पाल्पाको लाखे नाच पोखरामा देखाइने
पाेखरा | साउन ३१, २०८१

पोखरा: पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ । सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ ।
न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित यहाँ आउने छ । युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका हुन् । उनकै पहलमा अघिल्लो वर्षसमेत सिटिजन फर्निचरको आँगनमा भैरव नाच देखाइएको थियो ।
आफ्नो गाउँठाउँको संस्कृति संरक्षण गर्ने तथा पोखरा र पाल्पाबीच संस्कृति आदानप्रदान गर्ने उद्देश्यले पोखरामा नाच ल्याउन लागिएको उनले बताए ।
पोखरा झैं पाल्पामा नेवार समुदायको वस्ती बाक्लो छ । त्यहाँ यो नाचको ऐतिहासिक महत्व छ । पाल्पाली राजा मणिमुकुन्द सेन राजा भएको बेला आफ्नो राज्य बिस्तार क्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिसँग अति प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन ल्याएको किंबदन्ती छ ।
उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आए । ५ सय वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा बाजाको ताल, नाच्ने कला अन्य ठाउँको भन्दा भिन्न छ । भीमसेन गुठी भैरवस्थानले यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच देखाइसकिएको छ ।
पोखरामा नाच देखाउन पाल्पाली समाज पोखरा, पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारीका संस्था लि., पाल्पा कोलोनी लगायतले पनि सहकार्य गरेको पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेले बताए । उनले पाल्पा र पोखराबीच विभिन्न समुदायका कला, सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै जाने र दुई शहरलाई कला संस्कृतिसँग जोडेर पर्यटन प्रवद्र्धन गर्दै जाने पाल्पालीहरुको उद्देश्य रहेको बताए ।
यसबाट पाल्पा र पोखराबीच संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास लिइएको पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारले बताए ।
पोखरामा पनि हालैमात्र प्रतियोगितात्मकरुपमा लाखे नाच देखाइएको थियो । लाखे नाच खासगरी नेवार समुदायमा पर्ने अनिष्ट निवारणको मुख्य आधार मानिँदैआएको छ । श्रावण घण्टाकर्ण चतुदर्शी अर्थात् गठेमंगलदेखि विशेष पूजा आराधनाका साथ सुरु हुने यो नाच श्रीकृष्ण जन्माष्टमीसम्म देखाउने प्रचलन छ ।
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिलाई महत्वपूर्ण अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । सन् २०२६ सम्ममा नेपाल व...