पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।  पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको ल...

पोखरा:  मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा मानव कंकाल फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–२ सामाग्री छैरो चौरस्थित बेनी–जोमसोम सडक खण्डमा पानी निकाश गर्न बनाईएको कल्भर्टमा पहिचान नखुलेको मानव कंकाल परेको हो ।  मुस्ताङ प्रहरीका अनुसारका कल्भर्टमा फेला परेको मानव कंकालको लिङ्ग समेत पहिचान भएको छैन् । मृतकको पहिचानका लागि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । 

ललितपुर:     ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पुनः रोकिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको भनिएको फ्लाइओभर ठेकेदार कम्पनीले बीचमै काम छाडेका कारण माघ महिना लागेदेखि कुनैपनि प्रगति छैन । सडक विभागले भने ठेकेदारसँग सम्पर्क गर्न प्रयास गरिरहेकोले आउँदो चैत महिनाभित्र काम सक्नेगरी योजना बनाइरहेको जनाएको छ । अहिले ग्वार्को फ्लाइओभर बनाउने ठाउँमा कामदार देखिदैनन् । माघ महिना शुरु भएदेखि नै काम हुन नसकेको प्रत्यक्षदर्शी बताउँछन् । फ्लाइओभरको काम अन्तिम अन्तिम चरणमा पुगेको देख्न सकिन्छ भने त्यहाँसम्म जाने सडक पनि कालोपत्र गर्नको लागि तयारी गरिएको अवस्थामा देखिन्छ । छेउछाउमा रेलिङ राख्ने काम भने बाँकी नै छ । सडक विभागका अनुसार ग्वार्को फ्लाइओभरको काम करिब ८२ प्रतिशत सकिएको छ । बाँकी काम गरिरहेको आशिष(समानान्तर(रेलिगेर जेभीले एक्कासी काम छाड्दा निर्माण कार्य रोकिएको सडक विभागले जनाएको छ । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सकिनुपर्ने हो । तर यो समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । यो समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । सो समयभित्र पनि काम नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो । निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो । ठेकेदारले दैनिक रुपमा ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्थ्यो । सडक विभागका अनुसार निर्माण कम्पनीले ठेक्का रकमको ० दशमलब ०५ प्रतिशतका दरले दैनिक ८८ हजार रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको हो । निर्माण कम्पनीले जति छिटो काम सम्पन्न गर्‍यो त्यति कम हर्जाना लाग्थ्यो । तर ८२ प्रतिशत मात्रै काम सम्पन्न गरेर निर्माण कार्य रोकिंदा पनि ठेकेदार कम्पनिले तिर्नुपर्ने हर्जना भने तिर्नैपर्ने हुन्छ । एक्कासी निर्माण कम्पनीले काम छाड्दा सडक विभाग भने के गर्ने भन्ने छलफलमा जुटेको छ । सरोकारवालाहरुसँग छलफल गरी छिटै काम शुरु गरेर अबको तीन महिनामा सबै काम सक्ने विभागको दाबी छ । ठेक्का भएको करिब एक वर्षमा डिजाइनमा समस्या देखाएर काम रोकियो । नयाँ डिजाइन बनाएर काम गरिरहँदा बर्खाको समयमा चार महिनासम्म काम रोकियो । त्यसपछी निर्माणले गति लिएपनि फेरी अहिले ठेकेदार कम्पनीले काम बन्द गरेका हुन् । फ्लाइओभर निर्माण शुरु भएदेखि नै सवारी जामको सास्ती खेप्दै आएका यात्रु र स्थानीय अब झन् बढी चिन्तित बनेका छन् । निर्माण सम्पन्न हुँदा ग्वार्को फ्लाइओभरमा ५ सय मिटर एमएसई वाल भएको सडक बन्नेछ । जसमा कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८० मिटर एमएसई सडक निर्माण हुने सडक विभागले जनाएको छ । ग्वार्को फ्लाइओभर निर्माणका लागि करिब १७ करोड ६ लाख ८८ हजार रुपैयाँ कुल लागतमा आशिष–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएको छ ।

काठमाडौं:   स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।   आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन् । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका– ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकै पटक सञ्चालन हुनेछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिइने छ ।

पोखरा:    प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । पोखरामा सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य विभु भुसालले जानकारी दिए ।  महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) सानेबहादुर नेपाली, जनजाति सचिवमा दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भएका छन् ।  सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, बिमल आचार्य, फणिन्द्र अधिकारी, रवि दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत भएका छन् । 

स्याङ्जा:    स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान वालिङ नगरपालिका– १४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा ग१च ८९१३ नम्बरको स्कारपियो दुर्घटना भएको हो। दुर्घटनामा वालिङ नगरपालिका– १४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका– ६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।

म्याग्दी:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताउनुभएको छ । बेनी नगरपालिका–४ सिङ्गा र तातोपानीमा आज विहान आयोजित कार्यक्रममा उहाँले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने छ भन्नुभयो । “छ वर्षअघि पनि म यहाँको तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ”, उहाँले भन्नुभयो, “त्यसबेला यहाँहरूले उठाउनुभएको बेनी(दरवाङ(ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौँ ।” पूर्वप्रधानमन्त्री दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको रु दुई करोड बजेटबाट रु १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान), सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिङ्गा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराउनुभएको थियो । साथै अध्यक्ष दाहालले बेनी नगरपालिका(४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गर्नुभएको छ । सो क्रममा अध्यक्ष दाहालले सहिद परिवारको अवस्थाका बारेमा जानकारी लिनुका साथै सहिदहरूको योगदानको सधैँ उच्च मूल्याङ्कन हुने बताउनुभयो । सिङ्गामा स्थानीय किसानको गुनासो सुन्नुभएको थियो । किसानले कृषिलाई प्रविधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाउन माग गरेका थिए । सो क्रममा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि रु सात अर्ब बजेट विनियोजन गरेको जनाउनुहुँदै त्यसको कार्यान्वयनका अवस्थाबारेमा सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

पोखरा:    गण्डकी प्रदेश सरकारले आज आठौं प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए । गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको उनको भनाइ छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो ।   

मनाङ:      मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।       प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ ।  ‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ ।       अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताए ।  सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको प्रमुख भुजेलले बताए । उनले भने, ‘सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ।’ सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजङ्गलमा आगलागी भइरहेको भुजेलले जानकारी दिए । उनका  अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ ।  २०७७ साल मङ्सिर २ मा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो ।