दाँतको क्यान्सरबाट ग्रसित रिमाललाई रानीपौवा महिला समूहको आर्थिक सहयोग

पाेखरा | भदौ ८, २०८१

दाँतको क्यान्सरबाट ग्रसित रिमाललाई रानीपौवा महिला समूहको आर्थिक सहयोग

पोखरा:  सामाजिक क्षेत्रमा क्रियाशिल रानीपौवा महिला समूहले दाँतको क्यान्सरबाट ग्रसित बिरामी गोकुल रिमाललाई आर्थिक सहयोग गरेको छ । 

 

पोखरा महागनगरपालिका ११ स्थित रानीपौवा महिला समूहको अगुवाइमा संकलित ४४ हजार ४ सय ६५ रुपैयाँ रिमालकै निवासमा पुगेर समुहकी सचिव लिलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी (कोइराला) सहित समुहका सदस्यहरुले हस्तान्तरण गरिन् । 

 

मानवीयता र सामाजिक उत्तरदायित्व बहन गर्दै रिमालको उपचारमा थप सहयोग पुग्ने विश्वाससहित आर्थिक सहयोग गरेको सचिव लिलादेवी पौडेलले बताइन् ।

 

पौडेलका अनुसार महिला समूहमा आबद्ध ७१ जना सदस्य र अन्य व्यक्तिहरुबाट उक्त रकम संकलन भएको थियो ।

 

समूहले न्यूनतम २० रुपैया देखि ५ हजार १ सय ५ रुपैयासम्म प्रति व्यक्तिबाट सहयोग स्वरुप उक्त रकम संकलन गरेको थियो । 

 

बर्दीया स्थायी घर भएका रिमालले विगत डेढ दशकदेखि पोखरामा ट्याक्सी चलाउदै आएका थिए । रिमाल परिवारका अनुसार उनलाई विगत २ महिना अघि मात्र दाँतबाट क्यान्सर रोग लागेको पहिचान भएको थियो । 

 

रिमालको एउटा शल्यकृया भएपनि थप उपचारकालागि करिब ५ लाख रुपैया आवश्यक भएको उनको परिवारले जनाएको छ । ४४ वर्षीया रिमालको श्रीमती र २ छोरी छन् । उनको थप उपचारका लागि परिवारले थप सहयोगको आग्रह गरेको छ ।

 

सामाजिक क्षेत्रमा क्रियाशिल उक्त समुहले यसअघि आँखा शिविर, फेवाताल सरसफाई, ट्राफिक सचेतना, टोल सरसफाई, डेंगू सचेतना अभियान, गाइजात्रा तथा बाह्रभैरव नृत्यमा सहयोग लगायतका कार्यक्रम गरिसकेकोे संस्थाकी अध्यक्ष वेवी श्रेष्ठ (गोंगजु) ले जानकारी दिइन् ।

 

३ वर्ष अघि स्थापना भएको यस संस्था सामाजिक र महिला सशक्तिकरणको क्षेत्रमा निकै क्रियाशिल रहदैं आएको छ ।

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्