पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।...

काठमाडौं:    निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायमभएका मतदानस्थलरकेन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ ।  आयोगको आज बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो ।       सङ्घीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, सवारी साधन र अन्य विद्युतीय उपकरण मर्मत सम्भार गरी उपनिर्वाचनका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।            उपनिर्वाचनका लागि खटाउन सकिने कर्मचारीको विवरण अद्यावधिक गरी र निर्वाचन प्रयोजनका लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्न पनि आयोगको अनुरोध छ ।       यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाइ निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।            आयोगले मतदानस्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।      स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधनको प्रयोगमा पूर्णतः रोक लगाउन निर्देशन दिइएको छ ।       निर्वाचन प्रचारप्रसार सामग्री यथासम्भव समयमै मतदाता समक्ष पुर्‍याउने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।  उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कार्यहरू नगर्नेरनगराउने व्यवस्था मिलाउन आयोगले सूचित गरेको छ ।

पोखरा:    गण्डकी प्रदेशमा भाषा आयोगले सिफारिस गरेको मगर र गुरुङ (तमु) भाषालाई सरकारी कामकाजको भाषा बनाउने माग गरेको छ ।   आज (सोमबार) तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई तुरुन्त सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो ।    तमु धिं नेपालका अध्यक्ष हुमबहादर तमुले गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा मगर र गुरुङ भाषालाई प्राथमिकता दिएपनि कार्यान्वयन नगरेको भन्दै गुनासो गरे ।   ‘नेपालको संविधानको धारा ६, ७, ३२,२८७ साथै भाषा आयोग ऐन २०७७ समेत गरी भाषा आयोगले सिफारिस गरेको मगर र गुरुङ भाषालाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकता दिएको धन्यवाद दिन चाहान्छु’, अध्यक्ष तमुले भने, ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषा सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि आवश्यक प्रक्रिया बढाई कार्यान्वयन मागसमेत गर्दछु ।’   यस्तै तमु धिं नेपालले गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे समक्ष ५ बुँदे मागसमेत राखेको छ ।    ज्ञापन पत्रमा भनिएको छ,गण्डकी प्रदेशमा बाहुल्यता भएको जातिको मातृभाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषा रुपमा ल्याउने र मातृभाषाको संरक्षण, विकासका लागि गण्डकी प्रदेशमा भाषा आयोगको शाखा कार्यालय स्थापना गर्नसमेत माग गरेको छ ।    तमु धिं नेपालले गुरुङ भाषा नामाकृत गाउँ, बस्ती, ठाउँ, भुगोलहरुको नामाकरण पुनः गुरुङ भाषामै गर्न, मातृभाषा खोज, अध्ययन साथै तालिम केन्द्रको व्यवस्था, गुरुङ जातिको बसोबास रहेको स्थानको विद्यालयमा गुरुङ भाषा पठनपाठन गर्न समेत माग गरेको छ । 

पोखरा:  पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा त्रिदिवशीय कार्यक्रम आज दोस्रो दिन १२ खेल सम्पन्न भएका छन् ।  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको शारीरिक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको त्रिदिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन १२ खेल सम्पन्न भएका हो ।  दोस्रो दिनको सदनात्मक र खुल्ला रुपमा आयोजना गरिएको प्रतियोगितामा कक्षा नर्सरीमा वाटर रेस प्रतियोगितामा परितोष पौडेल प्रथम, इमान थापा क्षेत्री द्वितीय र अनिक शिट तृतीय भएका छन् ।  यस्तै कक्षा एल.के.जी. बाट वाटर रेसमा सृष्टि मोन्डल प्रथम, कृष्ण मेट्या द्वितीय र नोमिका नेपाली तृतीय भएका छन् । सोही कक्षाबाट मेकिङ गाल्र्यान्ड (माला बनाउने) खेलमा एल्बिना तामाङ प्रथम, प्रज्ञा खनाल द्वितीय र सायरा देवकोटा तृतीय भएका छन् ।  यु.के.जी. तर्फबाट विज्ञान दौडमा प्रीतिकोना मोन्डल प्रथम, एड्विन देवकोटा द्वितीय र कृषा कार्की तृतीय भएका छन् । यसैगरी यु.के.जी.तर्फ कै अर्को खेल ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् ।  कक्षा एकबाट विज्ञान दौडमा सुभान सुवेदी प्रथम, पारोमिता मोन्डल द्वितीय र समीक्षा बास्तोला तृतीय भएका छन् । सोही कक्षाको ब्यालेन्स रेस विथ ब्यागमा प्रथम, द्वितीय र तृतीय भएका छन् । यस्तै जुनियर प्रा.वि. तहमा कक्षा २ बाट गणित दौडमा एन्जिला थापा प्रथम, रेनिस अमगाईं द्वितीय र रन्जन सुनार तृतीय भएका छन् । कक्षा २ मा स्पोन रेसमा अंश सुनार प्रथम, स्वप्निल सुनार द्वितीय र क्रेलिशा बि.क.तृतीय भएका छन् ।  कक्षा ३ बाट गणित दौडमा अंकित मन्ना प्रथम, अन्मोल तामाङ द्वितीय र दिप्सना बि.क. तृतीय भएका छन् । सोही कक्षामा स्पोन रेसमा     युनेश रोका प्रथम, कपिल पौडेल द्वितीय र काव्या बि.क. तृतीय भएका छन् ।  कक्षा ४ बाट मेमोरी पावर खेलमा युनिका खनाल प्रथम, सखिम बास्तोला द्वितीय र दिव्या लम्साल तृतीय भएका छन् । कक्षा ५ मेमोरी पावर खेलमा श्रीषा तिमिल्सिना प्रथम, केन्जल जि.सी. द्वितीय र रुपा ठकुरी तृतीय भएका छन् । कक्षा ४ को गणित दौडमा दिया क्षेत्री प्रथम, युनिका खनाल द्वितीय र प्रेमिका नेपाली तृतीय भएका छन् ।  कक्षा ५ को गणित दौडमा श्रीषा तिमिल्सिना प्रथम, मुस्कान भण्डारी द्वितीय र प्रज्वल न्यौपाने तृतीय भएका छन् । सोही तहमा ४००मी. रिले दौडमा छात्रातर्फ पहेँलो सदन प्रथम र निलो सदन द्वितीय भएको छ । ४००मी. रिले दौडमा छात्रतर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएको छ ।  टग अफ वार समूहमा हरियो सदन प्रथम र निलो सदन द्वितीय भएको छ । यसैगरी सेभेन ए साइड फुटबलमा पहेँलो सदन प्रथम र हरियो सदन द्वितीय भएका छ ।  त्यस्तै आधारभूत सिनियर तर्फ ४००मी. दौड छात्रामा कक्षा ७ की खुश्बु सापकोटा प्रथम, कक्षा ६ की सबिता सुनार द्वितीय र कक्षा ६ कै सृष्टिका कोइराला तृतीय भएका छन् ।  मा.वि.तर्फ ४००मी. दौडमा छात्रातर्फ कक्षा १० की सुजिता सुनार प्रथम, सोही कक्षाकी अनिता बि.क. द्वितीय र निर्सरा पौडेल तृतीय भएका छन् । सोही तहमा छात्रतर्फ ४००मी. दौडमा कक्षा ९ का अस्दीप बर्देवा प्रथम र सुजन राई द्वितीय भएका छन् ।  यस्तैआधारभूत सिनियरमा छात्रातर्फ ४००मी. रिलेमा निलो सदन प्रथम र पहेँलो सदन द्वितीय भएका छन् भने छात्रतर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । मा.वि. तहमा ४००मी. रिले दौडमा छात्रातर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् ।  सोही तहको छात्रतर्फको रिले दौडमा रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । टग अफ वारको छात्रतर्फ रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् भने छात्रातर्फ पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् ।  मा.वि. तहको सेभेन ए साइड फुटबलमा रातो सदन प्रथम र हरियो सदन द्वितीय भएका छन् । त्रिदिवसीय कार्यक्रम मंगलबार सम्पन्न हुने विद्यालयलय जनाएको छ ।   

म्याग्दी:    म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय २ सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य ८ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ ।  सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माण सम्बन्धि योजना छनौट भएका छन् । वडा स्तरीय १७ वटा योजना सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।  रु ५ लाख सम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको बेनी नगरपालिकाले १० वटा मध्य ७ र ८ नम्बर बाहेकका वडामा उपभोक्ता समिति गठन गरेर कार्यान्वयनका लागि अभिमुखीकरण गराएको छ ।  पूर्वाधार आयोजनाहरुका लागि रु १२ करोड ४३ लाख २५ हजार बजेट बिनियोजन भएकोमा साउन देखि कात्तिक महिनासम्म रु ४५ लाख ९६ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।  बेनी–अर्थुङ्गे तोरीपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी, बेनी–लभ्लिहिल–ज्यामरुककोट, अर्थुङ्गे–पुलाचौर, महारानीथान–छाप डाडाखेत, बेनी–अुर्थङ्गे–तोरीपानी–पात्लेखेत सडक, खबरा र पुलाडाडा पुरुण्डी खानेपानी, रावण पार्क र जामुनाखर्क नमुना विद्यालय भवन बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालित ठूला आयोजना हुन् ।  गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको खबरा खानेपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी र बेनी–अर्थुङ्गे–तोरीपानी सडक योजना निर्माण सकिएको ईञ्जिनियर सुदिप गौतमले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगका २१ वटा योजना कार्यान्वयनको चरणमा छन् ।  न्यायिक समितिमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेरा आएको छ र नयाँ दर्ता भएका छ सहित १० वटा फस्यौट भएको र दुई  प्रक्रियामा रहेका नगर उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । रु ५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले पहिलो चौमासिकमा रु ८० लाख २७ हजार १८ हजार राजस्व संकलन गरेको छ । 

काठमाडौं:    पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो । पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुग्नुभएको थियो । अस्पतालमा निधन हुनासाथ ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएकामा आजै बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइ उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।  प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो । नेपाल सरकारले आजै उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।  उहाँको योगदानको सम्मान गर्दै सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।  राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आउनुभएका उहाँ संविधान तथा कानुनका ज्ञाता हुनुहुन्थ्यो ।  विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँले ठूलो योगदान छ ।  विसं २०४७ को संविधान निर्माणका लागि गठित आयोगको सदस्यसमेत रहनुभएका ढुङगाना मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै सङ्घीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका लागि कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आउनुभएको थियो ।

डोल्पा:     आँखा देख्न छाडेको धेरै समयपछि पुन: दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गर्नुभएको छ ।  उहाँ लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । ठुलीभेरी नगरपालिका(३ दुनै बजारकी थापाले भन्नुभयो, “मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जीन्दगी यस्तै जान्छ कि भन्ने लागेको थियो । उपचारका लागि नेपालगञ्ज जान पनि समस्या थियो, नजिकै उपचारको व्यवस्था थिएन ।” जिल्ला अस्पतालले गरेको आँखाको निःशुल्क शल्यक्रिया शिविर उहाँका लागि बरदान बनेर आयो । जिल्ला अस्पताल डोल्पामा गत कात्तिक २६ र २७ गते सञ्चालन भएको शिविरबाट लाभान्वित हुनुभएकी उहाँले सुनाउनुभयो,“हल्ला सुनेपछि अस्पताल गएर सोधेँ, डाक्टरले यतै शिविर बस्दैछ भन्नुभयो । शिविर बस्यो, आँखाको शल्यक्रिया भयो, खर्च बच्यो । त्योभन्दा बढी छर्लङ्ग देख्न थालेपछि नयाँ जुनी पाएकी छु ।”  उहाँ मात्रै होइन शिविरबाट अन्य ३१ जनाले पनि आँखाको ज्योति पाएका छन् । आँखाको निःशुल्क शल्यक्रिया भएपछि काइके गाउँपालिका(५ बस्ने ६० वर्षीया पेम्बा लामु रोकाया र ठूलीभेरी नगरपालिका–८ बस्ने ५१ वर्षीया कृष्णचन्द शाही पनि निकै खुुसी हुनुहुन्छ ।  “गाउँबाट टाढा गएर उपचार गर्न जान समस्या छ । आर्थिक जोहो गर्न पनि सकिदैन तर आफ्नै जिल्लामा निःशुल्क उपचार पायौँ । त्यसैमा हामीलाई त डाक्टरसापले रु पाँच÷पाँच हजार पनि दिनुभयो । योभन्दा अरु खुसी के होला”, दुवै जनाले एकैस्वरमा भन्नुभयो । आँखा विशेषज्ञ डा ज्ञानेन्द्र लामिछानेले आर्थिक रूपमा विपन्न रोकाया र शाहीलाई आर्थिक सहयोग गर्नुभएको हो ।  नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम  लुम्बिनी, नेत्रज्योति संस्थान तथा रिसर्च सेन्टर र श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आर्थिक तथा प्रविधिक सहयोगमा निःशुल्क आँखा मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो ।  जिल्ला अस्पतालका नेत्र सहायक अमृत कठायतले जिल्लाका विभिन्न स्थानमा मोतिविन्दुका बिरामी छनोट शिविर सञ्चालन गरी शल्यक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो । आर्थिक रूपले विपन्न नागरिकको जिल्लामै मोतिविन्दुको निःशुल्क शल्यक्रिया गर्न सहजीकरण गरिएको उहाँले बताउनुभयो ।  हिमाली दुर्गम जिल्लाका नागरिकलाई लक्षित गरी जिल्ला अस्पतालमा आँखाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न पाउँदा खुसी लागेको जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा अखण्ड उपाध्यायले बताउनुभयो । आगामी दिनमा पनि आवश्यकताअनुसार जिल्लामै शिविर आयोजना गरिने उहाँले बताउनुभयो । 

सङ्खुवासभा:     सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।  सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको छ ।  प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार भीर मौरीको मह काढ्ने क्रममा उनी भीरबाट लडेका हुन् । उनको घट्नास्थलमै मृत्यु भएको हो ।  त्यस्तै, मकालु गाउँपालिका–२ सेदुवामा एस्काभेटर दुर्घटना हुँदा स्थानीय ३० वर्षीय सुरबिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  कासुवा खोला जलविद्युत् आयोजनाका लागि बाटो खन्ने क्रममा एस्काभेटर दुर्घटनामा परेको हो ।

काठमाडौं:    नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माण हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, चन्द्रागिरि नगरपालिका र काठमाडौँस्थित भारतीय राजदूतावासका बीचमा त्रिपक्षीय समझदारी भएको छ । सोही समझदारीअनुसार आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र यहाँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा पूर्वाधार निर्माणको शिलान्यास गर्नुभयो ।  कुल रु ६ करोड ५ लाख ७ हजार ४ सय ६७ लागत रहेको सो परियोजनाका लागि भारतीय दूतावासबाट रु ४ करोड ३६ लाख ९० हजार सहायता प्राप्त भएको जनाइएको छ । परियोजनाको अवधि २०८२ कात्तिक ११ गतेसम्मे रहनेछ ।  सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरीले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणपछि दोस्रो चरणमा मन्दिरको पनि कलात्मक जीर्णोद्धार गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धार्मिक पर्यटन प्रवद्र्धन गर्दै नगरको आर्थिक, सामाजिक विकास एवं आर्थिक समृद्धि हासिल गर्न उच्च प्राथमिकता दिएको छ ।”  नगरप्रमुख गिरिले नगरपालिकाको समृद्धिका लागि वैदेशिक सहयोग भित्रिने क्रम जारी रहेको जानकारी दिँदै थानकोटमा जर्मन सरकारको सहयोगमा रु १ अर्बको अस्पताल निर्माण हुने बताउनुभयो । उहाँले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माणमा भारतीय दूतावासले आर्थिक सहयोग गरेकामा दूतावासलाई धन्यवाद दिनुभयो ।    सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माणको समयमै सम्पन्न गर्न स्थानीय सरोकारवाला नागरिक तथा सङ्घसंस्थाले सकारात्मक सहयोग, निगरानी र अनुगमन गर्नुहुने अपेक्षा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रागिरि नगरक्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक क्षेत्रको संरक्षण, संवद्र्धन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने नीति रहेको छ । यसका लागि सबैको सामूहिक भावना आवश्यक पर्छ ।” सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ र  चन्द्रागिरि–६ का वडाध्यक्ष सञ्जय सिग्देलले चन्दन भराटेश्वर महादेव मन्दिरको ऐतिहासिक पक्षका बारेमा चर्चा गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

काठमाडौं:    जिपी कोइराला मेमोरियल कलेजमा पत्रकारिता अध्ययनरत विद्यार्थीले राष्ट्रिय समाचार समिति(रासस)बाट गरिने समाचार सङ्कलन, सम्पादन र सम्प्रेषणबारे जानकारी लिएका छन् । कलेजमा स्नातक तह तेस्रो र चाँैथो वर्षमा पत्रकारिता विषयमा अध्ययनरत ४५ जना विद्यार्थीले आज रासस मिडिया सङ्ग्रहालय, समाचार कक्षको अध्ययन तथा अवलोकन गरेका हुन् ।  त्यस अवसरमा राससका अध्यक्ष धर्मेन्द्र झाले समाचारका धेरै प्रश्नको उत्तर ‘फिल्ड’ मा गएर मात्र भेटिने भएकाले स्थलगत रिर्पोटिङको महत्वबारे विद्यार्थीलाई जानकारी गराउनुभयो ।  उहाँले राससबाट हुने समाचार सेवा प्रवाहबारे प्रकाश पार्दै भन्नुभयो,“राससले नेपाली, अङ्ग्रेजी, मैथिली, नेपाल भाषालगायत फोटोसहित दैनिक ७ सयवटा कन्टेन्ट उत्पादन गर्दछ । सेवा २४ सै घण्टा दिइरहेका छाँै ।” राससका महाप्रबन्धक सिद्धराज राईले रासस सरकारी सञ्चारमाध्यम र न्युज बैँकको रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो ग्राहक भनेका मिडिया हुन् । हामीले समाचार उत्पादन गर्छौँ । ती समाचार आवश्यकताअनुसार प्रयोग हुन्छन् ।”  उहाँले पत्रकारिताका विद्यार्थीले जहिल्यै पनि ‘किन’ भन्ने प्रश्न गर्नुपर्ने तथा प्रश्न सोध्न डराउन नहुने सुझाउनुभयो । कलेजका शिक्षक शिवहरि घिमिरेले विद्यार्थीलाई समय–समयमा सैद्धान्तिक ज्ञानसँगै यस्ता खालका व्यवहारिक ज्ञानले कक्षाकोठाभन्दा राम्रो सिकाइको काम गर्ने बताउनुभयो ।