काठमाडौंः  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई ह्विप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्...

पोखरा:    सार्वजनिक सवारी साधनमा हिड्ने यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा पोखरामा भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ ।  यात्रुहरुलाई लुटपाट गर्ने मनसायले नशालु पदार्थ मिसावट गरेको लड्दुसहित प्रहरीले ४६ वर्षीय भारतीय नागरिक दिलिप पटेललाई फागुन १ गते प्रकाउ गरेको हो ।  भारतीय नागरिक पटेलले सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–९ बसपार्कमा चेकजाँच गर्ने क्रममा प्रकाउ गरेको हो ।  प्रकाउ परेका भारतीय नागरिक पटेलको साथबाट प्रहरीले नशालु पदार्थ मिसावट गरिएको १ प्याकेट लड्दुसमेत बरामद गरेको छ । प्रकाउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धका कसुरमा ३ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ । बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार्पण गर्नुभएको हो । जागरण बुक हाउस प्रकाशक रहेको उक्त पुस्तकमा जनयुद्धको ऐतिहासिक पहल, जनयुद्धको थालनी, जनयुद्धका ऐतिहासिक निर्णय र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषयहरू रहेका छन् ।

काठमाडौं:     नेपालले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध १ सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा जोडेको यो सबैभन्दा कमजोर योगफल हो । यसअघि नेपालले ओमान र यूएईविरुद्ध दोस्रो इनिङमा १ सय ७९ रन बनाएको थियो । पहिलो इनिङमा भने २०२० मा अमेरिकाविरुद्ध १ सय ९० सबैभन्दा कम थियो । विहीबार टियु क्रिकेट मैदानमा कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले उकासेको थियो । २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो । भीमले ८६ बलमा ४४ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए । नामिबियाका लागि कप्तान तथा स्पिनर गेर्हार्ड एरास्मसले मध्यक्रमको ५ विकेट लिएर नेपाललाई समस्या दिए । त्यसअघि तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २÷२ विकेट लिँदै नेपालको शीर्षक्रम धराशायी पारेका थिए । ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक ९खेलको पहिलो बलमा विकेट० आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका थिए । ट्रम्पलम्यानले अर्को ओभरको पहिलो बलमा अनिललाई एलबीडब्लु धरापमा पारे । अनिलले ६ बलमा २ चौकासहित ८ रन जोडे । लगत्तै अर्को ओभरमा आसिफ शेख ज्याक ब्रेसलको बलमा सिल्ली मिड अनमा क्याच आउट भए । आसिफले ११ बलमा १ चौकासहित ४ रन बनाए । उनी आउट हुँदा नेपाल १३(३ को स्थितिमा थियो । रोहित पौडेल ब्रेसलकै बलमा प्लेड अन भएपछि नेपाल २१(४ को स्थितिमा पुग्यो । त्यसपछि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । तर कुशल गेर्हार्ड एरास्मसको बलमा क्याच आउट भएपछि विकेट पतन सुरु भयो । उनले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन जोडे । लगत्तै एरास्मसको अर्को ओभरमा सोमपाल फुल टस बललाई आक्रमण गर्ने धुनमा मिड विकेटमा क्याच आउट भए । एरास्मसले २८ औं ओभरमा भीमलाई एलबीडब्लु धरापमा पारेसँगै नेपाल ९४(७ को अवस्थामा पुग्यो । ३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए । एरास्मसले ४२ औं ओभरको पहिलो बलमा करणलाई एलबीडब्लु धरापमा पारे । अन्तिम स्पेलको लागि आएका उनले पहिलो बलमै करणको विकेट लिएका थिए । करणले ३८ बलमा ३ चौकासहित १६ रन जोडे । ललित ११ बलमा खाता नखोली नटआउट रहे ।

काठमाडौ:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् ।  भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए ।  “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याए ।  विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिहरुसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ती देखिएको बताए । 

सोलुखुम्बु:    सोलुखुम्बुमा एक महिलाको शव फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो ।  ‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केहि दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’ शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए। घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका–८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो । 

कपिलवस्तु:     कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला छन् । मृतकहरुमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी,  भारत उत्तरप्रदेश मुरादाबादका ५५ वर्षीय सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ की २७ वर्षीय सन्जु थापा, भीमदत्त नगरपालिकाकी २१ वर्षीय खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ का सुदीप भट्ट, पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विमलादेवी भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विसनदत्त भट्ट छन् । यस्तै दुर्घटनामा ३० जना घाइते भएकामध्ये नौ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिए ।  अन्यको सन्जीवनी र आधारभूत अस्पताल चन्द्रौटामा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । बस दुर्घटना भने ब्रेक फेलका कारण भएको प्रहरी उपरिक्षक पौडेलेको भनाइ छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा  सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।

काठमाडौं:    आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ सिजनको पहिलो सिरिज नेपालमा आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र नामिबिया भिड्दैछन् । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल विहान ९:३० बजे सुरु हुनेछ । दुवै टोलीले जितका साथ लिग–२ को सुरुवात गर्न चाहन्छन् । नेपालले घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै अवसरमा हराएको थियो । यता नामिबिया भने यसपटक उक्त हार बिर्साएर सुखद सुरुवातको लक्ष्यसहित आएको छ । गत वर्ष कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । त्यस्तै पूर्वकप्तान पारस खड्काले पनि २०१६ मा टियु मैदानमै नामिबियाविरुद्ध शतक बनाएका थिए । नेपालले आजको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको साथ पाउनेछैन । नामिबियाले पनि अलराउन्डर डेविड विजाबिना नै आफ्नो टोली घोषणा गरेको छ । नेपालको टोली:   रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ नामिबियाको टोली:   जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे, मलान क्रुगर

पोखरा:    पोखरामा प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवस मनाइएको छ । पोखरामा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजनामा प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवस मनाइएको हो ।  पोखरा रंगशालाबाट सुरु भएको झाँकी ¥याली चाइनापुलहुँदै लखनचोक आएर प्रथम सहिद लखन थापामगरको शालिकमा माल्यापर्ण पछि कोणसभा सुरु भएको थियो ।   कोणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री इन्द्र बहादुर गुरुङले पार्टीको ह्वीप मान्ने हो भने, आदिवासी जनातिको मुद्धा अघि नउठ्ने जिकिर गरेका छन् ।    मुद्धालाई उठाउन र अघि बढ्नका लागि कुनैपनि लोप लालचमा नलाग्न र सवै आदिवासी जनजातिहरुलाई एक हुनका लागि आग्रह गर्दै गुरुङले जुनुसुकै पार्टीको ह्वीप क्रस गनैपर्ने जिकीर समेत गरे ।     जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख वासुदेव घिमिरेले मुलुकले मानेको प्रथम सहिद क्याप्टेन लखन थापा मगर प्रति कुनै द्धिविधा नभएको बताए । उनले कुनै समुदायमा जन्मिएता पनि उनले एउटा सिंगो देशको शिर माथि उठाउनुका साथै, प्रजातान्त्रिक, लोकतान्त्री व्यवस्था तत्कालिन निरंकुस जाहनिय राणासासन मुक्त गर्नका लागि झिल्को सल्काउने काम गरेको बताए ।  राष्ट्र, जनताको मुक्तिका लागि दिइएको बलिदानप्रति उहाँको स्वभीमान श्रद्धा गर्न लाएक भएको स्मरण गर्दै घिमिरेले उनलाई सम्झी रहने बताए ।  प्रथम सहिद थापामगर कुनै धर्म, जाति विशेषको नभइ सिंगो राष्ट्र र जनाताको सतपात्र भएकाले उनलाई इतिहासले स्मरण गर्ने विश्वास व्यक्त गर्दै,सहिदहरुको बलिदान र योगदानका कारण अहिले व्यवस्था फेरीएको र आम नागरिकले अधिकार उपभोग गर्न पाएको बताए ।  सहिद थापाकै कारण मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा समेत राष्टङले नै घोषण गरेका उनीलाई राज्यले अपमान गरेको दावी गर्दै, तमु धि नेपालका अध्यक्ष हुँबहादुर तमुले सबैलाई सम्मान र अपनत्व हुने, मुलुक बन्नुपर्ने आग्रह रहेको जिकिर गरे । समुदाय, भाषा, भेषभुषा, रुप र जन्मको आधारमा विभेद रहेको समेत गुनासो गर्दै, उनले विभेद अन्त्यको लागि लखन थापा लगायतका, हजारौ सहिदहरुले बलिदान दिइएको र अझै अधिकार सुनिश्चीतताका लागि बलिदान दिन तयार रहेको बताए ।   समानताको लागि तिनै तहको सरकार तथा राज्य सञ्चालकलाई अघि बढ्न उनको आग्रह रहेको थियो ।  सहिद थापा गण्डकी प्रदेशको सपुत भएकाले पनि प्रदेशले नै उनको स्मृति दिवस मान्नुपर्ने अदिवासी जनजाति गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्म तमुको जोड रहेको थियो ।  आदिवासी भएकै कारण राज्यले देशको प्रथम सहिदलाई राज्यले नमानेर जनजातिले आवाज उठाउनुपर्ने अवस्था आइलाग्दा, मुलुकमा विभेद भएको महसुस भएको समेत सुनाउदै उनले, अग्रजहरुलाई सम्मान गर्न नसक्ने साशकहरु देशमा रहेको प्रमाणित भएको जिकिर गरे । उनले यस्ता कुराबा सच्चिन महासंघको तर्फबाट अपिल गरे ।  कार्यक्रममा सामाजिक अगुवाहरु धनबहादुर तामाङ, बालकृष्ण काउछा मगर, आदिवासी जनाजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका महासचिव सुजन लामा, नेपाल मगर संघ जिल्ला समन्वय कास्कीका अध्यक्ष राम बहादुर थापा मगरलगायतले सहिदलाई कुनै जात विशेषमा नभइ सबैको भएकाले सहिद प्रति विभेद नगर्न राज्यलाई आग्रह गरे ।

पोखरा:   प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवसको अवसरमामा पोखरामा दीप प्रज्वलन गरिएको छ ।  प्रथम सहिद थापामगरको १ सय ४७ औं स्मृति दिवसको अवसरमा पोखराको लखन चोकमा मगर विद्यार्थी संघ कास्की र पीएन क्याम्पस कमिटिको सयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो ।  दीप प्रज्वलन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सल्लाकार धनप्रसाद तामाङ, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मराज तमु, प्रदेश महासचिव सुजन लामा, नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापा, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सचिव शुसिल थापामगर र पीएन क्याम्पस कमिटि अध्यक्ष कृष्ण बुढामगर लगायतको उपस्थिति रहेको थियो ।    कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष महेश घर्ती मगरका अध्यक्षता र सचिव योगेन्द्र थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।