आदर्श क्लबको अध्यक्षमा दोहोरिए पदम
कास्की | भदौ १, २०८१
पोखरा: लेखनाथमा क्रियाशिल आदर्श युवा क्लबको अध्यक्षमा पदम गुरुङ दोहोरिएका छन् ।
२७ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेशनबाट पदम अध्यक्षमा निर्वाचित भएका हुन् ।
सो समितिको उपाध्यक्षमा ओम प्रकाश गुरुङ चुनिए । यस्तै सचिवमा सन्तोष गुरुङ, सहसचिवमा उद्दव गिरी र कोषाध्यक्षमा विष्णु हमाल निर्वाचित भए ।
यसैगरी कार्यसमिति सदस्यहरुमा कर्ण बहादुर गुरुङ, राजिव भण्डारी, ओम प्रकाश कुमाल, कृष्ण कुमाल, विनोद गुरुङ र सञ्जय पौडेल चयन भएका छन् ।
सो समितिले विविध कारणले रोकिएको आदर्श कप फुटबल प्रतियोगिता को २५ औं संस्करणको प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत गरेको नवनिर्वाचित अध्यक्ष पदम गुरुले जानकारी दिए ।
यस्तै उक्त समितिले सामाजिक दायित्वलाई गम्भीरतापूर्वक बहन गर्दै सामाजिक, संस्कृतिक, जनचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।
भण्डारढिकमा त्रियाशिल रहेको उक्त क्लब विगत लामो समयदेखि खेलकुदसँगै सामाजिक क्षेत्रमा सक्रिय रहदैं आएको छ ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

