   पोखरामा आजदेखि सुरु भएको २३ औं आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहारा क्लबले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुष घलानलाई नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको हो ।    राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौडा उपमहानगरपालिका वडा १८ का हुन् । निकै मेहनति उनले अष्टे«लियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले वर्षेनी सम्मान गर्दै आएको छ ।  कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गरेका छन् । २०७४ सालदेखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानि भइसकेका छन् ।

पोखरा:     पोखरामा मोफसलकै चर्चित २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लब खेल्दै छन् ।  २०५८ सालदेखि निरन्तर हुँदै आएको आहा ! रारा पोखरा गोल्डकपमा हालसम्म थ्रीस्टारले ५ पटक र सहाराले एकपटक उपाधि जितेका छन् । जसमा आयोजक सहारा ३ पटकमात्रै फाइनल पुगेको छ भने थ्रीस्टार ६ पटक फाइनल पुगेको छ । नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलो पटक आमनेसामने हुँन लागेका हुन् । माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदैछन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए । यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो । तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

पोखरा:    सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गर्ने भएको छ । प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कार राशि नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्र छ । पोखरामा मंगलबारदेखि सुरु हुने २३ औं आहा रारा पोखरा गोल्डकपको उद्घाटन अवसरमा फुटबल खेलाडी घलानलाई सम्मान गरिने क्लब अध्यक्ष केशवराज बरालले बताए । राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौडा उपमहानगरपालिका वडा १८ का हुन् । निकै मेहनति उनले अष्टे«लियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।   राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको छ । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गरेका छन् । २०७४ सालदेखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् । माघ ९ देखि २० सम्म पोखरा रंगशालामा हुने यस वर्षको आहा रारा पोखरा गोल्डकपमा आयोजकसहित १२ टिमले भाग लिएका छन् ।

पोखरा:     पोखरा बगर भाइखलक पोखराले ग्रास रुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनरको आयोजना गर्ने भएको छ । पोखरा १ बगरमा स्थापित सामाजिक संस्था बगर भाइखलकले आर्थिक अवस्था कम्जोर भएका खेलाडीहरुलाई सहयोगार्थ च्यारिटी डिनरको आयोजना गर्न लागेको अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । ‘हामीले ग्रास रुट फुटबलका प्रशिक्षणका लागि तेह्रौं बगर भाइ खलक भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं । ग्रासरुट फुटबल प्रशिक्षणमा अभावका कारण कतिपय प्रतिभावान खेलाडीहरुको सहभागिता रहन सकेको छैन्’ उनले भने, ‘हामीले साना–साना खेलाडीहरुलाई छात्रवृत्ति प्रदानका लागि कोष वृद्धि गर्न च्यारिटी डिनरको आयोजना गर्न लागेका हौं ।’ च्यारिटी डिनर पोखरा ९ बास्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा आगामी शुक्रबार हुँदैछ ।       

काठमाडौं:   नेपाल आईसीसी यू–१९ विश्वकपमा  युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो हारले नेपालको सुपर सिक्स सम्भावनामा धक्का लागेको छ । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो । तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए ।  बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने क्रममा अर्जुन क्याच हुन पुगेका थिए । त्यसअघि अर्जुनले ब्यक्तिगत १४, ८६ रन र ८८ रनमा तीन जीवनदान पाएका थिए । तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुल्शन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् । अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । सुवास भण्डारी ५२ बलमा ४ चौकासहित ३३ रनमा नटआउट रहे । तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २÷२ विकेट लिए । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको शानदार अविजित शतकीय इनिङ खेलेका थिए । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी नै नेपालको हारको मुख्य कारण बन्यो । यी दुई ब्याटरबाहेक अन्यको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर टम जोनसन ४५ बलमा ५ चौकासहित ३३, ल्यूक वासटन १४ र एलेक्स थोमप्सनले १३ रन बनाए । नेपालका प्रमुख बलर गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १(१ विकेट लिए । नेपालले यसअघि सन् २००६ को यू–१९ विश्वकपमा न्युजिल्यान्डलाई १ विकेट र सन् २०१६ मा ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

काठमाडौं:    आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ।  दक्षिण अफ्रिकामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले स्नेहिथ रेडीको शतकमा ८ विकेटको क्षतिमा ३०२ रन जोड्यो। रेडीले नटआउट १४७ रन जोड्ने क्रममा १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे।  कप्तान ओस्कार ज्याकसनले पनि उत्कृष्ट ब्याटिङ गरे। ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। ४१.५ ओभरमा आउट हुनुअघि उनले चौथो विकेटका लागि रेडीसँग १५७ रनको साझेदारी गरेका थिए। ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे। त्यसअघि न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदा ६७ जोडेको थियो। रेडी र ज्याकसनको साझेदारीले न्युजिल्यान्ड विशाल योगफलतर्फ अघि बढेको थियो।   ज्याकसन आउट भएको अर्को ओभरमा नेपालका गुल्सन झाले दुई बलमा दुई विकेट लिए। ४३औं ओभरको दोस्रो बलमा ओभरमा गुल्सन झाले स्ट्याकपोललाई शून्यमा आउट गरे। अर्को बलमा झाले ज्याक कमिन्सलाई शून्यमै आउट गरे। यस्तै एलेक्स थमसन ४८औं ओभरमा १३ रन जोड्दा सुवास भण्डारीबाट बोल्ड भए। पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको थियो। नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए। उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे। वाट्सनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे। १३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो। नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे। जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए।  स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए। उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए। बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट लिन सफल भए। यस्तै गुल्सन झाले २ विकेट आफ्नो नाममा लेखाए। दिपेश कंँडेल, तिलक भण्डारी र आकास त्रिपाठीले १/१ विकेट लिन सफल भए।

पोखरा:   २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।    सहारा क्लब पोखराले माघ ९ देखि २० गतेसम्म आयोजना गर्ने २३ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।   क्लबका महासचिव रामजी प्रसाद अधिकारीले पोखरा रङ्गशालामा यही माघ ९ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाउने बताए ।   ‘मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ, प्रतियोगितामा ए डिभिजनका क्लबदेखि विदेश क्लबकोसमेत सहभागिता रहनेछ, अधिकारीले भने, ‘१२ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन्  ।’   उनले प्रतियोगितामा अतिरिक्त प्रोत्साहान स्वरुप  नगद पुरस्कारसमेत दिइने जानकारी दिए ।   उनका अनुसार प्रि–क्वाटर विजेता र पराजित दुवै टिमलाई जनही २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टिमलाई ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिनेछ ।    यस्तै प्रतियोगितामा विधागततर्फ समेत पुरस्कारको व्यवस्था गरिएको महासचिव अधिकारीले बताए  ।   प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ ।    प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।    प्रतियोगितामा १२ टिम, उद्घाटन खेलमा सहारा क्लब पोखरा र थ्री स्टार भिड्ने   २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।    प्रतियोगितामा भारतीय क्लबले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि एपिएफ क्लबले सहभागिता जनाउने गुरुङले बताए ।    उनका अनुसार माघ ९ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लब पोखरा र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।   गत संस्करणमा संकटा क्लबले उपाधि जितेको थियो भने आमन्त्रित विदेशी टिम भुट्निज युथ स्पोर्टस् क्लब, मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।   भाग्यशाली दुई दर्शकले जनही ५ हजार पुरस्कार पाउने   प्रतियोगिता अवलोकनका लागि प्रि–क्वाटर र क्वाटरफाइनलको खेलका लागि साधारणतर्फ १ सय र भिआईपीतर्फ २ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको अध्यक्ष केशवराज बरालले जानकारी दिए ।   उनका अनुसार सेमिफाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआईपीतर्फ ४ सय रुपैयाँ र फाइनल खेलका लागि साधारणतर्फ ३ सय र भिआईपीतर्फ ५ सय रुपैयाँ टिकटको मुल्य निर्धारण गरिएको छ ।   २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष बरालले बताए ।   ‘आहा! रारा पोखरा गोल्डकपको यस संस्करणमा हामीले विद्यार्थीहरुलाई क्वाटरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरेका छौं’, अध्यक्ष बरालले भने, ‘विद्यार्थीहरुलाई निशुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गरेर विद्यार्थीहरुलाई अनिवार्य पोशाकमा उपस्थित गराउनुपर्छ ।’   उनका अनुसार प्रतियोगितामा हेर्न आउने २ जना भाग्यशाली दर्शकले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।