काठमाडौं: एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ । मुल्तान क्रिकेट रङ्गशालामा यी दुवै टिम विजयी सुरुवात गर्ने दाउमा छन् । नेपाल र पाकिस्तान पहिलो पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन् । सो खेल खेलेर नेपालले एसिया कपमा पदार्पण गर्ने छ । गत हप्ता मात्र श्रीलङ्कामा भएको तीन खेलको शृङ्खलामा अफगानिस्तानलाई ३-० ले हराएर पाकिस्तान विश्व एकदिवसीय वरीयतामा नम्बर एक टिम बनेको थियो । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानले एसिया कपमा सोही लयलाई कायम राख्न कोसिस गर्ने छ । नेपाल जिम्बाब्वेमा भएको आइसिसी विश्वकप छनोट–२०२३ मा सहभागी भएपछि एसिया कप खेल्दै छस जहाँ नेपालले अमेरिका र युएईलाई हराएको थियो भने जिम्बाब्वे र वेस्ट इन्डिज जस्ता ठुला टिमलाई कडा टक्कर दिएको थियो । पाकिस्तानविरुद्ध पनि सोही प्रदर्शन दोहो(याउने नेपालको प्रयास हुने छ । नेपालका कप्तान रोहितले सामाजिक सञ्जालमार्फत एसिया कपमा पहिलो सहभागितालाई सम्झनलायक बनाउने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, “सपना पूरा हुँदै छ तर चुनौती अझै छ । हामी एसिया कपमा पूर्ण रूपमा समर्पित भएर खेल्ने छौँ । टिम भावना, समर्पण र अथाह समर्थनले नेपालको नाम उच्च पार्ने छौँ ।” यसै गरी पाकिस्तान जानुअघि पनि रोहितले उच्च आत्मविश्वास देखाउँदै भन्नुभएको थियो, “पाकिस्तानविरुद्ध खेल्न उत्साहित हुनुका साथै मानसिक रूपमा पनि तयार छौँ ।” पाकिस्तानविरुद्ध कप्तान रोहितसँगै आसिफ सेख, कुशल भुर्तेल कुशल मल्लबाट रनको अपेक्षा हुने छ । पछिल्लो एक वर्ष हेर्ने हो भने विकेटकिपर ब्याट्सम्यान आसिफले एक शतक र पाँच अर्धशतकसहित नेपालका लागि सबैभन्दा बढी ६७३ रन बनाउनुभएको छ । कप्तान रोहित नेपालका लागि अन्तर्राष्ट्रिय एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी हुनुहुन्छ । उहाँले नेपालका लागि एक शतक र आठ अर्धशतकसहित एक हजार ४६९ रन बनाइसक्नुभएको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाली टिममा एक्स फ्याक्टर क्रिकेटर पनि हुनुहुन्छ । एसिया कपमा नेपालको बलियो पक्ष भनेको एकजुट टिम नै हो । यस टिममा लामो समयदेखि एकसाथ खेलिरहेका खेलाडी धेरै छन् । कप्तान रोहितको नेतृत्वमा रहेको ब्याटिङ लाइनअपमा आसिफ, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह, आरिफ सेख जस्ता खेलाडी हुनुहुन्छ । नेपाली टिममा नवौँ क्रमसँग ब्याटिङ गर्न सक्षम खेलाडी छन् तर नेपाली ब्याट्सम्यानहरूले साहिद अफ्रिदी, जस्प्रित बुमराह, मोहम्मद सामी जस्ता तेज बलरको सामना गरेका छैनन्स जुन नेपालका लागि टाउको दुखाइ बन्न सक्छ । यसै गरी बलिङमा कप्तान रोहितलाई सात बलरको विकल्प छ । त्यसैले टिम सन्तुलित देखिन्छ । नेपालको सबभन्दा बलियो पक्ष भनेको स्पिनरहरू नै हुन् । सन्दीपको प्रदर्शनले धेरै हदसम्म नेपालको प्रदर्शन निर्धारण गर्ने छ । सन्दीपले सन् २०२३ मा मात्र ४२ विकेट लिनुभएको छ । अर्का स्पिनर ललित राजवंशी पनि विश्वस्तरीय बलर हुनुहुन्छ । यी दुई बलरमा जुनुसुकै टिमलाई पनि धराशायी बनाउने क्षमता छ । नेपालको कमजोरी भनेको तेज बलिङ आक्रमण हो । नेपालले लगातार प्रारम्भिक तेज बलिङ आक्रमणमा फेरबदल गर्दै आएकाले पनि यस पक्षमा नेपालको अस्थिरता थाहा हुन्छ । तर पनि पाकिस्तानविरुद्ध नेपालका प्रारम्भिक तेज बलरहरू सोमपाल कामी, करण केसीबाट चाँडै विकेटको अपेक्षा हुने छ । यसै गरी नेपालसँग ठुला टिमसँग खेलेको अनुभव पनि खासै छैन । अहिलेसम्म नेपालले खेलेका ५७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले तीन टेस्ट राष्ट्र जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्डसँग मात्र खेलेको छ । नेपाल यी सबै खेलमा पराजित भएको थियो । पाकिस्तानको कुरा गर्ने हो भने सो टिममा कप्तान बाबर, प्रारम्भिक ब्याट्सम्यान फकर जमान, इमाम उल हक, मोहम्मद रिजवान, आगा सलमान र इफ्टिकार अहमद जस्ता एकसेएक ब्याट्सम्यान हुनुहुन्छ । अफगानिस्तानविरुद्धको शृङ्खलामा बाबर र इमाम शानदार लयमा देखिनुभएको थियोस जुन नेपाली टिमका लागि टाउको दुखाइ हुन सक्छ । साहिन सा अफ्रिदी, नसिम साह र ह्यारिस राउफको तेज आक्रमण नेपालका लागि ठुलो खतरा हुन सक्छ । नेपालविरुद्ध मोहम्मद नवाज र सादाब खानले स्पिन पक्ष सम्हाल्ने सम्भावना छ । नेपालले एसिया कपका लागि पाकिस्तानमै करिब एक हप्ता अभ्यास गरेको हो । नेपाल दोस्रो खेलमा समूह ‘ए’ मा रहेको अर्को टिम भारतको सामना गर्न भने श्रीलङ्का प्रस्थान गर्ने छ । नेपाल र भारतबिच भदौ १८ गते केन्डीमा खेल हुने छ । समूह ‘बी’ मा गत विजेता श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई दुई टिम सुपर फोरमा पुग्ने छन् । सुपर फोरमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई स्थानमा रहने टिमबिच भदौ ३१ गते श्रीलङ्काको कोलम्बोमा फाइनल हुने छ ।
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीका बुवा ७२ वर्षीय जनकलाल चौधरी छन्। उनलाई मंगलवार साँझ नुहाउने क्रममा पानीको मोटर चलाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेको थियो। बेहोस भएका चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारको क्रममा मंगलवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।
कास्की: सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु. तीन लाख १८ हजार बचत भएको छ । मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिनुभयो । बाइसौँ संस्करणको गोल्डकप २०७९ पुस १४ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा भएको थियो । उक्त प्रतियोगितामा १० टोली सहभागी भएका थिए । गोल्डकपमा टिकट बिक्री एवं विभिन्न प्रायोजकबाट रु ९४ लाख ६५ हजार रकम सङ्कलन भएको थियो । महासचिव अधिकारीका अनुसार उक्त प्रतियोगितामा १० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्दा टिकट बिक्रीबाट रु १७ लाख ८६ हजार सङ्कलन भएको थियो । सो गोल्डकपको उपाधि सङ्कटा क्लबले हासिल गरेको थियो भने अमेरिकी टोली भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता बनेको थियो । खेलका माध्यमबाट युवालाई कुलतबाट जोगाउन २०५८ सालमा क्लबको स्थापना गरिएको थियो । फुटबल खेलाएरै क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । क्लबले ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा बचेको रकम पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमी सञ्चालनमा उपयोग गरिँदै आएको क्लबले जनाएको छ । विभिन्न जिल्लाका २८ बालक राखेर प्रारम्भ गरिएको एकेडेमीले उनीहरूको बास, शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको काम निःशुल्करूपमा गर्दै आएको छ । रासस
पाल्पा: पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेका छन्। अन्य ८ जना घाइते भएका छन् । गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिए। ‘त्यहाँ सडक चौडा गर्ने काम भइरहेको थियो। पहिरो गइहाल्ने ठाउँ होइन, गुडिरहेको जिपमाथि ठूलो ढुंगा खसेछ। घटनास्थलमै तीनजनाको मृत्यु भयो,’ पोखरेलले भने। उनका अनुसार पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए।
पोखरा: राष्ट्रिय फुटसल टोलीको क्लोज क्यापमा पोखरेली सुमित श्रेष्ठसँगै २५ खेलाडी बोलाइएका छन् । राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक गौरव बस्नेतले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटका लागि पोखरेली सुमित सहित २५ जनालाई प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । एन्फा फुटसलले भदौ २७ गते चन्द्रागिरिस्थित मत्स्य मनोरञ्जन केन्द्रमा आयोजना गरेको विभिन्न चरणको छनोटपछि टोली आएको हो । टोलीको गोलकिपरमा सुमित आले, सागर गुरुङ, आशिष दंगल, सनम शेर्पा छन् यस्तै फिक्सोमा सुरज गुरुङ, विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान, रुपेश क्षेत्री, अलामा रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, हेमन्त गुरुङ, अमित लामा, दिपेश घले, रोशन अधिकारी, सुमन कार्की, सुजित बुढाथोकी, अशोक दरलामी, किरण चौधरी, पिभोटमा मणि लामा, रिवास मास्के, उज्वोल शाही, मनिस सेढाई रहेका छन् ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका (८ र ९ जोड्ने) लुम्रे –सिदिङ जोड्ने मनिलालमार्ग दुइसातादेखि अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । माछापुच्छ्रे गाउँपालिका ८ र ९ जोड्ने लुम्रे– सिदिङ मनिलालमार्ग सडकखण्डमा पहिरो जाँदा एकसातादेखि सडक अवरुद्ध भएको वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । स्थानीय बेलबहादुर गुरुङ अनुसार मनिलालमार्गमा पर्ने लुम्रे र घलेलबीचमा चट्टानसहितको पहिरो गएको छ । जेसिभीले उक्त पहिरो पन्छाउन नसक्ने र स्काभेटर नै प्रयोग गर्न पर्ने भएकाले केही समय लाग्ने उनले बताए । ‘मनिलालमार्ग पर्ने सडकखण्डमा ठाउँठाउँमा पहिरो गएका कारण सडक एकसाता देखि अवरुद्ध भएको छ’, गुरुङले भने, ‘लुम्रे–घलेल, भाङखोला–ल्वाङ जाने सडकखण्ड र ल्वाङ– चिया बगानतर्फ जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।’ लुम्रे–घलेल हुदै सिदिङ जोड्ने मनिलालमार्ग एकसातादेखि अवरुद्ध हुँदा स्थानीय व्यापारीसँगै स्थानीयहरु मर्कामा परेकाले सडक खुलाउन समन्वय भइरहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । ‘वर्षाका कारण लुम्रे– सिदिङ सडकखण्ड अवरुद्ध हुँदा ८ र ९ वडाको सम्पर्क नै टुटेको छ, स्थानीय, पर्यटकहरुलाई पैदल हिड्न पनि समस्या भएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘पहिरोसँगै चट्टान पनि सडकमा रहेकाले जेसिभिले उक्त चट्टान फाल्न सकिदैन्, स्काभेटर नै चाहिन्छ त्यसैले हामीले निर्माण व्यवसायीसँग सडकखण्ड खुलाउन समन्वय गरिराखेका छौं ।’
पोखरा: विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि दिएको छ । यस उपाधिसँगै महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो । समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले गुरुङलाई सो उपाधि प्रदान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको हो । सम्मान ग्रहण गर्दै डा गुरुङले आगामी जीवन सामाजिक कल्याणमा लगाउने बताए । उनले नेपालको सद्भाव कायम राख्न ¥याली भन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको धारणा राखेका थिए ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तिजको अवसरमा प्रशासनको स्वीकृती विना कार्यक्रम गरे कारवाही गर्ने बताएको छ । कास्की प्रशासनले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै हरितालिका तिज नजिकिदै गएकाले तिज पर्व मनाउने नाममा विभिन्न तडक भडक सहितका खर्चिला, भड्किला कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरेको हो । सूचनामा भनिएको छ, ‘तिजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला, महोत्सव जिल्ला प्रशासनको स्वीकृती विना आयोजना नगर्नु हुन जानकारी गराइन्छ ।’ कास्की प्रशासनले सूचना सामाजिक व्यवहार (सुधार) एने तथा नियमवाली २०३३ र अन्य प्रचलित कानूनको विपरित हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा,मेला महोत्सव, पार्टी जस्ता कार्यक्रम सञ्चालन नगर्न प्रत्राचार गरेको जनाएको छ । सूचना विपरित कार्यक्रम सञ्चालन गरे प्रचलित कानून बमोजिम कारवाही गर्ने कास्की प्रशासनले जनाएको छ ।
तनहुँ: प्रहरीले तनहुँको बेनीटारबाट एक जनालाई करिब १ किलो गाँजासहित फक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको ईच्छाकामना गाउँपालिका–५ का ३० वर्षीय तिलक गुरुङ रहेका छन् । उनलाई तनहुँ प्रहरीले सोमबार बिहान आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट पक्राउ गरेको हो । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख ९१७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।