पोखरा:   पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् ।    आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जु...

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।   शनिबार साँझ करिब ५ बजे बागमती नगरपालिका-४ पुरानो चौकी नजिकको सडकमा दुई मोटरसाइकल ठोक्किएको थियो।   सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियारका अनुसार प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किँदा प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकलको पछाडि रहेका व्यक्ति उछिट्टिएर सडकमा पछारिएका थिए। सडकमा पछारिएका ती व्यक्तिलाई मलंगवाबाट काठमाडौं जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले चेपेपछि घटनास्थलमै उनको मृत्यु भएको हो । ठोक्किएकोमध्ये बा २ ब ५७६६ नम्बरको मोटरसाइकल प्रहरीले चलाएको थियो। विपरीत दिसाबाट तीव्र गतिमा आएको अर्को मोटरसाइकलले प्रहरीले चलाएको मोटरसाइलकललाई ठक्कर दिएको डिएसपी पञ्जियारले जानकारी दिए।   उनका अनुसार दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको परिचय अहिलेसम्म खुलेको छैन। उनी चढेको मोटरसाइकलका चालक फरार रहेकाले मृतकको परिचय खुलाउन नसकिएकए डिएसपी पञ्जियारले जानकारी दिए। बसका चालक रौतहट चन्द्रपुरका रामहरी चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो ।   काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।   उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आंशिक बदली हुने सम्भावना छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन्  । 

काठमाडौंमा गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।   कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको निशान गाडीले बागमती प्रदेश ०२-०३२ प ३३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।    बिहीबार राति उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका-८ साँखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको हो।   दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्‍थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक घाइते छन्। गाडीका चालक फरार छन्।

झापामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।   मेचीनगर नगरपालिका-६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्य पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।   आचार्यले ती बालिकालाई मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा जगतमणिका दाइ ३७ वर्षीय बालकुमार आचार्यले बालिकालाई ललाइफकाइ भेटाएको भन्ने खुल्न आएकाले उनलाईसमेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।    हल्दीबारी गाउँपालिका(३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेका हुन्।जिल्‍ला प्रहरी कार्यालय झापाका अनुसार वनमा पुगेका बेला जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो।    उक्त खबरपछि प्रहरीको टोली खटिएको छ। घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।   महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।   यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टलाई ठक्कर दिँदा निजको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।   ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।

रसुवामा छोराको कुटपिटबाट गम्भीर घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।   बिहीबार गोसाइँकुण्ड गाउँपालिका-५ का छेवाङ तामाङमाथि उनका ४०/४५ वर्षका छोरा गोपाल तामाङले मदिरा सेवन गरी कुटपिट गरेका थिए।   रसुवाका प्रहरी प्रवक्ता इन्स्पेक्टर नेत्रप्रसाद पौडेलका अनुसार बाबुछोराबीच झगडा हुँदा गोपालले आफ्नो बाबुको टाउकोमा चिर्पट प्रहार गरेका थिए। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका छेवाङलाई बिहीबार उपचारका लागि जिल्ला अस्पताल धुन्चे लगिएको थियो। उपचारकै क्रममा गएराति ११स्४० मिनेटमा छेवाङको मृत्यु भएको हो।   घटनापश्चात गोपाललाई नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरूसँग पनि सोधपुछ भएको इन्स्पेक्टर पौडेलले बताए।

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको छ।    बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो।    दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको छ। उनको उपचारको लागि हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ। मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको डिएसपी भण्डारीले बताए।

बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।   मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए।   उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो।   सो दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए। जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ। जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।   जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।