पोखरा:   पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् ।    आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जु...

रक्तदान जीवनदान भन्ने नाराका  साथ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लवले  राखेको रक्तदानमा ७४ युनिट रगत संकलन भएको छ । क्लवका अध्यक्ष  पदम गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष  श्रीप्रसाद गुरुङ्गले पहिलो रक्तदाता खेलाडी रोशन पौडेललाई बल्ड ब्याग हस्तान्तरण गर्दै  समाजमा सकारात्मक सन्देश दिने गरी मानिसको शरीरबाट तीन ÷तीन महिनामा खेर जाने रगतलाई रक्तदान कार्यक्रम मार्फत संकलनु गर्नु राम्रो र उदाहरणीय काम भएको धारणा राखेका थिए । क्लवको २६औं वार्षिकोत्सव तथा २४ औं रक्तदानका अवसरमा शुभकामना मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका वडा नं २९ का निवर्तमान वडाध्यक्ष चेतबहाुर गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,ङयोए तमुधिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्ग,  भण्डारढिक टोल विकास संस्था,जनप्रकाश टोल विकास संस्था, सिद्धार्थ बुद्ध टोल विकास संस्थाका अध्यक्षहरु लगायतले रक्तदानको महत्ववारे बोलेका थिए । रक्त सञ्चार केन्द्र पोखराका शाखा अधिकृत महेन्द्र केसी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको रक्तदान कार्यक्रममा संयोजक लक्ष्मण सुनारले स्वागत तथा सञ्चालन सदस्य सन्तोष गुरुङ्गले गरेका थिए । र

सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।   महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज.१.च.८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे  विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा.३.ख.६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।   सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्। एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका-१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका-१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन्।   उनीहरू १ वर्षीय  बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै थिए। दुर्घटनाबाट ती बालकको टाउकोमा चोट लागेको छ।   उनीहरूलाई आज बिहानै अर्कै एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको डिएसपी दाहालले जानकारी दिए। एम्बुलेन्सका महोत्तरीको मनरासिसुवा नगरपालिका-१ का राजु सिंह र ट्रक रामेछापको मन्थली नगरपालिका-१ का ४५ वर्षीय भेष बहादुर पाण्डेले चलाएका थिए।  

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बाँकी भू–भागका आंशिक बदली रहनेछ ।    मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।   रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली छ ।

हुम्लामा १७ वर्षीया युवतीकाे भिरबाट लडेर ज्यान गएकाे छ ।   सिमकाेट गा‍उँपालिका वडा नम्बर ८ मा रहेकाे खाेल्सी गाउँकी सुस्मिता शाहीकाे भिरबाट लडेर ज्यान गएकाे हाे ।  हिजाे दिउँसाे गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनकाे ज्यान गएकाे सुस्मिताका आफन्तले बताएका छन्।    उनी सिमकोट गाउँपालिका-११ मा रहेकाे कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् । 

काठमाडौं:   नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा आज बुधवार दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता भएको हो ।गाउँपालिकाको वडा नम्बर २ ले समलिङ्गी विवाहको प्रमाणपत्र दिएको छ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो । नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र र लमजुङको दोर्दी गाउँपालिका–२ का रामबहादुरले विवाह गरेका हुन् । यसअघि गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि रामबहादुर र सुरेन्द्रले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको यो पदक यस वर्षदेखि वितरण नगरिने भएको हो ।    त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेस्टर प्रणालीअनुसार सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिनुभयो । ‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ’, उहाँले भन्नुभयो, ‘सेमेस्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोत्कृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।’   ‘पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्ताङ्कको प्रतिशतका आधारमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने एक जना विद्यार्थी छनोट गरिन्थ्यो’, जोशीले भन्नुभयो, ‘अहिले सेमेस्टरअन्तर्गत ग्रेडिङ प्रणालीअनुसार मूल्याङ्न गरिने हुँदा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो ।’   कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उहाँको भनाइ थियो ।   दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ ।   त्रिविको ४९ औँ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिविका रजिस्ट्रार प्रा। डा। पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताउनुभयो ।    ‘पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्ताङ्कको आधारमा सर्वोत्कृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो’, उहाँले भन्नुभयो, ‘स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन सकिँदैन । ९० देखि ९९ अङ्क पाउने एउटै ग्रेडमा रहन्छन् ।’   दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागू भइसकेको अवस्थामा नेपालमा पनि लागू गरिएको बताउनुभयो । उहाँले बिस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्दति लागू हुने बताउनुभयो ।

बुटवलको दिपनगरमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथी कुटपिट भएको छ।   अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको हो।   मृतकका आफन्तको कुट‍पिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गएराती २ बजे उनलाई ‍अस्पताल  पुर्‍याइएको थियो। अहिले सघन उपचार कक्ष (आईसियु)मा उपचार भइरहेको अस्पतालले जनाएको छ।  ती सुत्केरी भएको दुई दिनमै महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ।    गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो। उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर,  सोमबार बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो।    उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भिड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोड भएपछि मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।   उनीहरूले कुर्ची र टेबलका खुट्टा भाँचेर बस्यालको टाउको र छात्तिमा प्रहार गरेको घटनास्थलमा उपस्थित एक चिकित्सकले जानकारी दिए। मेसुमाथि कुटपिट भएपछि अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ। बिहानैदेखि अस्पताल आएका बिरामीहरूलाई गेटबाटै फर्काइएको छ।       अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ। मृतक महिलाको शव भने शववाहनमै रहेको प्रहरीले जनाएको छ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।   राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा ३४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । अरु १९ जनाको रत्नहरी अस्पतालमा र पाँच जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ ।   एक जना भने उपचारपछि डिस्चार्ज भएका छन् । धरानबाट पोखराका लागि छुटेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से-२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका(५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।   दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पताल पुर्‍याइएको केहीबेरमा उनको मृत्यु भएको हो।   दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।