गण्डकी:  तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् ।  विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले ...

पोखरा:    स्याङ्जा राम्चेली गडाभाई तमु समाज पोखराले नववर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । स्याङजाको वालिङ्ग नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गरेका राम्चेलीहरुको संस्था राम्चेली गडाभाई तमु समाज पोखराले शनिबार अमरसिंहस्थित एनएन क्याफेमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी, सदस्यहरुले सामुहिक रुपमा यस वर्षको भित्तेपात्रोको विमोचना समेत गरिएको हो । समाजका अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा संस्थापक अध्यक्ष ओम गुरुङ, काहुँडाडा होमस्टे संचालक जमान सिंह गुरुङ सल्लाहकार सदस्य सुवेदार लोक बहादुर गुरुङ, समाजका सदस्य चुत्र गुरुङ, समाजका सदस्य रुपक गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रमका वक्ताहरुले नयाँ पुस्तालाई पढाइमा लगनशिल बनि आफ्नो भविष्यप्रति सजग बन्नुपर्नेमा जोड दिए । उनिहरुले समाजमा एक अर्का प्रति सदैव एकता र सद्भाव कायम गर्न सकोस् भन्ने शुभकामना दिए । कार्यक्रममा भित्तेपात्रो प्रकाशित गर्न सहयोग गर्ने संस्थापक सचिव आशिष गुरुङ सक्रिय सदस्य रुपक गुरुङ र पलमान गुरुङ र कार्यक्रम सफलताको लागि आर्थिक सहयोग गर्ने सक्रिय सदस्य चुत्र गुरुङ, चेत बहादुर र काहुँडाडा होमस्टे संचालक जमान सिं गुरुङ लगायतलाई सम्मान समेत गरिएको थियो । समाजका सह–सचिव रूपसिङ गुरुङले संचालन गरेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष, शैक्षिक व्यक्तित्व तथा एल.आई. सी. नेपाल प्रालि वालिङ शाखाका म्यानेजर औ बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । 

महोत्तरी:   महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको  पर्व चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ ।   शुक्रबारदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ ।   छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधनाका साथ मनाइन्छ ।  छठोत्सवमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ ।   अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो ।     पारिवारिक सुख, शान्ति, समृद्धिका खातिर श्रद्धापूर्वक मनाइने छठोत्सवका क्रममा आज व्रतीहरूले नहा खा अर्थात् नुहाएर भोजन गर्छन् । पर्वको दोस्रो दिन भोलि शनिबार खर्ना मनाइन्छ ।   खर्नाका दिन व्रतीहरू दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्छन् र राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा खाने चलन छ ।   त्यस्तै, षष्ठीका दिन पर्सी आइतबार साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाँजर,  भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्छन् ।   षष्ठीका दिन व्रतीहरूले अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ्य  अर्पण गर्ने परम्परा छ । त्यसको भोलिपल्ट सोमबार बिहान पुनः छठघाटमा पुगेर अघिल्लो दिनको क्रम दोहो र्‍याई  सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न गर्ने रीति छ । 

पोखरा:  हेमजा महोत्सवमा माटोलाई स्वस्थ्य राख्नेबारे चर्चा गरिएको छ ।   १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीबार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रिया गरिएको हो ।   कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने धारणा राखे ।   ‘साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटोलाई बचाउनुको विकल्प हामीसँग छैन । त्यसका लागि प्राङगारिक चिजवस्तुहरु माटोसँगै कुहाउनु पर्दछ । जलाउदाँ माटोको माथिल्लो सतहका जीवाणुहरु पनि मर्दछन्, त्यो भनेको माटो मर्नु सरह हो,’ उनले भने ।      यस्तै कार्यक्रममा बागबाणी अनुसन्धान केन्द्र मालेपाटन प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले पनि कृषिको महत्वमाथि प्रकाश पारे ।   उनले फल कुहाउने औशाका कारण अमिलोजन्य कृषि उपजको उत्पादनमा आजकल कमी आइहेको स्पष्ट पार्दै त्यसका लागि उक्त फललाई नै व्यवस्थित ढङ्गले नष्ट गरे करिब ७० प्रतिशत समस्या समाधान हुने बताए ।   दिनहुँ दर्शक बढ्दै    हेमजामा जारी महोत्सवमा दिनहुँ दर्शकको सँख्या बढेको छ । बिहीबारसम्म २५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेको आयोजकको तथ्याङ्कमा उल्लेख छ ।    १ हजार ४ सय १० घरपरिवारले आलु खरिद गरेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।   उनले हालसम्म १४ लाख बढीको आलु कारोबार भएको पनि बताए ।   महोत्सव अन्तर्गत बिहीबार कलाकारहरु तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।   त्यस्तै आज (शुक्रबार) विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाई, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एण्ड कुशल व्याण्डका प्रस्तुतिहरु रहने छ ।   महोत्सव यही बैशाख ५ गतेसम्म महोत्सव चल्नेछ ।

पोखरा:   घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनमा अन्नपूर्ण गाउँपालिका१०/११ घान्द्रुकमा जारी पर्यटन महोत्सवमा भलिबलतर्फ विदान स्पोर्टस् हाउस वालिङ र अन्नपूर्ण युवा क्लब उपाधिका लागि भिड्ने भएका छन् ।   आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा ताङ्वे यवा क्लबलाई २५–२३, २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्दै वालिङ फाइनलमा प्रवेश गरेको भलिबल प्रतियोगिता संयोजक अनिल गुरुङले जानकारी दिए ।  उनका अनुसार दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चेले देउराली युवा क्लब भुक देउरालीलाई २६–२८, २३–२५, २५–११, २५–१७ र १५–१२ को सेटमा पराजित गर्दै फाइनलमा वालिङसँगको भेट पक्का गर्याे ।   अब उपाधिका लागि भोलि शुक्रबार दिउँसो प्रतिस्पर्धा हुनेछ ।   कुल ६ टिमको सहभागिता (लिगकम नकआउट) रहेको भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   यस्तै विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई पुरस्कृत गरिनेछ ।    खुला बास्केटबलतर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको अन्नपूर्ण बास्केटबल समितिका अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए ।    उनका अनुसार आज भएको पहिलो क्वाटरफाइनल खेलमा टाइम्स क्लबले दाङलाई ५९–१९ ले पराजित गर्याे । यस्तै दोसो क्वाटरफाइनल खेलमा आर्मी क्लबले घान्द्रुक टिम ‘ए’लाई  ५९–३८ ले हरायो ।   तेसो क्वाटरफाइनल खेलमा मर्दीखोला क्लबले घान्द्रुक टिम ‘बि’माथि ४६–४१ ले जीत निकाल्यो भने अन्तिम क्वाटरफाइनल खेलमा सेञ्चुरी युवा क्लबले पुन युनाइटेड नदीपुरलाई ६६–५० ले पराजित गर्दै सेञ्चुरी क्लब सेमिफाइनलमा प्रवेश गर्याे ।    अब शुक्रबार पहिलो सेमिफाइनल खेल बिहान ७ बजे विभागीय क्लब आर्मी क्लब र मर्दीखोलका बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।    यस्तै अर्काे सेमिफाइनल खेल टाइम्स क्लब कामाण्डौं र सेञ्चुरी युवा क्लब छोम्रोङबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि ह्विलचियर बास्केटबलको प्रदर्शन गरिने गुरुङले जानकारी दिए ।    कुल १२ टिमको सहभागिता रहेको खुला बास्केटबलतर्फको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।   सनमलाई चक्रीय पदमार्ग दौडको उपाधि    घान्द्रुक पर्यटन महोत्सवमा आयोजित चक्रिय पदमार्थ दौड प्रतियोगिताको उपाधि सनम गुरुङले जितेका छन् ।   पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित दौड प्रतियोगिताको निर्धारित  ५.५ किमी दुरी  ३२ मिनेट ४६ सेकेन्डमा पार गर्दै सनमले उपाधि जितेका हुन् ।   यस्तै स्थानीय उमेश नेपालीले ३३ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वित्तिय बने भने घान्द्रुककै कृष्ण परियारले ३३ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै तृतीय बनेको महोत्सवका आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।   उनका अनुसार प्रथम द्वित्तिय र तृतीउ बनेका धावकहरुले क्रमश मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।    कुल ३६ धावकको सहभागिता रहेको दौडमा १२ वर्षकी बालिकादेखि ५८ वर्षको वृद्धालेसमेत प्रतियोगितामा भाग लिगेका थिए ।   उक्त दौड मेश्रेम बराह माविबाट सुरु भएर चक्रिय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयमा आएर टुंगिएको थियो ।   शुक्रबार क्लबस्तरीय पुरुष भलिबल, खुला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता ठेलो प्रतियोगिताको फाइनल गरिने महोत्सवका संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार हरेक दिन बेलकी राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुती दिदैं आएका छन् ।   महोत्सवको समापन समारोहका प्रमुख अतिथिका रुपमा  गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल रहनेछन् भने बेलुकी चर्चित लोक तथा दोहोरी गायक राजु परियारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।  

पोखरा:  सहचालकले चलाएको हुँदा पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना भएको खुलेको छ ।     म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा सहचालक  बेनी नगरपालिका ४ तातोपानी का २५ वर्षीय विनोद दर्जीले चलाएको कारण बस अनियन्त्रित भई दुर्घटना भएको कास्की प्रहरीले उल्लेख गरेको छ ।   दुर्घटनापछि घाइते भएका सहचालक दर्जीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको छ ।    सो दुर्घटनामा परि घाइते भएकामध्ये सहचालक सहित ७ जना डिसचार्ज भइसकेका छन् भने  म्याग्दीको मालिका  गाउँपालिका १ दरवाङका ७२ वर्षीय नर बहादुर पुन र बेनी नगरपालिका ७ का ६१ वर्षीय टेक बहादुर कार्कीको उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।   आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको  बस हेमजानको सुइखेलमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।  

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वानी प्रदुषणलाई रोक्न कसरत गरेको छ ।   प्रहरी उपरीक्षक महोन कुमार थापाले कास्की प्रहरीको कमाण्ड सम्हालेदेखि ध्वनी प्रदुषणलाई रोक्न स्वरुप परिवर्तन गरिएका (मोडिफाइड) मोटरसाइकललाई कारवाहीको अभियान नै थाले । सोही अभियानलाई निरन्तरता दिदैं कास्की प्रहरीले अनावश्यक ध्वनी प्रदुषण गर्ने प्लाष्टिकका बाजालाई नियन्त्रणमा लिएको छ ।   विभिन्न चाडपर्व, मेलापर्वहरुमा ध्वनी प्रदुषण हुने गरी विभिन्न किसिमका प्लाष्टिकका बाजाहरु बजाउँदै हिड्ने र ध्वनी प्रदुषण गर्ने भन्ने जनगुनासो आधारमा पोखराको विभिन्न स्थानबाट १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा लिएको कास्कीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।    उनका अनुसार कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईडमा हुन गई रहेको ‘१९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै ध्वनी प्रदुषण रोक्ने उद्देश्यले पोखरा ३ तेर्सापट्टीबाट विभिन्न प्लाष्टिकका ठुलो र सानो बाजाहरु ७ सय १५ थान र लेकसाईडबाट १ हजार २ थान  गरी जम्मा १ हजार ९ सय १५ वटा ध्वनि प्रदुषण निकाल्ने प्लाष्टिकका बाजाहरु नियन्त्रणमा लिइएको हो ।   यससँगै कास्की प्रहरीले मोडिफाइड मोटरसाइकलमाथि पनि निगरानी बढाइरहेको छ ।  

अर्घाखाँची:  अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठोरका अनुसार सुपादेउराली दर्शन गरी पोखरा फर्कदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।   घुम्ती दुर्गाफाट सडकखण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना हुदाँ ट्याक्सी सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।   घाइतेहरुको को जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:     नेपाल छन्त्याल संघ, कास्कीको आयोजनामा सञ्चालित १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ । चैत्र १७ गतेदेखि सुरु भएको तालिमको सोमबार समापन गरिएको हो ।  तालिमको समापन गर्दै धौलागिरि गाउँपालिका वडा नं. १, गुर्जा, म्याग्दीका वडाध्यक्ष झकबहादुर छन्त्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो ।  कुनै पनि औपचारिक कार्यक्रम सफल बनाउन उद्घोषकको भूमिका महत्वपूर्ण हुने भन्दै वडाध्यक्ष छन्त्यालले कुशल उद्घोषक बन्न तालिमको सिकाइसँगै अभ्यास अति जरुरी रहेको बताउनुभयो ।  त्यस्तै, गुर्जा विकास मञ्चका अध्यक्ष क्या. लालबहादुर छन्त्यालले १० दिनको तालिम निकै उपलब्धीपूर्ण रहेको बताउनुभयो । तालिमबाट प्रशिक्षार्थीहरूमा निकै परिवर्तन आएको आफूले पाएको भन्दै उहाँले तालिमले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गरेको उल्लेख गर्नुभयो ।  नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालले छन्त्याल जातिका व्यक्तिलाई सक्षम बनाएर अघि बढाउन तालिम सञ्चालन गरिएको बताउनुभयो ।  समापन कार्यक्रममा तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीस, प्रशिक्षार्थीहरूको तर्फबाट जगनारायण छन्त्याल र पुनदेवी छन्त्यालले पनि बोल्नुभएको थियो ।  नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सुबेदार धनबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी गीता छन्त्यालले गर्नुभएको थियो ।