मगर चलचित्र ‘मिसार’ पोखरामा दोस्रो पटक प्रदर्शन
पाेखरा | पुस २२, २०८०
पोखरा: म्याक्सन फोर डि स्टुडियोको चौथो प्रस्तुती मगर कथानक चलचित्र ‘मिसार’ पोखरामा दोस्रो पटक प्रदर्शन गरिएको छ ।
पोखराको बाराही हलमा शनिबार मगर कथानक चलचित्र ‘मिसार’ दोस्रो पटक प्रदर्शन गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।
‘म्याक्सन फोर डि स्टुडियो चौथो प्रस्तुती मगर कथानक चलचित्र मिसार गण्डकी प्रदेशको विभिन्न जिल्ला र स्थानमा प्रदर्शन गरेका छौं’, निर्देशक मगरले भने, ‘पोखरामा हामीले पहिले पनि प्रदर्शन गरेका थियौं, अहिले नेपाल मगर संघ कास्कीको समन्वयमा पुनः प्रर्दशन गरेका हौं ।’
उनले मिसार चलचित्रमा मगर समुदायको कला, संस्कृति, भेषभुषासँगै शिक्षा र व्यवसायलाई समेटेको बताए ।
यता मगर चलचित्र संघका केन्द्रिय अध्यक्ष रहेका भिम रानामगरले मगर कथामा आधारित चलचित्रलाई अन्य चलचित्र जस्तै प्रचारप्रसारमा ध्यान दिन आवश्यक रहेको बताए ।
‘जति पनि मगर कथामा आधारित चलचित्र बनेका छन्, सबै मगर समुदायमा मात्र केन्द्रित भएर प्रचारप्रसार गरिएको छ’, रानामगरले भने, ‘अन्य चलचित्र जस्तै सबै समुदायमा सम्म पुग्ने गरी चलचित्रको प्रसारप्रचार गर्न आवश्यक छ ।’
उनले मगर चलचित्रलाई नेपाली चलचित्रलाई जस्तै गरी प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा राखे ।
‘मगर समुदायमा आधारित चलचित्र भएपनि मेन स्ट्रिमको चलचित्रलाई जस्तै गरेर प्रमोसन गर्न आवश्यक देखिएको छ,’ उनले भने ।
चलचित्र मिसारको लेखन, छायांकन, सम्पादन र निर्देशनमा शेर बहादुर पिठा मगर ‘सन्तोष पिठाकोटे’ ले गरेका हुन् ।
मिवाट पिठाकोटे मगरको प्रस्तुती, भेष गुरुङ्ग र सुजन थापा मगरको सह–निर्देशन रहेका छन् । कलाकारहरु रबिन्द्र थापा मगर, देबेन्द्र थापा मगर, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, भेष गुरुङ्ग, भेष बहदुर पिठाकोटे मगर रहेका छन् ।
त्यसैगरी कोट बहादुर बाचे मगर, निशा थापा मगर र पबित्रा थापा मगर लगायतका कलाकारहरु पनि अभिनय देख्न सकिन्छ ।
यस्तै कलाकारहरु पवन थापा मगर, अम्बिका पुन मगर, प्रसाद खप्तरी मगर, प्रीती आले मगर, गगन गुरुङ्ग, रेशम आले मगर, यम सारु मगर, उषा गुरुङ्गको स्वर रहेका छन् ।
नृत्य निर्देशनमा राहुल थापा मगर, सृर्जन थापा मगर, केशव आले मगर गोबिन्द पुन मगर रहनुभएको छ । छवि राना मगरको कलरिङ मिक्सिङ र डबिङ रहेको छ । चलचित्र निर्माण गोविन्द थापा मगर, सबिता थापा मगर, मस्राङी ब्रोदर्स हङकङ, कोट बहादुर बाचे मगर, मुक्त गुरुङ, प्रेममाया आले मगर र पबित्रा थापा मगरले गरेका हुन ।
पोखरा: पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...
पोखरा: पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ । लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको क...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भ...