पोखरा महोत्सवको तयारी तिब्र

पाेखरा | मंसिर ३०, २०८१

पोखरा महोत्सवको तयारी  तिब्र

पोखरा:  अमरसिंहचौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी तिब्र पारिएको छ ।


युनाइटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप विभिन्न उपसमिति र सल्लाहकारहरुको बैठक बसेको हो ।

 

सो अवसरमा बोल्दै महोत्सवका सल्लाहकार तथा पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले पोखरा महोत्सव सफल बनाउनका लागि वडा नं १० ले वडाबाट योजनामानै समेटेर महोत्सवलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

त्यसैगरी पोखरा महोत्सवलाई महानगरबाट उपलब्ध हुने सहयोगका लागि आफ्नो तर्फबाटसमेत सक्दो पहलकदमी गर्ने बताए ।

 

त्यस्तै महोत्सवका सल्लाहकार दिपक थापाले पोखरा महोत्सव स्थल अमरसिंह चोक आसपास सडक निर्माणको काम भइरहेकाले महोत्सव आयोजना गर्दा त्यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै सल्लाहकार श्यामकृष्ण श्रेष्ठले महोत्सजमा हाँस्य ब्यङ्ग्य कार्यक्रमलाई जोड्न सके दर्शक भित्रयाउन सहयोग पुग्ने धारणा राखे ।

 

सल्लाहकार प्रेम प्रसाद गौतमले पोखरा महोत्सवको आयोजना गरेर समाज सेवा गर्नु आफैमा महत्वपूर्ण भएकाले पोखरा महोत्सवलाई भव्य र सभ्य बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

 

सल्लाहकार तथा समाज कल्याण समितिका अध्यक्ष राजेन्द्र बहादुर कार्कीले समाजकल्याण परिषदको तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

 सल्लाहकार अनिल थापाले पोखरा महानगरपालिका वडा नं ६ र आफ्नो व्यक्तिगत तर्फबाटसमेत सहयोग रहने प्रतिबद्धता जनाए ।

 

सल्लाहकार बलराम ढुंगानाले अहिले पृथ्वीराजमार्ग निर्माणको क्रममा रहेकाले विभिन्न समस्याहरु उत्पन्न हुने भएकाले त्यस्ता समस्या समाधानका लागि समेत महोत्सव आयोजक तयारी अवस्थामा बस्नुपर्ने बताए । नागरिक अगुवा तथा महोत्सवका सल्लाहकार राम बहादुर पौडेलले महोत्सवको पूर्व सन्ध्यामा आयोजना हुने सरसफाई कार्यक्रमलाई जागरणको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।

 

यसैगरि युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा १३ औं पोखरा महोत्सवका कार्यसम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले सल्लाहकार तथा उपसमिति संयोजकहरुको सल्लाहलाई मनन गर्दै १३ औं संस्करणको पोखरा महोत्सवलाई भव्य बनाउन आफुहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

 

उक्त अवसरमा महोत्सव सल्लाहकारहरु तेज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, मुलयांकन ब्यवस्थापन उपसमिति संयोजक सुशिलराज पराजुली लगायतले धारणा राखेका थिए ।

 

युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोज समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य सहित बैठकको एजेन्डा प्रस्तुत गरेका थिए भने, कार्यक्रमको सञ्चालन क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिए ।

ललितपुर:    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।   नेपाल पत्रकार महासङ्घ ललितपुर जिल्ला शाखाका नव...

थप पढ्नुहोस्

नवलपरासी:    चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेकोे ...

थप पढ्नुहोस्

काठमाडौं:     सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाल...

थप पढ्नुहोस्