काठमाडौं: आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालको समूह ुडीु मा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । नेपालले १९ वर्षमुनिको विश्वकप आठौँ पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा खेलेको थियो । नेपालले न्युजिल्यान्डसँग सन् २०१६ मा र २००६ मा गरी दुई पटक खेलेकोमा पछिल्लो खेलमा ३२ रन र पहिलो खेलमा एक विकेटले हराएको थियो । नेपालले १९ वर्षमुनिको विश्वकपअघि चार अभ्यास खेल खेलेको छ । जसमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हरायो भने वेस्ट इन्डिजसँगको खेल वर्षाको कारण रद्द भएको थियो । प्रतियोगितामा आजै श्रीलङ्का र जिम्बावे पनि खेल्दैछन् । हिजो भएका खेलमा भारतले बङ्गलादेशलाई ८४ रनले हरायो । यस्तै, इङ्ग्ल्यान्डले स्कटल्यान्डलाई सात विकेटले र पाकिस्तानले अफगानिस्तानलाई एक सय ८१ रनले हराएको छ ।
पोखरा: पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट भएका दुवै खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गरे । टाइगर ग्रुप अफ पोखरा नेपालले सञ्चालन गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस्तै विधागत महिलातर्फ विगागीय क्लबको दवदवा रह्यो । एएिफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट,एपिएफकी सरस्वती चौधरी स्पाइकर, न्यु डायमण्डकी बाल्मिका आचार्य सर्भर, एपिएफकी जस्ना महतो सेटर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का ब्लकर, न्यु डायमण्डकी सलिना श्रेष्ठ लिब्रो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । यस्तै पुरुषतर्फ हेल्प नेपालका फरकउद्दिन सर्वोत्कृष्ट, हेल्प नेपालका मजहर अली स्पाइकर, गण्डकीका हिमाल सुनारी सर्भर, हेल्प नेपालका मोहम्मद सेटर, गण्डकीका रामश्वामी अगामुटो ब्लकर, हेल्प नेपालका दीपक थापा लिब्रो र हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ देखि ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा महिला÷पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको थियो । पुरुषपतर्फ हेल्प नेपाल काठमाडौं र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका छन् ।
पोखरा: पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । हेल्प नेपालले गण्डकी प्रदेशलाई २५–१३, २५–१८, २४–२६ र २५–१७ ले पराजित गरेको हो । हेल्प नेपाललाई लिगचरणको खेलमा गण्डकी प्रदेशले ३–२ को सेटमा पराजित गरेको थियो । यस्तै महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधिमा हयाट्रिक गरेको छ । एपिएफ क्लबले न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । एपिएफ क्लब प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौंथो टाइगर कप भलिबल प्रतियोगिताको महिला तर्फ विभागीय टीम सशस्त्र प्रहरीको एपिएफ क्लबले ह्याट्रिक गरेको छ । अघिल्ला दुुई संस्करण जितेको एपिएफले शनिबार भएको फाइनलमा न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपिएफले उपाधि रक्षा गरेको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो । एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले हराएको हो । उपाधीसँगै एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार जितेको छ भने दोस्रो भएको न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ । महिला तर्फ पुलिसलाई हराएर आर्मी तेस्रो भएको आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगरकप भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल एपिएफ क्लब तेस्रो भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपिएफ क्लबले आमन्त्रित श्रीलंङ्कन आर्मी टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । एपिएफ क्लबले श्रीलंङ्कन आर्मी क्लबलाई २५–२३, २५–२१ र २७–२५ ले पराजित गरेको हो । यस्तै महिलातर्फ अहिले नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच फाइनल खेल सञ्चालन हुन लागेको छ । उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित एपिएफले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । एपिएफले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो । डायमण्डले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा एपिएफ र डायमण्ड अपराजित रहँदै फाइनल प्रवेश गरेका हुन् । यस्तै पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन÷तीन जना विदेशी खेलाडी रहेका छन् । शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो । पुरुषतर्फ समूह ‘ए’ मा रहेका हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश समूह विजेता र समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । भने लिगचरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ । यस्तै फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) महिला र पुरुषतर्फको फाइनल खेल हुँदै छ । शुक्रबार पुरुषतर्फको दुई सेमिफाइनल सम्पन्न भएपछि चौथो टाइगर कप भलिबलको उपाधिका लागि महिला/पुरुषतर्फका दुई दावेदार टोलीको अन्तिम टुङ्गो लागेको हो । महिलातर्फ उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित एपिएफले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । एपिएफले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो । डायमण्डले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा एपिएफ र डायमण्ड अपराजित रहँदै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फको फाइनल खेल बिहान ११ बजे पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । यस्तै पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन/तीन जना विदेशी खेलाडी रहेका छन् । शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो । पुरुषतर्फ समूह ‘ए’ मा रहेका हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश समूह विजेता र समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । भने लिगचरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ । यस्तै महिला÷पुरुषतर्फको फाइनल अगाडि पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ९ बजे सञ्चालन हुनेछ । यस्तै फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) तीन खेल हुँदै छ । पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगितामा महिला/पुरुषतर्फको फाइनल खेल र पुरुषतर्फको तेस्रो स्थानका लागि खेल हुने टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डिवि नेपालीले जानकारी दिए । उनका अनुसार आज पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा एपिएफ क्लब गण्डकी प्रदेश र श्रीलंकाको आर्मी टिम हेल्प नेपालसँग पराजित भएका थिए । पुरुषतर्फको तेस्रो स्थानका लागि बिहान ९ बजे खेल सञ्चालन हुनेछ । यस्तै महिलातर्फको फाइनल खेल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच बिहान ११ बजे खेल हुनेछ । महिलातर्फ शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । यस्तै पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे गण्डकी प्रदेश र हेल्प नेपाल बीच प्रतिस्पर्धा हुनेछ । ३/३ जना विदेशी खेलाडीसहित दुवै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको घरेलु टोली गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । गण्डकी प्रदेशले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा हेल्प नेपालसँगको भेट पक्का गरेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई २५–१७, २५–२०, २५–२२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । तीन भारतीय खेलाडीसहित भलिबल कोर्ट उत्रेको गण्डकी प्रदेशलाई तीन पाकिस्तानी खेलाडी भित्राएको हेल्प नेपालसँग उपाधि रक्षा गर्ने चुनौती रहेको छ । लिगचरणको खेलमा गण्डकी प्रदेशले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले २५–१४, २५–१८ र चौथो सेट २६–२४ ले श्रीलंकाको आर्मी टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै महिलातर्फ भने नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । महिला÷पुरुषतर्फको फाइनल खेल शनिबार हुने टाइगर ग्रुप अफ पोखराले जनाएको छ । फाइनल खेल अगाडि पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका थिए । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको हेल्प नेपाल स्पार्टस् क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले २५–१४, २५–१८ र चौथो सेट २६–२४ ले श्रीलंकाको आर्मी टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनल खेलमा गत संस्करणको विजेता घरेलु टोली गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीको टोलीमा तीन भारतीय खेलाडी रहेका छन् । गण्डकी उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान प्रवेश गर्दा एपिएफ गत संस्करणमा फाइनलमा भोगेको हारको बदला लिँदै उपाधि नजिक पुग्न चाहान्छ । यस्तै महिलातर्फ भने नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । महिला÷पुरुषतर्फको फाइनल खेल शनिबार हुने टाइगर ग्रुप अफ पोखराले जनाएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका थिए । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।