पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशसँग पराजित भएको हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीसँग हेल्प नेपाल ३–२ को सेटमा पराजित भएको हो । तीन÷तीन जना विदेशी खेलाडी लिएर दुवै टोलि भलिबल कोर्ट उत्रिएका थिए । हेल्प नेपाललाई २५–२२, १५–२५, २५–१७, २२–२५ र १५–१२ ले पराजित गरेको हो । गण्डकीले यस खेलमा २ अङ्क जोड्दा हेल्प नेपालले १ अङ्क खोज्न सफल भयो । हेल्प नेपालले लिगचरणको आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको हेल्प नेपालको ४, गण्डकीको २ अङ्क छ भने, त्रिभुवन आर्मी क्लबले अङ्क जोड्न सकेको छैन् । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । यस्तै पोखरा रंगशालाको भलिबल कोर्टमा भएको समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गरे पनि पुलिस समूह चरणबाट नै बाहिरिएको छ । यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको आर्मीलाई ३–१ सेटमा पराजित गरेको नेपाल पुलिस क्लब समूहचरणबाट नै बाहिरिएको छ । लिगचरणको खेलमा नेपाल एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको नेपाल पुलिस क्लब समूहचरणबाट नै बाहिरिएको हो । नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी क्लब भन्दा सेटमा पछाडि परेपछि समूहचरणबाट नै बाहिरिएको हो । समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यस समूहमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मीको समान ३÷३ अङ्क रहेको थियो । आज पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने १३–२५ ले गुमाएको थियो । दोस्रो सेट गुमाएको पुलिसले तेस्रो सेट भने २०२५ ले जितेको थियो । यस्तै चौथो सेट पुलिसले २५–१७ ले श्रीलंका आर्मीलाई पराजित गरेको हो । समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको क्रमशः ३÷३ अङ्क रहेको छ । यस्तै आज पुरुषतर्फको दोस्रो खेल समूह ‘ए’मा रहेको घरेलु टोलि गण्डकी प्रदेशले काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा रहेको गण्डकी र आर्मीको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने १३–२५ ले गुमाएको थियो । दोस्रो सेट गुमाएको पुलिसले तेस्रो सेट भने २०२५ ले जितेको थियो । यस्तै चौथो सेट पुलिसले २५–१७ ले श्रीलंका आर्मीलाई पराजित गरेको हो । समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको क्रमशः ३÷३ अङ्क रहेको छ । यस्तै आज पुरुषतर्फको दोस्रो खेल समूह ‘ए’मा रहेको घरेलु टोलि गण्डकी प्रदेशले काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा रहेको गण्डकी र आर्मीको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले भारतको हरियाणा टिमलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । डायमण्डको जितले त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले हरियाणा टिम भारतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । डायमण्डले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ ले पराजित गर्दै समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’मा रहेको डायमण्ड समूह विजेता र आर्मी समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आमन्त्रित टिम भारतको हरियाणा समूह चरणबाट बाहिरिएको छ । यस्तै समूह ‘ए’बाट नेपाल एपिएफ क्लब समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा घरेलु टोलि गण्डकी प्रदेश समूह चरणबाटैै बाहिरिएको छ । यस्तै पुरुषतर्फको समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब र श्रीलंका आर्मीबीच खेल भइरहेको छ । एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा हराउनै पर्ने दवावमा रहेको छ । यस समूहमा रहेका श्रीलंका आर्मी र नेपाल एपिएफ क्लबको ३÷३ अङ्क रहेको छ भने नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । यस्तै पुरुषतर्फको आजको अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लबबीच दिउँसो २ः३० बजे खेल हुनेछ । हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई मंगलबार भएको खेलमा ३–१ को सेटमा पराजित गरेको थियो । भने, गण्डकी र आर्मीबीचको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ समूह ‘ए’बाट विभागीय टोलि नेपाल एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल एपिएफ क्लबले घरेलु टोलि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनमा स्थान पक्का गरेको हो । नेपाल एपिएफ क्लबले तीन जना भारतीय खेलाडीसहित मैदान उत्रेको गण्डकी प्रदेशलाई २५–१६, २५–९ र २५–१७ ले सोझो सेटमा पराजित गरेको हो । नेपाल एपिएफ र पुलिसँग पराजित भएको गण्डकी अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफले दुई खेलमा ५ र पुलिसले ३ अङ्क जोड्न सफल भयो । यस्तै समूह ‘बी’बाट न्यु डायमण्ड स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अहिले न्यु डायमण्ड स्पोर्टस् क्लब र आमन्त्रित हरियाणा टिम भारतसँग प्रतिस्पर्धा भइरहेको छ । यस खेलमा भारतको हरियाणा टिमले डायमण्डलाई सोझो सेटमा पराजित गरे मात्र सेमिफाइनलमा स्थान बनाउने छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन/तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा आज घरेलु टोलि गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौसँग प्रतिस्पर्धा गर्दै छ । उपाधि दावेदार दुवै टोलिमा ३/३ जना विदेशी खेलाडी रहेका छन् । उक्त खेल दिउँसो २:३० बजे पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । समूह ‘बी’मा रहेको हेल्प नेपालले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । यस्तै पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले आमन्त्रित श्रीलंकाको आर्मीसँग १२:३० बजे प्रतिस्पर्धा गर्नेछ । नेपाल एपिएफ क्बलसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा पराजित गरे मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछ । समूह ‘बी’मा रहेको श्रीलंका आर्मी र एपिएफको ३/३ अङ्क रहेको छ भने, नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । यस्तै आज महिला तर्फ गतवर्षको उपाधि विजेता नेपाल एपिएफले घरेलु टोलि गण्डकी प्रदेशसँग बिहान ८:३० बजे प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा एपिएफ विजयी भए समूह ‘ए’को विजेताको बन्दै सेमिफाइनलमा प्रवेश गर्ने छ । यस समुहमा नेपाल पुलिस क्लब ४ अङ्कसहित शिर्षस्थानमा छ । यस्तै दोस्रो खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबले हरियाणा टिम भारतसँग बिहान १०:३० बजे प्रतिस्पर्धा गर्दै छ । डायमण्ड समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरिसकेको छ । यस खेलमा भारतको हरियाणा टिम जित्नै पर्ने दवावमा रहेको छ । यस खेलमा डायमण्ड विजयी भए त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा –१५ को वृहत् खेलकुद महोत्सव मंगलबारदेखि सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं –१५ द्वारा आयोजित वडास्तरिय तीन दिने वृहत् खेलकुद महोत्सव पोखरा –१५ स्थित बन विज्ञान क्याम्पसको खुल्ला चौरमा सुरु भएको हो। महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले हरेक व्यक्तिमा भएको क्षमतालाई प्रदर्शन गर्न खेलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै देशलाई परिचित बनाउनका लागि अन्य थुप्रै क्षेत्र भए पनि मुलुक, समाज र टोलको पहिचान खेलाडीले मात्र दिन सक्ने बताइन्। उनले खेलाडीहरूको विकासका लागि राज्यले निश्चित लगानी गर्नुपर्नेमा त्यसो हुन नसकेकोमा दुखेसो पोखिन्। वडा स्तरमा हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने भट्टराईको भनाई थियो । यस्तै वडाध्यक्ष तोरण बानियाँले स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति भएकाले जबसम्म नागरिक स्वस्थ हुँदैनन् तबसम्म उनीहरूले समाज र परिवारका लागि केही योगदान गर्न सक्दैनन् भन्ने हेतुले हरेक टोल र बस्तीमा खेलकुदको अभियानलाई जोड्न दोस्रो पटक पनि खेलकुद महोत्सवलाई निरन्तरता दिइएको बताए। बानियाँले वडा नं –१५ मा ४२ वटा टोल विकास संस्था ३८ वटा आमा समूह लगायत थुप्रै क्लबहरू रहेको भन्दै ठुलो क्षेत्रफलमा फैलिएको वडावासीहरू बिच खेलकुदले आपसी सम्बन्ध र भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास लिए। आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझै बृहत्तर रूपमा आयोजना गरिने तथा वडावासीले देखाएको उत्साहले आफूहरूलाई झनै हौसला र ऊर्जा प्राप्त भएको बानियाँले बताए । खेल संयोजक तथा वडा सदस्य आशिष भण्डारीले गत संस्करणको वडा स्तरीय खेलकुद महोत्सवमा सहभागी भएका खेलाडीहरूले पोखरा महानगरमा आयोजना भएका विभिन्न प्रतियोगिताहरूमा उपाधि जित्दै वडाको गौरव बढाएको प्रतिक्रिया दिए। उनले समाजमा रहेका मतभेदलाई खेल क्षेत्रले एकत्रित गर्ने र समाजमा एकताको सन्देश दिने बताए । महोत्सवमा वडाका विभिन्न आमा समूह, टोल विकास संस्थाहरूले खेल मैदानमा मार्च पास गरेका थिए । खेल महोत्सव उद्घाटन समारोह कार्यक्रमलाई वडा सदस्य मन्दिरा परियारले सञ्चालन गरेकी थिइन् । यस्तै आज भएको पुरुष फुटबलमा मेरिगोल्डले हार्वड एकेडेमीलाई १–०, सिद्ध माविले केल्स एकेडेमीलाई २–०, फलेपाटनले आदर्श टोललाई १–०, प्रतिभाले निर्मल टोललाई २–०, गलेश्वरले नव जनशक्तिलाई ३–० र वेलननले थ्री एन्जेललाई ३–२ ले पराजित गरेको छ। यस्तै पुरुष भलिबलतर्फ आदर्श टोलले स्यानी मजुवा, ठुलि मजुवालाई शिवशक्ती टोल, अलकापुर टोललाई तल्लो नयाँगाउ र सँगम टोललाई प्रतिभा टोलले पराजित गरेको छ । महिला भलिबलतर्फ प्रतिभा आमा समूहलाई स्यानी मजुवा आमा समूहले, भगवती आमा समूहलाई एकता आमा समूह र चेतना महिला कृषक समूहलाई जनजागृति आमा समूहले पराजित गरेको छ । आज नै भएको ब्याडमिन्टन खेलमा पुरुषतर्फ प्रतिभा, तल्लो नयाँ गाउँ, ठुली मजुवा, मितेरी र धौलागिरि टोल विजयी बनेका छन् । भने, महिला ब्याडमिन्टन तर्फ माछापुच्छ्रे चौतारी विजयी बनेका छन् । तीन दिसम्म चल्ने खेलकुद महोत्सवमा टोल विकास, विद्यालय तथा क्लबस्तरिय फुटबल, पुरुष तथा महिला भलिबल, पुरुष – महिला सडक दौड, रस्साकस्सी, ब्याडमिन्टन, बास्केट बल लगायतका विभिन्न खेलहरूमा झन्डै १२ सय खेलाडीले भाग लिएका छन् ।
पोखरा: पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ समूह ‘ए’ तर्फ नेपाल पुलिस क्लब शिर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज (मंगलबार) भएको खेलमा पुलिसले घरेलु टोली गण्डकीलाई ३–० को सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’को शिर्षस्थानमा उक्लिएको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा एपिएफसँग पहिलो खेल ३–२ ले खेल गुमाएको पुलिसले दोस्रो खेलमा गण्डकीलाई सोझो सेटमा पराजित गरेपछि ३ अङ्क जोड्यो । एपिएफसँग पराजित भएपनि पुलिसले एक अङ्क भने प्राप्त गर्न सफल भएको थियो । पुलिसले गण्डकीलाई २५–१०, २५–९ र २५–१६ ले सोझो सेटमा पराजित गरेको हो । गण्डकीले तीन भारतीय खेलाडी भित्राएपनि पुलिसलाई चुनौती पेश गर्नसमेत सकेन । समूह ‘ए’ तर्फ भोलि गण्डकीले नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल गण्डकीले सोझो सेटमा एपिएफलाई पराजित गर्न सके मात्र समूह उपविजेताको रुपमा अर्को चरणमा प्रवेश गर्नेछ । यस्तै आज नै भएको दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई पराजित गरेको छ । त्रिभुवन आर्मी क्लबले पहिलो सेट २५–२२ ले जितेपनि दोस्रो र तेस्रो सेट भने गुमाउन पुग्यो । आर्मीले दोस्रो र तेस्रो सेट क्रमशः २०–२५ र १८–२५ ले भारतको हरियाणा टिमलाई सुम्पिन पुग्यो । आर्मीले लगातार दुई सेट गुमाएपनि चौथो र पाँचौ सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै २५–१७ र १५–१२ ले जितेको हो । समूह ‘बी’ मा रहेको आर्मीले पहिलो खेल भने न्यू डायमण्ड स्पोर्टस् क्लबसँग पराजित ब्यहोरेको थियो । समुह ‘बी’मा रहेको न्यू डायमण्ड ३ अङ्कसहित शिर्षस्थानमा छ । दुई खेल खेलेको आर्मीको २ अङ्क छ भने एक खेल खेलेको हरियाणा टिमको १ अङ्क छ । बुधबार भारतको हरियाणा टिमले न्यू डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै आज नै भएको पुरुषतर्फको पहिलो खेलमा समूह ‘बी’मा रहेको श्रीलंकाको आर्मी टिमले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । सोमबार नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको एपिएफ मंगलबार भने आमन्त्रित टिमसँग पराजित भएको हो । श्रीलंका आर्मीले नेपाल एफिएफ क्लबलाई २३–२५, २५–२१, २५–१९ र २५–१३ ले पराजित गरेको हो । नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको यस समुहमा ३÷३ अङ्क रहेको छ भने एक खेलेको नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । भोलि नेपाल पुलिस क्लबले आमन्त्रित टिम श्रीलंका आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आज भएको चौथो खेलमा हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौैले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । तीन पाकिस्तान खेलाडीसहित मैदानमा उत्रेको हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई २५–१८, २५–२०, २३–२५ र २५–२० ले पराजित गरेको हो । पुरुषतर्फ समूह ‘ए’ तर्फ भोलि नेपाल पुलिस क्लब र श्रीलंकाको आर्मी क्लब दोस्रो खेल घरेलु गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषतर्फको समुह ‘ए’ तर्फ भने सोमबार घरेलु टोली गण्डकी र त्रिभुवन आर्मी क्लबबीचको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । उक्त खेल लिगचरणको अन्तिममा खेलाउने आयोजकले जनाएको छ । यस प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: नेपाल एपिएफ क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । समूह बी को खेलमा एपिएफले पुलिसलाई पराजित गर्दै गत साता ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ । खेलको पहिलो सेट एपिएफले २५–१९ को अन्तरले जितेको थियो । दोस्रो सेटमा पुलिसले पुनरागमन गर्दै खेल बराबरी गर्ने संकेत देखाएको थियो । तर २४–२० को अग्रतामा रहेपनि पुलिसले अग्रता सदुपयोग गर्न नसक्दा ३३–३१ को अन्तरमा दोस्रो सेट एपिएफको पक्षमा गयो । एपिएफले तेस्रो सेट २५–१७ ले जित्दै प्रतियोगितामा पूरा ३ जोड्दै सुरुवात गर्यो । पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् । आज हुने अन्तिम खेलमा समूह ए मा आर्मी र गण्डकी खेल्नेछन् । त्यसअघि पोखरा रंगशालामा भएको महिलातर्फ समूह ए को पहिलो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पाँचौ सेटमा पराजित गरेको थियो । यस्तै न्यु डायमण्ड स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् । समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । लिग कम नकआउट र सेमिफाइनलमा हरेक दिन ४४ खेल हुनेछन् । तेस्रो स्थान र फाइनलको दिन भने २–२ खेल हुनेछ । महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।