त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै
काठमाडाैं | फागुन २२, २०८०
काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी–२०आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल टियु क्रिकेट मैदानमा ११ः३० बजे सुरु हुनेछ ।
नेपाल लिग चरणमा ४ अंकका साथ उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको हो । ५ अंक जोडेको नेदरल्यान्ड्स भने शीर्षस्थानमा रहेर फाइनल पुग्न सफल भयो । लिग चरणमा नेपाल र नेदरल्यान्ड्सले एक अर्कासँग १–१ खेल जितेका थिए । नेपालले नामिबियासँग पनि १ जित र १ हारको नतिजा निकालेको थियो । नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो ।
सन् २०२१ मा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो । त्यसबेला नेपाल १ सय ४२ रनको अन्तरले विजयी भएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो ५ मध्य ३ खेलमा नेपालले जित हासिल गरेको छ ।
प्रतियोगिताको सुरुवाती दुई खेलमा हार बेहोरेको नेपाल त्यसपछि लगातार दुई जितका साथ फाइनल पुगेको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

