पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...

काठमाडौ:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् ।  भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए ।  “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याए ।  विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिहरुसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ती देखिएको बताए । 

सोलुखुम्बु:    सोलुखुम्बुमा एक महिलाको शव फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो ।  ‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केहि दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’ शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए। घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका–८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो । 

कपिलवस्तु:     कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला छन् । मृतकहरुमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी,  भारत उत्तरप्रदेश मुरादाबादका ५५ वर्षीय सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ की २७ वर्षीय सन्जु थापा, भीमदत्त नगरपालिकाकी २१ वर्षीय खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ का सुदीप भट्ट, पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विमलादेवी भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विसनदत्त भट्ट छन् । यस्तै दुर्घटनामा ३० जना घाइते भएकामध्ये नौ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिए ।  अन्यको सन्जीवनी र आधारभूत अस्पताल चन्द्रौटामा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । बस दुर्घटना भने ब्रेक फेलका कारण भएको प्रहरी उपरिक्षक पौडेलेको भनाइ छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा  सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।

काठमाडौं:    आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ सिजनको पहिलो सिरिज नेपालमा आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र नामिबिया भिड्दैछन् । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल विहान ९:३० बजे सुरु हुनेछ । दुवै टोलीले जितका साथ लिग–२ को सुरुवात गर्न चाहन्छन् । नेपालले घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै अवसरमा हराएको थियो । यता नामिबिया भने यसपटक उक्त हार बिर्साएर सुखद सुरुवातको लक्ष्यसहित आएको छ । गत वर्ष कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । त्यस्तै पूर्वकप्तान पारस खड्काले पनि २०१६ मा टियु मैदानमै नामिबियाविरुद्ध शतक बनाएका थिए । नेपालले आजको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको साथ पाउनेछैन । नामिबियाले पनि अलराउन्डर डेविड विजाबिना नै आफ्नो टोली घोषणा गरेको छ । नेपालको टोली:   रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ नामिबियाको टोली:   जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे, मलान क्रुगर

पोखरा:    पोखरामा प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवस मनाइएको छ । पोखरामा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजनामा प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवस मनाइएको हो ।  पोखरा रंगशालाबाट सुरु भएको झाँकी ¥याली चाइनापुलहुँदै लखनचोक आएर प्रथम सहिद लखन थापामगरको शालिकमा माल्यापर्ण पछि कोणसभा सुरु भएको थियो ।   कोणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री इन्द्र बहादुर गुरुङले पार्टीको ह्वीप मान्ने हो भने, आदिवासी जनातिको मुद्धा अघि नउठ्ने जिकिर गरेका छन् ।    मुद्धालाई उठाउन र अघि बढ्नका लागि कुनैपनि लोप लालचमा नलाग्न र सवै आदिवासी जनजातिहरुलाई एक हुनका लागि आग्रह गर्दै गुरुङले जुनुसुकै पार्टीको ह्वीप क्रस गनैपर्ने जिकीर समेत गरे ।     जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख वासुदेव घिमिरेले मुलुकले मानेको प्रथम सहिद क्याप्टेन लखन थापा मगर प्रति कुनै द्धिविधा नभएको बताए । उनले कुनै समुदायमा जन्मिएता पनि उनले एउटा सिंगो देशको शिर माथि उठाउनुका साथै, प्रजातान्त्रिक, लोकतान्त्री व्यवस्था तत्कालिन निरंकुस जाहनिय राणासासन मुक्त गर्नका लागि झिल्को सल्काउने काम गरेको बताए ।  राष्ट्र, जनताको मुक्तिका लागि दिइएको बलिदानप्रति उहाँको स्वभीमान श्रद्धा गर्न लाएक भएको स्मरण गर्दै घिमिरेले उनलाई सम्झी रहने बताए ।  प्रथम सहिद थापामगर कुनै धर्म, जाति विशेषको नभइ सिंगो राष्ट्र र जनाताको सतपात्र भएकाले उनलाई इतिहासले स्मरण गर्ने विश्वास व्यक्त गर्दै,सहिदहरुको बलिदान र योगदानका कारण अहिले व्यवस्था फेरीएको र आम नागरिकले अधिकार उपभोग गर्न पाएको बताए ।  सहिद थापाकै कारण मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा समेत राष्टङले नै घोषण गरेका उनीलाई राज्यले अपमान गरेको दावी गर्दै, तमु धि नेपालका अध्यक्ष हुँबहादुर तमुले सबैलाई सम्मान र अपनत्व हुने, मुलुक बन्नुपर्ने आग्रह रहेको जिकिर गरे । समुदाय, भाषा, भेषभुषा, रुप र जन्मको आधारमा विभेद रहेको समेत गुनासो गर्दै, उनले विभेद अन्त्यको लागि लखन थापा लगायतका, हजारौ सहिदहरुले बलिदान दिइएको र अझै अधिकार सुनिश्चीतताका लागि बलिदान दिन तयार रहेको बताए ।   समानताको लागि तिनै तहको सरकार तथा राज्य सञ्चालकलाई अघि बढ्न उनको आग्रह रहेको थियो ।  सहिद थापा गण्डकी प्रदेशको सपुत भएकाले पनि प्रदेशले नै उनको स्मृति दिवस मान्नुपर्ने अदिवासी जनजाति गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्म तमुको जोड रहेको थियो ।  आदिवासी भएकै कारण राज्यले देशको प्रथम सहिदलाई राज्यले नमानेर जनजातिले आवाज उठाउनुपर्ने अवस्था आइलाग्दा, मुलुकमा विभेद भएको महसुस भएको समेत सुनाउदै उनले, अग्रजहरुलाई सम्मान गर्न नसक्ने साशकहरु देशमा रहेको प्रमाणित भएको जिकिर गरे । उनले यस्ता कुराबा सच्चिन महासंघको तर्फबाट अपिल गरे ।  कार्यक्रममा सामाजिक अगुवाहरु धनबहादुर तामाङ, बालकृष्ण काउछा मगर, आदिवासी जनाजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका महासचिव सुजन लामा, नेपाल मगर संघ जिल्ला समन्वय कास्कीका अध्यक्ष राम बहादुर थापा मगरलगायतले सहिदलाई कुनै जात विशेषमा नभइ सबैको भएकाले सहिद प्रति विभेद नगर्न राज्यलाई आग्रह गरे ।

पोखरा:   प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवसको अवसरमामा पोखरामा दीप प्रज्वलन गरिएको छ ।  प्रथम सहिद थापामगरको १ सय ४७ औं स्मृति दिवसको अवसरमा पोखराको लखन चोकमा मगर विद्यार्थी संघ कास्की र पीएन क्याम्पस कमिटिको सयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो ।  दीप प्रज्वलन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सल्लाकार धनप्रसाद तामाङ, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मराज तमु, प्रदेश महासचिव सुजन लामा, नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापा, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सचिव शुसिल थापामगर र पीएन क्याम्पस कमिटि अध्यक्ष कृष्ण बुढामगर लगायतको उपस्थिति रहेको थियो ।    कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष महेश घर्ती मगरका अध्यक्षता र सचिव योगेन्द्र थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।   

पोखरा:  बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) ८ खेल सम्पन्न भएका छन् ।   पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज भएको पहिलो चरण अन्तरगतकै खेलमा गण्डकी स्पोर्टस् क्लबलाई बेलीज् एफसीले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्याे ।   बेलिजको जीतमा राकेश राईले ह्याट्रिक ​पूरा गरे भने दिपेश गुरुङले १ र साइमन तामाङले २ गोल गरे ।    क्लबका सचिव रेशम सापकोटाका अनुसार आज भएको दोस्रो खेलमा ह्याङओभरलाई दिव्यज्योतीकले १–० गोल अन्तरले हरायो । दिव्यज्योतीको जीतमा मन्जित थापाले निर्णायक गोल गरे ।   तेस्रो खेलमा माछापुच्छ्रे त्रिशक्ति क्लबले हरिचोक युनाइटेडमाथि ४÷१ गोल अन्तरले सहज जीत निकाल्यो । त्रिशक्तिको जीतमा मनिष ठकुरीले २ गोल गरे भने रविन नेपाली र आइत तामाङले समान १ गोलको योगदान दिए ।    चौथो खेलमा माइती गोर्खालाई कमलपोखरी एफसीले ३–० गोल अन्तरले पराजित गर्याे । कमलपोखरीको जीतमा प्रकाश तामाङ, विनम गुरुङ र अमित गुरुङले समान १ गोल गरे ।     पाँचौ खेलमा सिटी जिमलाई जिनाइन युनाइटेडले ५–० गोलको फराकिलो अन्तरले पाखा लगायो । जिनाइनको जीतमा बुद्धि तामाङ, दौलत गुरुङ, रोशन रानामगरले समान १ गोल गरे भने आशिष गुरुङले २ गोलको योगदान दिए ।   यसैगरी छैटौं खेलमा लिभिक कन्स्ट्रक्सन र शुक्लागण्डकी हेम्जाबीच भएको खेल गोलरहित भएपछि टाइब्रेकरमा शुक्लागण्डकीले ३–२ गोल अन्तरले पराजित गर्याे । सातौ खेलमा बगर युनाइटेडलाई भदौरे क्लबले ३–१ गोल अन्तरले हरायो ।    रामघाट क्लब र गार्डेन एफसीबीच भएको आजको अन्तिम खेल गोलरहित भएपछि टाइब्रेकरमा गार्डेनलाई ६–५ गोल अन्तरले हराउदै रामघाट दोस्रो चरणमा प्रवेश गर्याे ।   बुधबारपनि पहिलो चरणकै ८ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । आगामी १० गते सम्पन्न हुने प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ । 

काठमाडौं:     नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा  प्रकाशन भएसँगै गृह मन्त्रालयले  विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ ।  २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा  प्रकाशन भएसँगै मन्त्रालयले सो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले वर्षभरि हुने ५३ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।  आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ । भदौ ३ गते रक्षाबन्धन, भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिन पनि बिदा दिइएको छ ।  असोज ३ गते संंविधान दिवस, असोज १७ गते घटस्थापना, असोज २४ देखि असोज २८ गतेसम्म पाँच दिन दशैँ बिदा दिइएको छ । कात्तिक महिनामा १५ गतेदेखि १९ गतेसम्म तिहारमा पाँच दिन बिदा दिइएको छ भने २२ गते छठपर्वमा पनि बिदा छ । मङ्सिर ३० गते उधौली पर्व, योमरी पुन्हिको अवसरमा  बिदा दिइएको छ । पुस १५ गते तमुु ल्होसार र पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिइएको छ ।  माघी पर्वको अवसरमा माघ १ गते, सोनाम ल्होसारको अवसरमा माघ १७ गते बिदा हुनेछ । फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गते शेर्पाको ग्याल्पो ल्होसार, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा पनि बिदा दिइएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) र बकर ईद (इद उल उजाह) का दिन पनि दुई दिन सार्वजनिक बिदा हुने राजपत्रमा उल्लेख छ ।   यस्तै, फागुपूर्णिमामा हिमाली र पहाडी ५६ जिल्लामा फागुन २९ गते र तराईका जिल्लामा चैत्त १ गते बिदा दिइएको छ ।    

पोखरा:  गण्डकी प्रदेशले फागुन ४ गते स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज (बुधबार) सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ ।  कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ ।