तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी
पाेखरा | जेठ ९, २०८२

पोखरा: पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।
बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो ।
उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन् भने व्यक्तिगत रुपमा पनि ठाउँ ठाउँमा तरबुजा खेती गरिएको छ ।
यस वर्ष लगाइएको तरबुजा खेतीले यस ठाउँमा यस खेतीको सम्भावना देखाएको बताउँदै उहाँले आगामी वर्षमा यहाँका धेरै ठाउँमा कृषकहरूले तरबुजा खेती गर्ने बताउनुुभयो ।
तरबुजा खेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक हप्ताको आइतबार यहाँका कृषकहरूसँग कृषि प्राविधिक सहित स्थलगत रुपमा अध्ययन अनुसन्धान सहितको सिकाई गरिएको महानगरपालिकाका कृषि महाशाखाका कृषि प्राविधिक उमा पुनले जानकारी दिनुुभयो ।
उहाँका अनुसार कृषकहरूलाई सिकाउने क्रममा विभिन्न तीन समूहमा विभाजन गरिएको थियो ।
यस बीचमा सूर्यचन्द्र आइपिएम कृषक पाठशालामा लगाइएको तरबुजा मध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र अरु बिक्रीका लागि लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले जानकारी दिनुुभयो ।
पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजा खेती यस वर्ष २०० रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले कृषकलाई बीउ र मलचिङमा सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उहाँले यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर) को तरबुजा उत्पादन भएको जानकारी दिनुुभयो ।
महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको उहाँले जानकारी दिनुुभयो । पोखरामा तरबुजा खेती एउटा विकल्पका रुपमा प्रमाणित भएको बताउँदै उहाँले यसले रोजगारी अभिबृद्धिमा पनि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जात पनि लगाएर परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा आसपासमा सरस्वती जातको नै बढी उपयुक्त देखिएको जानकारी दिनुुभयो । तरबुजा खेतीमा गरिएको अध्ययनले प्राङगारिक उत्पादन अन्य भन्दा स्वादिलो देखिएको उहाँको भनाइ छ ।
जनकपुरधाम: गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । नेपाल सरकार गृह...
गण्डकी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यान...
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले दोस्रो जित निकालेको छ । हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई ३&nd...