पोखरा: विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पदोन्नति एवम् विद्यावारिधी गर्नुभएका प्राध्यापकहरूलाई एक कार्यक्रमका बीच आज बधाई तथा शुभकामना व्यक्त गरिएको छ । विन्दुवासिनी संस्कृत विद्यापीठ, नेपाल प्राध्यापक संघ इकाइ समितिको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको आन्तरिक तथा खुला प्रतियोगिताबाट प्राध्यापकमा पदोन्नत हुनुभएका सत्यराज सुवेदी, श्रीराम बराल, डा.जगनाथ रेग्मी एवम् हालसालै ʿसिद्धान्तकौमुदीश्लोकसिद्धान्तकौमुद्योः समीक्षणात्मकानुशीलनम्ʾ शीर्षकमा विद्यावारिधी उपाधि प्राप्त गर्नु भएका उपप्राध्यापक डा.भानुभक्त आचार्यलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ ,केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले एघार वर्षपछि विश्वविद्यालयमा पदोन्नतिको विज्ञापन भएको र आगामी दिनमा प्रत्येक दुई वर्षको अन्तरालमा यस्तो विज्ञापन गर्नैपर्ने व्यवस्था गराउनुपर्नेमा जोड दिनुभयो । पदोन्नत प्राध्यापकको प्राज्ञिक क्षमता र सीपबाट विश्वविद्यालयको गरिमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा खुला प्रतियोगिताद्वारा उप प्राध्यापकबाट प्राध्यापक बन्न सफल डा.जगन्नाथ रेग्मीसहित सम्मानित प्राध्यापकहरू एवम् प्रा.डा.शालिग्राम सुवेदी, सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराई, सह प्राध्यापक नारायणप्रसाद सापकोटा र कर्मचारी संघ एकाइ समितिका अध्यक्ष दुर्गारमण पराजुलीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाइ समितिका सभापति डा. चूडामणि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति प्रकाश पौडेलले स्वागत तथा सचिव डा. भोलानारायण रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो
दाङ: अत्यधिक गर्मीका कारण दाङमा इनार सुक्न थालेपछि पानीको समस्या भएको छ । जेठको पहिलो हप्तादेखि नै धाराबाट खानेपानी आउन छाडेको छु, घोराही–९ की मदा गौतमले भन्नुभयो, ुयस वर्ष खानेपानीको अभाव बढ्दो छ । गाउँमा पानी खान नपाएर काकाकूल भइएला जस्तो छ ।ु उहाँका अनुसार गाउँका धेरैजसोका इनार सुकेका छन् । रातभरि इनारमा जम्मा भएको चार, पाँच गाग्री पानी गाईबस्तुका साथै मानिसका लागि पुराउनुपर्ने बाध्यता रहेको गौतमको भनाइ छ । वडा नं ६, ८, ९ र १० मा पानीको मुख्य स्रोत धारा, इनार र कुवा हुन् । अहिले सबै स्रोत सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको छ, उहाँले भन्नुभयो । वैशाख मध्यपछि पानीका मुहान सुक्दै गएका भन्दै जेठ लागेपछि पानीको समस्या झन बढे्को उहाँले बताउनुभयो छ। तराईमा वैशाख, जेठलाई अत्यधिक गर्मी हुने समयका रूपमा लिइन्छ । हरेक वर्ष यस समयमा पानीको समस्या हुने गरेको भए पनि यस वर्ष भने पानीको समस्या जटिल बन्ने सङ्केत देखिएको यहाँका स्थानीय बताउँछन् । तल्लो भेगका बस्तीमा खानेपानीका लागि प्रयोग हुँदै आएका पानीका स्रोत सुकेर समस्या बढेको घोराही–७ सौडियारकी सुदा शर्माले बताउनुभयो । ुयहाँ १० वर्ष पहिलेका इनार सबै सुकिसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न नसकिने अवस्थामा पुगेका छन्ु, उहाँले भन्नुभयो, ुबर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा खानेपानीको समस्या झनझन बढ्दै गएको छ । लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुक्न थालेपछि नगर क्षेत्रका ३० वटाभन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको शर्माले बताउनुभयो । खानेपानीका लागि अन्य विकल्प नभएका कारण पानीको समस्या भएको स्थानीयको भनाइ छ । सुक्खायाममा खेतीका लागि सिँचाइका साथै खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्बद्ध पक्ष सधैँ उदासिन रहेको शर्माको भनाइ छ । घोराही उपमहानगरपालिकामा १८ हजार ५३ परिवार अझै कुवाको भरमा छन् । तुलसीपुर उपमहानगरपालिकामा कुवा र खोलाकै पानीको भरमा १७ हजार ४ सय ५४ परिवार छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। बिहीबार बुटवल पुगेर प्रधानमन्त्री दाहालले केबलकार उद्घाटन गरेका हुन्। आइएमई समूहको लगानीमा २४ गोन्डुला रहेको यो केबलकार बनाइएको हो। केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ। केबलकार आजदेखि सञ्चालनमा आएको हो। आइएमई समूहले यसअघि नवलपुरको मौलाकालिका र काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार सञ्चालनमा ल्याएको थियो।
‘लाहुरेको रेलिमाई फेशनै राम्रो, रातो रुमाल रेलिमाई, खुकुरी भिरेको...’ मास्टर मित्रसेन थापाको गीतबाट प्रभावित भई ‘लाहुरे’ बन्ने सपना पालेका पहाडी युवाहरुको जमातमा खेमलाल गुरुङ पनि थिए । छुट्टीमा पल्टनबाट गाउँ फर्केकाहरुको मान र शानले लोभिएपछि उनै खेमलालको सपना र गन्तव्य बन्यो ‘लाहुरे’ । गाउँमा प्राय सबै लाहुरे हुने तयारीमा हुन्थे । र, उनीहरुको पर्खाई हुन्थ्यो ‘गल्ला’को आगमन । यस्तैमा अर्काे चलन थियो, एकादशीको मेला भर्ने । जहाँ गल्लावाल आउँथे । यसैबीच एकादशी मेला भर्न हिँडेका गाउँले सोल्टी–सोल्टीनीहरुको हुलमा मिसिए खेमलाल । उनको भाग्य भनौं, एकादशीको मेलामा आएका एक गल्लावालको नजरमा परेका १७ जनामध्ये एक थिए १७ वर्षे खेमलाल । ‘गाउँ–गाउँमा गल्लाहरु भर्ती हुने केटा खोज्दै हिँड्थे’ खेमलालले अतीत सुनाए ‘स्याङजाको लाम्छाक बजारमा मेला भर्न जाँदा गल्लाको नजर म माथि प¥यो ।’ छनोटमा परेका १७ जनालाई गल्लाले ‘मंसीर १३ गते स्याङजा पुतलीखेत आउनु’ भनेर हिँडेछन् । वि.स. १९९६ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ भारकोटमा जन्मिएका खेमलाल २०१३ सालमा १७ वर्षको उमेरमा नै भारतीय सेनामा भर्ती भए । लाहुर हिँडेका खेलमलाल २३ वर्षपछि गाउँमै रिटायर्ड जीवन बाँचिरहेका छन् । ‘गाउँका ३ जना लाहुर हुन सकेनन्’ खेमलालले सम्झँदै भने ‘मैले बोकेको ५० मध्ये २५ रुपैयाँ र कपडा उनीहरुको हातमा घरै फिर्ता पठाइदिए ।’ लाहुरे भएको ६ वर्षपछि खेमलाल छुट्टीमा गाउँ फर्किए । सोल्टी सोल्टीनीबीच बिहे गर्ने परम्परा भएकाले उनले पनि सोल्टीनीलाई श्रीमती बनाएका रहेछन् । ‘सोल्टीनी घास दाउरा गर्न जंगल गएकी रहिछन्, उतैबाट भगाएर घर भित्र्याए’ उनी केही रसिक सुनिए । तुरुन्तै उनी केही भावुक पनि भए । भावुकताको कारण थियो श्रीमतीको मृत्यु । केही वर्ष पहिले श्रीमतीको मृत्यु भएको र हाल दोस्रो बिहे गरेको उनले सुनाए । पहिलो श्रीमतीबाट उनका ४ छोरा र ३ छोरी छन् । ‘दुइटा छोराले इन्डियन आर्मीबाटै पेन्सन पकाइसके’ खेमलाल भन्छन् ‘कोही पोखरातिर छन्, छोरी कोही यूके छ, कोही यतै छन् ।’ श्रीमतीसँग गाउँमै बस्दै आएको बताउँदै छोराहरु सबै पोखरातिरै रहेको र चाडवाडमा भेटघाट हुने गरेको उनले बताए । कृषि क्रान्तिमा खेमलाल भारतीय सेनाबाट अवकाश पाएपछि प्रायः पोखरालाई कर्मथलो बनाउँछन् । तर खेमलालको योजना गाउँमै ‘केही’ गर्ने रहेको छ । उमेरले ८४ वर्ष पुगेका खेमलालले केही वर्ष यता गाउँमै केरा र सुन्तला खेती सुरु गरिरहेका छन् । सेनामा हुँदा उनले कृषिको तालिम लिएको र सोही सिकाइले सुन्तला र केरा खेतीतर्फ लागेको उनले सुनाए । घर नजिकैको पुर्खौली जग्गामा ०५६ देखि उनले सुन्तला खेती सुरु गरेका रहेछन् । ‘खेती किसानी गर्न बुढ्यौली भन्दा पनि सिँचाई ठूलो समस्या भयो’ अनुभव सुनाउँदै उनले भने ‘कति बोट त मरिसके, बाँकी र नयाँ बिरुवा राम्रै छन् ।’ नयाँ बिरुवामा फल लागे नाती–नातीनीले हेर्लान् भन्ने उनको आशा छ । ‘गाउँमा खानेपानीको सुविधा छैन, सिँचाई नहुँदा सोचेजस्तो सफलता हुन सकेको छैन’ गुरुङको दुखेसो छ । दुई वर्षयता असिनाले क्षति पु¥याउँदा सोचे जस्तो उत्पादन हुन नसकेको उनले सुनाए । यद्यपि, केरा खेतीबाट भने मासिक आम्दानी भइरेकोमा उनी प्रसन्न देखिए । गुरुङ भन्छन्, ‘परम्परागत कृषिसँगै आधुनिक कृषि प्रणालीलाई भित्राउन सके मात्र हाम्रो आर्थिक अवस्था राम्रो हुन्छ, अरुको नोकरी कति दिन गर्ने ?’ देशले प्राविधिक शिक्षामा जोड नदिँदा नेपाली विद्यार्थीमा अल्छीपना बढेको बताउँदै उनले विद्यालयमा पढ्ने गरेको शिक्षाले दीगो विकासमा कुनै योगदान नगरेको तीतो पोखे । कृषिमै जीवन बिताउने सङकल्प लिएको छु हातखुट्टा चल्दासम्म गाउँमै बसेर कृषि खेती गर्ने खेमलालले बताए । ‘उमेरले ८४ पुगेको छु, हातखुट्टा चल्दासम्म कृषि खेतीमै जीवन बिताउने सङकल्प लिएको छु’, उनले भने, ‘धान फल्ने खेत बन्धकीमा दिएको छु, छोराहरु शहरतिर छन् हातखुट्टा चल्दासम्म आफै गरेर खान्छु चल्न छोडे पोखरा लैजालान् ।’ उमेर बुढ्यौलीतिर ढकेलिएकाले अहिले भैसी पाल्न छोडेको उनले बताए । ‘पहिले झै रुखमा चड्न सकिदैन जेठ २ गतेबाट भैसी पाल्न छोडे, खर्कको घाँस मल दिने शर्तमा छिमेकीलाई दिए, घाँसको दुःख थिएन रुखमा चड्न सकिएन त्यही भएर भैसी पाल्न सकिन,’ उनले भने । पछिल्लो समय शहर भासिने संस्कारलाई उनले सकरात्मक पक्ष मान्दैनन् । ‘अहिलेका युवाहरु शहरमुखी भए, उनीहरु गाउँ कमै मात्र फर्किएलान, गाउँ फर्किन शहरको सुःख छोडेर गाउँमा दुःख गर्न पर्छ त्यो अब गर्न सक्दैनन्,’ गुरुङले भने,
हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्बाटिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमवार फेला परेको मुगुकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेश बस्नेतले जानकारी दिनुभयो । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कलन गर्न गएका उनीहरु हिमपहिरोमा परी बेपत्ता भएका थिए । बेपत्तामा परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको डीएसपी बस्नेतले जानकारी दिनुभयो । लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उहाँले बताउनुभयो । ‘बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थल भन्दा दुई किलोमिटर तल ल्याएका थियौँ,’ उहाँले भन्नुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट डाक्टरको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको डीएसपी बस्नेतले बताउनुभयो ।
तराई मधेसमा अझै केही दिन तातो हावा र ुलुु चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराई मधेसमा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा घर बाहिर निस्कनसमेत मुस्किल पर्न थालेको छ । सिमरा र जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । अन्य धेरैजसो जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । जनकपुर, विराटनगर र धरानको न्यूनतम तापक्रम नै २७ डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ । यस्तै, नेपालगञ्ज, भैरहवा र दाङको घोराहीको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियसको हाराहारीमा छ। अधिकतमसँगै न्यूनतम तापक्रम पनि बढेकाले तराई मधेसका जिल्लामा हपहप गर्मी छ । तराई मधेसमा अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मीबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् । मौसमविद् रोजन लामिछानेले एक दुई दिन अझै तातो हावा चल्ने अनुमान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी जिल्लामा भने आज पनि बेलुकी पख हल्का पानी पर्ने सम्भावना छ । पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो छ ।
पोखरा: नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस-जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ । अन्नपूर्ण दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद २५ हजार, प्रमाण–पत्र प्रदान गर्ने छ । समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य-तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२२ भरिका आफ्ना लेख-रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व माहासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार-२०२२’ पाउने बराज ३६ औँ पत्रकार हुनुहुन्छ । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।
कैलाली: कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण दुर्घटनाको जोखिम बढेको हो । चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक भए पनि बीच सडकमै टिकटक बनाउनेहरूका कारण जोखिम बढेको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलका रूपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो । कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढङ्गले टिकटक बनाई भाइरल बन्न चाहनेहरूको क्रियाकलापका कारण गाडी आउजाउमै समस्या पर्ने गरेको चालकहरू बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा गाडी पास गर्नसमेत समस्या हुने गरी टिकटक बनाउनेहरूले भरिने बताएका छन् । ‘गाडी छेउमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक बनाउने र सेल्फी खिच्ने गर्छन्' , उनी बताउँछन्। शनिवार र बिदाको दिन त यहाँ धेरै भिड हुन्छ । त्यस्तोमा गाडी पास हुनसमेत समस्या हुन्छ । कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । २०५० सालमा जापानी कम्पनीले निर्माण गरेको यो पुलको तत्कालीन प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढङ्गले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बाइ ५ सय मिटर र १० मिटर चौडाइ रहेको छ । कर्णाली नदीमा र्याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दो छ ।
हेटौंडा: मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । विषका कारण एक नाबालकको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका-१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको खुलेको छ । विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्याइएको थियो । त्यहाँबाट उनीहरूलाई राति साढे ८ बजे चितवनको भरतपुर रिफर गरिएको थियो । गम्भीर रहेका नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । एसपी गौतमका अनुसार आमा र अर्का छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरू दुवै जनाको आईसीयू कक्षमा उपचार भइरहेको छ । प्रारम्भिक घटना विवरण अनुसार आमाले नै बच्चालाई विषादी खुवाएर आफूले पनि खाएको पाइएको एसपी गौतमको भनाइ छ । तर, यो अवस्था किन आयो भन्ने नखुलेको उनले बताए ।