काठमाडौं: नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकृष्ट भएको बताए । विज्ञप्तिमा उल्लेख छ, “कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । पार्टी सभापतिले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढङ्गले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो।” “जो सुकैले यस्तो कार्य गरेको भए पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आमनागरिकलाई अपिल गर्दै अव्यक्त कुरा सञ्चार माध्यममा सम्प्रेषण नगर्न सञ्चारकर्मी मित्रहरूलाई आग्रह गर्दछ ।” ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र संवर्धन गर्दै नागरिकलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको विज्ञप्तिमा जनाइएको छ ।
संखुवासभा: दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ । प्रहरीले भोटखोला गाउँपालिका–४ सिप्प्रङ की ६ बर्षीया बालिका एम्बुलेन्समार्फत घरतर्फ लग्दै गरेको शव बाटोमै नियन्त्रणमा लिएको हो । बिहीबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ बर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो । बैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाईबुहारी कल्पना (गुरुङ) तामाङ बीच झै–झगडा भएको थियो । झै–झगडाका क्रममा भाईबुहारी कल्पनाले भजिती छोरी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो । नियन्त्रणमा लिएको शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले गोपालकी भाईबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेर सदरमुकाम खाँदबारी ल्याउँदै गरेको जनाएको छ । घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन् भने व्यक्तिगत रुपमा पनि ठाउँ ठाउँमा तरबुजा खेती गरिएको छ । यस वर्ष लगाइएको तरबुजा खेतीले यस ठाउँमा यस खेतीको सम्भावना देखाएको बताउँदै उहाँले आगामी वर्षमा यहाँका धेरै ठाउँमा कृषकहरूले तरबुजा खेती गर्ने बताउनुुभयो । तरबुजा खेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक हप्ताको आइतबार यहाँका कृषकहरूसँग कृषि प्राविधिक सहित स्थलगत रुपमा अध्ययन अनुसन्धान सहितको सिकाई गरिएको महानगरपालिकाका कृषि महाशाखाका कृषि प्राविधिक उमा पुनले जानकारी दिनुुभयो । उहाँका अनुसार कृषकहरूलाई सिकाउने क्रममा विभिन्न तीन समूहमा विभाजन गरिएको थियो । यस बीचमा सूर्यचन्द्र आइपिएम कृषक पाठशालामा लगाइएको तरबुजा मध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र अरु बिक्रीका लागि लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले जानकारी दिनुुभयो । पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजा खेती यस वर्ष २०० रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले कृषकलाई बीउ र मलचिङमा सहयोग गरेको छ । पोखरा महानगरपालिका वा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उहाँले यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर) को तरबुजा उत्पादन भएको जानकारी दिनुुभयो । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको उहाँले जानकारी दिनुुभयो । पोखरामा तरबुजा खेती एउटा विकल्पका रुपमा प्रमाणित भएको बताउँदै उहाँले यसले रोजगारी अभिबृद्धिमा पनि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जात पनि लगाएर परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा आसपासमा सरस्वती जातको नै बढी उपयुक्त देखिएको जानकारी दिनुुभयो । तरबुजा खेतीमा गरिएको अध्ययनले प्राङगारिक उत्पादन अन्य भन्दा स्वादिलो देखिएको उहाँको भनाइ छ ।
चितवन: चितवनको खैरहनिमा गएराती दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाँदा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ । आज बिहान १ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा भएको दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बैतडी: बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताउनुभयो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।
पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको पुरुषतर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेश भलिबललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले सुदूरपश्चिमलाई २५–१९, २५–१६ र २५–१६ ले पराजित ग¥यो । दोस्रो खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित ग¥यो । गण्डकीले पहिलो सेट २५–१५ ले सहजै जितेपनि दोस्रो सेट २२–२५ले कोशीलाई सुम्पियो । तेस्रो सेटमा २५–२२ ले पूनरागमन गरेको गण्डकीले चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । तेस्रो खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हेल्प नेपालले ३०–२८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २० ले जित्यो । चौथो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २९–२७ ले पुलिसले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२४ जित्यो । महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको छन् । महिलातर्फको पहिलो खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । दोस्रो खेलमा बुटवलको एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ। बिहीबार आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिएको उल्लेख गर्नुभयो । ‘मुलुकमा वित्तीय संघीयता लागू गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग आर्थिक पाटोतर्फ मेरुदण्ड पनि हो । वित्तीय आयोग वास्तवमा देशका बौद्धिक वर्गहरु पूर्वप्रशासक, अर्थशास्त्री, वित्तसँग राम्रो अनुभव भएका व्यक्ति, प्राकृतिक स्रोतसाधनलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने ज्ञान भएका भएका विज्ञ सम्मिलित आयोग हो ।’ – भट्टले भन्नुभयो । प्रदेश प्रमुख भट्टले ६ वर्ष कार्यकाल रहने आयोगका पदाधिकारीहरू कुनै दवाव, प्रभाव र राजनीतिक बाधा अड्चनमा नअल्झिकन जिम्मेवारी पूरा गर्नुपर्ने खाँचो औंल्याउनुभयो । ‘सबै आयोगहरुका प्रतिवेदन बुझ्दा, अध्ययन गर्दा समस्याहरू, कमीकमजोरीहरू औंल्याएको पाएको छु । त्यसलाई सुधारका लागि प्रयास, सरोकारवालामाथि दबाब जति हुनुपर्ने हो नभएको हो किरु भन्ने लाग्दछ ।’ उहाँले भन्नुभयो । आयोगका कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८१÷०८२ का लागि संघीय सञ्चित कोषबाट गण्डकी प्रदेश सरकारलाई ७ अर्ब ६३ करोड र प्रदेश भित्रका स्थानीय सरकारलाई ८ अर्ब ९९ करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोहि बमोजिम बजेट विनियोजन गरेको बताउनुभयो । यस्तै, प्रदेश भित्रका स्थानीय सरकारलाई प्रदेश सरकारतर्फबाट १ अर्ब १६करोड वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न सिफारिस गरिएको पनि उल्लेख गर्नुभयो । यद्यपी, नेपाल सरकारले सिफारिस बमोजिम बजेट विनियोजन गरेपनि प्रदेश तथा स्थानीय तहलाई महालेखा नियन्त्रक कार्यालयले पूरै रकम हस्तान्तरण नगरेको गुरूङले बताउनुभयो । आर्थिक वर्ष ०८१÷८२ मा गण्डकी सरकारले पेश गरेको वार्षिक बजेटमा १ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेपनि त्यसअघिको आर्थिक वर्षमा ऋण उठाउनका लागि परिचालन गरेको नदेखिएकाले आयोगले आशंका व्यक्त गरेको छ । आयोगलाई संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तह तथा प्रदेश सञ्चित कोषबाट स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान रकमको लागि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गर्ने अधिकार छ । संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, मानक र पूर्वाधारको आधारमा प्रदेश र स्थानीय तह सशर्त अनुदानको आधार तय गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने जस्ता अधिकार पनि आयोगलाई छ।
काठमाडौं: नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले व्यवसायीहरूको समस्या, चुनौती तथा समाधानसहितको अध्ययन प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई बुझाएको छ । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा सभापति अब्दुल खानलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । बैठकको क्रममा बोल्दै अध्यक्ष सुनारले व्यवसायीहरूले भोग्नुपरेका समस्याहरूसँगै समाधानका उपायबारे धारणा व्यक्त गरे । उनले सुनचाँदी व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्र दरिलो बनाउन समयसापेक्ष ऐन तथा नियमको आवश्यकता रहेको उल्लेख गरे । सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने कानून प्रबन्ध गर्न वाणिज्य मन्त्रालयलाई समितिको निर्देशन सुनचाँदी व्यवसायी महासंघहरुको विभिन्न चरणका छलफल तथा बैठकपछि बुधबारको बैठकबाट सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने कानून प्रबन्ध गर्न समितिले वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । संसदीय समितिले उद्योग, वाणिय तथा आपूर्ति मन्त्रालयलाई सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने, सुनचाँदी, हिरा, जवाहरात तथा बहुमूल्य धातुको आयात प्रणालीलाई व्यवस्थित गर्ने, धातुजन्य तयारी गरगहनाको निर्यात प्रवद्र्धन गर्ने, खरिद तथा विक्रीलाई डिजिटल प्रणणलीमा आवद्ध गर्ने लगायतका विषयमा कानूनी प्रबन्ध गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । सोहीबीच वाणिज्यमन्त्री भण्डारीले सुनचाँदी व्यवसाय व्यवस्थापन र नियमन सम्बन्धी मन्त्रालयको प्रतिवेदन संसदीय समितिका सभापति अब्दुल खानलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै वाणिज्यमन्त्री भण्डारीले सुनचाँदी गरगहना कारोबार र गुणस्तरका लागि सरकार शून्य सहनशीलताका साथ अगाडी बढ्ने बताएका थिए । मन्त्री भण्डारीले सुनचाँदीसँग सम्बन्धित कानून निर्माणको क्रममा रहेको उल्लेख गरे । यस्तै बैठकमा सहभागी सांसदहरुले सुनचाँदी कारोबार सम्बन्धी कानून याथाशिघ्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए । छलफलमा समितिका सभापति एवं सदस्यहरुको साथै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी लगायत मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल राष्ट्रिय सुनचाँदी कालीगढ संघका प्रतिनिधिहरु लगायतको सभागिता रहको थियो ।
पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको छन् । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको महिलातर्फको पहिलो खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्याे। एपिएफले पहिलो सेट र दोस्रो सेट क्रमशः २५–१० र तेस्रो सेट २५–१५ ले पराजित गर्याे । दोस्रो खेलमा बुटवलको एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । एभरेष्टले पहिलो सेट २२–२५ ले गुमाएपनि दोस्रो सेटमा उत्कृष्ट पूनरागमन गर्दै २५–१९, २५–१७ र २५–१३ ले सेट आफ्नो पक्षमा पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । एभरेष्ट भलिबल क्लबले नेपाली महिला भलिबलका कप्तान अरुणा शाहीसहित थाइल्याण्डका ३ विदेशी खेलाडीलाई समावेश गरेको छ । आज नै पुरुषतर्फ चार खेल हुनेछ । महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

