सडक भासिएर आएको पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु

हेटौंडा | साउन ८, २०८०

सडक भासिएर आएको पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु

बैतडीमा  पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको छ।

 

पुर्चौडी नगरपालिका–२, भैरुवामा मंगलवार बिहान करिब २ बजेतिर सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी २५ वर्षीया श्रीमती अञ्जु जागरी र ५ वर्षीय  छोराको रिजन जाग्रीको मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीका अनुसार पहिरोले पुरिएर १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। उनलाई राति ३ बजे उद्धार गरिएको पुर्चौडी(२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जु र  रिजनलाई भने मृत अवस्थामा बिहान ८ बजेतिर निकालिएको उनले बताए।

 

वडाध्यक्ष बमका अनुसार  महेश जागरी रोजगारका लागि भारतको चिथौरागढमा छन्। घटनाबारे उनलाई खबर गरिएको र भोलिसम्म आइपुग्ने  उनले बताए। हिजो महेश जागरीकी आमा ४५ वर्षीय रायमति जागरी, श्रीमती रञ्जु, छोरा रिजन, भाइ गोब्बर र एकजना पाहुना सो घरमा सुतेका थिए।

 

उनको घरमाथीको सडक केही महिनाअघि मात्रै बनाइएको हो। सडक खनिएको माटो किनारमै रहेको र वर्षाले त्यहाँ थुपरिएको माटोसहित सडक नै भासिएर  पहिरो आएपछि घर पुरिएको  वडाध्यक्ष बमले बताए। रायमति र पाहुना पहिरो जाँदाजाँदै घरबाट बाहिर निस्कन सफल भएका थिए भने तीन जना पुरिएका थिए।

 

पहिरोमा परी दुईवटा गाई, दुईवटा भैँसी, दुइवटा गोरू र एउटा बाख्रा पनि मरेका छन्। नजिकै रहेको गौरी भण्डारीको घर पनि जोखिममा रहेकाले त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बमले बताए।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्