पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

दैलेख: दैलेखमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।    नौमूले गाउँपालिका–८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको लोहोरे खोलाले बगाएर ज्यान गएको नौमूले–८ का वडाध्यक्ष दीपक हमालले जानकारी दिनुभयो ।    उहाँका अनुसार सदरमुकाम दैलेख बजारबाट घर जाँदै गरेका रिमाल हिजो बिहीवार बेलुका झिल्के नजिक भिरबाट चिप्लिएर लोहोरे खोलामा खस्नु भएको थियो । आज शुक्रवार बिहान आठ किलोमिटर पर रिमालको शव भेटिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।    रिमाल सातमुले सहकारी संस्था तथा अरनिको मावि गिरखानीको विद्यालय व्यवस्थापन सदस्यलगायत सामाजिक काममा क्रियाशील हुनुहुन्थ्यो ।

बर्दिया:  पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको बबई पुल नजिक गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।    प्र २–०३–००१ त ४८९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ पेरहनीका २६ वर्षीय मनबहादुर थारुको ज्यान गएको र वडा नम्बर–१ भुरिगाउँका योगेश थारु घाइते भएका इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।    घाइते योगेश थारुलाई थप उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

काठमाडौं:     आज २१० औँ भानुजयन्ती । आज देशका शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ ।    नेपाली साहित्य जगत्मा प्राथमिक कालका कवि मानिँदै आउनु भएका  आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते चुँदीबेँसी रम्घा तनहुँमा भएको थियो । नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविका साहित्य नेपाली समाजमा आजपर्यन्त उत्तिकै लोकप्रिय छन् ।  विशेष गरी उहाँले नेपाली संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषा र लोकशैलीमा उल्था गरेर समाजका जनजिब्रोमा पु(याउन सक्नुभएको छ ।  यसबाहेक उहाँद्वारा रचिएका भक्तमाला (१९१०), वधु शिक्षा (१९१९), प्रश्नोत्तरमाला (१९१०) र रामगीता (१९२५) को महìव आज पनि उत्तिकै छ । आदिकवि आचार्यले पूर्वीय दर्शन, धर्म संस्कृतिमा आधारित कविताले समाजमा नैतिक सन्देश प्रवाह गर्न निकै ठुलो भूमिका निर्वाह गरेको छ । नेपाली साहित्य जगत्का चम्किला तारा मानिनुहुने भानुभक्तको  मृत्यु विसं १९५५ मा तनहुँको रम्घामै भएको थियो ।  

दाङ:  दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तनावग्रस्त छ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।   अस्पतालको लापर्बाहीका कारण घटना भएको आफन्तको दाबी छ । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ । अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

काठमाण्डौ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको बताउनुभएको छ।    बिहीवार आज राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताउनुभएको हो।   उहाँले आउँदो आर्थिक वर्षमा यो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले अहिलेसम्म ५ सय ३६ जनाको हवाई उद्धार गरिसकेको जानकारी दिनुभयो।   मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपाङ्गतामैत्री नमुना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडि बढिरहेको पनि बताउनु भयो। 

बैतडी: बैतडीको धारीगाडमा पहिरो जाँदा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।    गोठलापानी–झुलाघाट सडक खण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।    सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुटेका गाडी बीच बाटोमै रोकिएका छन् ।  यातायात पूर्णरुपमा अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।   

काठमाण्डौ: अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार रिहा भएका छन् ।   काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), (भटभटे) भनेर चिनिने बेगम नेपाली, ९म्याकुरी ० भनेर चिनिने पवन खतिवडालगायत कलाकार रिहा भएका हुन् । ५ हजार रुपैयाँ धरौटीमा बुझाएर उनीहरु रिहा भएका हुन् ।   उनीहरु गएको जेठ ३१ गते पक्राउ परेका थिए । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ  अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

डोटी:  डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा हिजो बेलुका जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ र तीन जना घाइते भएका छन् ।    बा १ झ ९४३४ नम्बरको जीप दुर्घटना हुँदा आदर्श(१ स्याउलेकी ६५ वर्षीया हीरा खड्काको ज्यान गएको हो । आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकाका लागि छुटेको जीप अनियन्त्रित भइ कच्ची सडकबाट तल खसेको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।   घाइते हुनेमा वीरबहादुर खड्का, रविन्द्र सुनार र टेकबहादुर तिरुवा रहेका प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

कास्कीः जिल्ला प्रशासन कार्यालय कास्कीको तथ्यांकले जिल्लाभर १ हजार १ सय ३७ हतियार रहेको देखाउँछ । जसमध्ये टुटु, १२ बोरको बन्दुक, भरुवा र हावादारी रहेका छन् ।    प्रशासन कार्यालयले उक्त तथ्यांक वर्षेनी नवीकरण हुन आउने बन्दुकको रेकर्डअनुसार उल्लेख गरेको हो । तर जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयलाई आधार मान्ने हो भने जिल्लामा उल्लेखित संख्याभन्दा बढी बन्दुक रहेका छन् ।    विशेषतः प्रशासन कार्यालयले निर्वाचनताका जिल्लावासीलाई हतियार बुझाउन गरेको आग्रहको आधार र वर्षेनी नवीकरण हुने संख्यालाई लिएर उक्त हिसाब देखाएको हो । यता, सरकारी वकिल र प्रहरी कार्यालयमा आउने हातहतियारसम्बन्धी मुद्दामा प्रयोग भएका अधिकांश बन्दुक भने दर्ता नगरी राखिँदै आएको पाइएको छ ।    जिल्लामा रहेका हतियार बाजे, बुवा हुँदै छोरा पुस्तामा आएको देखिन्छ । जसलाई वर्षेनी नामसारी र नवीकरण गरिँदै आइएको प्रशासन कार्यालयले जनाएको छ ।    त्यस्ता हतियारहरु हेर्दा सामान्य  घातक नदेखिएपनि त्यसबाट अन्नपूर्ण संरक्षण क्षेत्रमा चोरी शिकारी हुँदै आएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)का सूचना अधिकारी डा. रविन कँडरिया बताउँछन् ।    अन्नपूर्ण क्षेत्रमा बन्दुकमार्फत रतुवा र घोरलको चोरी शिकारी हुने गरेको उनले बताए । ‘एक्यापले कारवाही गरेको १९ मुद्दा छन्, जहाँ नगद जरिवाना बढी छ’ कँडरिया भन्छन् ‘चोरी शिकारीमा एक्यापले नै मुद्दा चलाउँछ भने अन्यमा खरखजानाअन्तरगत प्रहरीकहाँ पठाउँछौं ।’     कंँडरियाको अनुभवमा अवैधानिकरुपमा राखिएका बन्दुकहरु चोरी शिकारीमा प्रयोग भएका छन् । ‘हामीलाई घरमा राखिएका बन्दुकबाट खतरा छ, परियोजना क्षेत्रमा बन्दुक पड्किएको आवाज सुनिनु नौलो होइन’ उनले भने ‘यद्यपि, पहिलेभन्दा अहिले चोरी शिकारी धेरै कम भएको रेकर्ड छ ।’   माछापुच्छ्रे गाउँपालिकाको खैमराङमा केही अघि ढुकुर हान्दा एक छिमेकी महिलाको छातिमा लागेको थियो । खैमराङका आइत सिं तामाङले चलाएको उक्त बन्दुकको लाइसेन्स थिएन । पछि एकापसमा मिलापत्र गरेपछि अदालतबाट कम सजायमा उनी छुटेका थिए ।     उक्त भरुवा बन्दुक राख्न इजाजत नलिएकाले जफत गरिएको छ ।    त्यस्तै, चोरी शिकारी र खरखजाना मुद्धामा प्रयोग भएका बन्दुक पनि बिना इजाजत प्रयोग भएको सरकारी वकिल कार्यालयका एक न्यायधिवक्ता बताउँछन् । उनका अनुसार दर्ता भएका बन्दुकबाट भन्दा बिना दर्ता राखिएका बन्दुकबाट अपराध हुने सम्भावना बढी छ ।    जिल्ला प्रशासनका अनुसार पछिल्लो समय बन्दुक दर्ता भएको छैन । पहिलेदेखि घरमा भएका बन्दुक नवीकरण हुँदै आएको छ ।    यस्ता हतियारबाट हुने अपराधमा मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा (१) अनुसार फैसला गरी सजाय सुनाउने प्रावधान रहेको छ । दफामा ‘हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजातपत्र प्राप्त गरेको भएपनि शर्त बन्देज विपरित हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न हुँदैन’ भनिएको छ ।   दफा विपरित भए ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने उल्लेख छ । तर ज्यान मुद्दामा भने उक्त दफा लागु हुनेछैन ।   त्यस्तै, मादी गाउँपालिका निवासी विशाल गुरुङले अर्काको नाममा रहेको हतियारबाट बन्यजन्तु शिकार गरेपछि उनलाई ०७८ साउनमा कास्की जिल्ला अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।  उक्त फैसला अनुरुप गुरुङले दिनको ३ सय रुपैयाँकादरले जरिवना बुझाई जेलमुक्त भएका थिए ।    यस्तै प्रकृतिको मुद्दामा अन्नपूर्ण गाउँपालिकाका ओमप्रसाद गर्बुजा पनि समातिएका छन् । उनले समातिएपछि उक्त बन्दुक जंगलमा भेटेपछि आफैले प्रयोग गरेको बताएपछि मुद्दा प्रक्रियामा रहेको छ । उक्त बन्दुक प्रहरीले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाण्डौंमा परीक्षणार्थ पठाएको छ । जसको रिपोर्ट आउन बाँकी छ ।    जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ गुरुदत्त ढकालले पहिले भएका बाहेक नयाँ हतियार दर्ता गराउन आउनेको संख्या शून्य भएको बताएका छन् । खरिद स्वीकृति लिने र नामसारी गर्ने व्यवस्था प्रशासनले गर्ने बताउँदै प्रजिअ ढकालले कास्कीमा १२ र २२ बोरबाहेकका ठूला हतियार नभएको जनाए ।    त्यस्ता हतियारबाट कुनै अपराध भए हतियार जफतदेखि कानूनी कार्वाही हुने र भइरहेको ढकालले बताएका छन् ।      प्राचिन समयदेखि नेपालीहरुको घरमा हतियार राख्ने चलन चलेपनि हाल ‘अनावश्यक’ भएको सामाजिक अनुसन्धाता रामचन्द्र बराल बताउँछन् ।    ‘हाम्रो समाज लाहुेर संस्कृतिमा भिजेको छ, शान मान र प्रतिष्ठास्वरुप हतियार राख्न थालिएको हो’ पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत बराल भन्छन् ‘विशेष पर्वमा कोतपूजा गर्ने, समाजमा शक्ति देखाउने काममा हतियार राख्ने गरिएको पाइन्छ ।’   पहिले राज्य कमजोर भएकाले आफ्नै सुरक्षाकाखातिर हतियार राखिने भएपनि अब आधा घण्टाको समयमा राज्यको उपस्थिति सम्भव भएकाले आदर्श समाजमा हतियार अनुचित भएको उनको टिप्पणी छ ।    ‘सामाजिक मनोविज्ञानमा हतियार हुनुहुन्न’ बराल भन्छन् ‘बाँदर तर्साउन राखिने हतियारले मान्छे तर्साइयो भने समाज द्वन्द्वतर्फ अग्रसर हुनसक्छ ।’ ु