स्याङ्जामा साइकलबाट लडेर एक किशोरको मृत्यु

स्याङ्जा | असार १९, २०८१

स्याङ्जामा साइकलबाट लडेर एक किशोरको मृत्यु

स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ काफलडाँडा घर भई हाल वडा १ अभियानपथमा बस्ने ११ वर्षीय शिवम परियार रहेका छन् ।

 

उनी गत १५ गते बेलुकी करिब साढे ५ बजे भित्री सडकमा साइकल चलाउने क्रममा लडेर घाइते भएका थिए । 

 

उनको उपचारको क्रममा मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको हो । 

 

साइकलबाट लडेका परियारको दाया खुट्टा र भित्री भागमा चोट लागेको थियो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्