गण्डकी:  तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् ।  विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले ...

काठमाडौँ:   वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ ।   विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो ।    यसरी रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउँदैनन् ।   विभागका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिए ।   उनका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो ।    'कारोबार रोक्का गरिएका कम्पनीबाट युवा ठगिन नपरोस् भनेर नै यो सूचनामार्फत सचेत गराएका हौँ,' उनलेे भने ।

स्याङ्जा:   अविरल वर्षाका कारण  घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा भिरकोट नगरपालिका ५ ज्यामिरेका ७३ वर्षीय खेमकुमारी मल्ल रेहकी छिन् ।    गत २२ गते ढुङ्गा, माटो र जस्ताले बनेको दुइतले कच्ची घर माथिबाट पहिरो आएर घर पुरेको थियो ।   त्यसपछि उद्धारमा खटिएको टोलीले २३ गते आइतबार मात्रै पहिरोमा पुरिएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।   

दुलेगौडा:   तनहुँको शुक्लागण्डकी ७  काउरेमा एक घर पहिराेमा पर्दा  बेत्तपा भएका तीनै जनाकाे शव फेला परेकाे छ ।   ७ का वडाध्यक्ष खड्कसिं थापा मगरका अनुसार अविरल वर्षाका कारण शनिवार दिउँसो हिरा नेपालीको घरको सामान सार्ने क्रममा  ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका थिए ।   उनीहरूकाे शव फेला परेकाे ​वडाध्यक्ष थापामगरले बताए । उनका अनुसार पहिराे आएको देखेपछि भाग्ने क्रममा ५ घाइते भएका थिए ।   घाइते हुनेहरुमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिम्लिसिना, ३५ वर्षीय रवि घिमिरे र १८ वर्षीय रुप कुमार नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका थिए ।    उनीहरुको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका एसएसपी रविन्द्र रेग्मीले जानकारी दिए ।    

पोखरा:   सहारा आधारभूत विद्यालयलाई सहारा क्लब पोखरका पूर्व अध्यक्षको संयोजकत्वमा फर्निचरका समाग्री प्रदान गरिएको छ ।   पोखरा–९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई सहारा क्लबका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यवहाक अध्यक्ष केशव बहादुर थापाको संयोजकत्वमा रु. १ लाख ४ हजार बराबरको  समाग्री सहयोग गरिएको हो ।   उक्त विद्यालयलाई पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी तथा केशव थापामगर लगायत सहयोगी दाताहरुले १२ सेट डेक्स बेन्च र १ सेट कुर्ची टेबल हस्तान्तरण गरे ।    विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीका अनुसार सो विद्यालयमा हाल २ सय ७० बालबालिकाहरु अध्यनरत छन् ।   क्लबका पूर्व अध्यक्ष थापामगरले क्यानाडा, अष्ट्रेलियामा, अमेरिका, पोल्याण्ड, भारत, दक्षिण कोरिया लगायतका देशहरुमा रहेका सहयोगी दाताहरुबाट आर्थिक संकलन गरेका थिए ।  

काठमाडौँ:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।    आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ ।   सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।   आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।    कोशी,  मधेस, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।   साथै  कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ काफलडाँडा घर भई हाल वडा १ अभियानपथमा बस्ने ११ वर्षीय शिवम परियार रहेका छन् ।   उनी गत १५ गते बेलुकी करिब साढे ५ बजे भित्री सडकमा साइकल चलाउने क्रममा लडेर घाइते भएका थिए ।    उनको उपचारको क्रममा मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको हो ।    साइकलबाट लडेका परियारको दाया खुट्टा र भित्री भागमा चोट लागेको थियो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।  

सुर्खेत:   भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए ।   प्रिन्सको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक विष्टले बताए ।  घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं:    सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ । अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो । यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ । आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगलले दाबी गरेको छ । सुरुमा गुगलले अंग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो । ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको प्याराग्राफ वायाँतिरको  कोठामा राखेपछि दायाँ तिरको कोठामा अनुवादसहित देखाइदिन्छ । नयाँ थपिएका भाषाहरुमध्ये एक चौथाइ अफ्रिकी मुलुकमा बोलिने भाषाहरु छन् । त्यसमध्य क्याटोनिज पनि एक हो, जसलाई लामो समयदेखि अधिक व्यक्तिहरुले अनुवाद सुविधामा समावेश गर्न अनुरोध गरेका थिए । ठूलो चुनौति र अप्ठ्याराहरु झेलेर क्याटोनिजलाई पनि समावेश गरेको ब्लगमा उल्लेख छ ।