पत्रकार महासंघ कास्कीमा विषयवस्तु लेखन तालिम सुरु

पाेखरा | पुस २२, २०८०

पत्रकार महासंघ कास्कीमा विषयवस्तु लेखन तालिम सुरु

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबार देखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबार सम्म चल्नेछ । तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल रहेका छन् । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव समेत सुनाउनेछन् । 


आइतबार भएको सेसनमा मोदनाथ ढकालले मिडिया नीति बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनका अनुसार समाजले अपेक्षा गरेका विषयवस्तु मिडियामा आउनुपर्छ । प्रतिस्पर्धाले मिडियामा कन्टेन्टको मागलाई सिर्जना गर्ने उनले बताए । पत्रकारमा सबै भन्दा महत्वपूर्ण कुरा लेख्न सक्ने खुबी हुनुपर्ने धारणा उनको छ । फण्डामेण्टल स्किल नै नभएको पत्रकार काम नभएको उनले उल्लेख गरे । 


‘पत्रकारले के लेख्न सक्छ त्यो महत्वपूर्ण हो’, उनले भने,‘तपाईले सिर्जना गर्ने कन्टेन्टले तपाई बिक्नु हुन्छ ।’ सूचना खोज्न सक्ने खुबी पत्रकारमा हुनुपर्ने ढकालले बताए । स्रोतसँगको सम्बन्ध सबै भन्दा महत्वपूर्ण भएको भनाई उनको छ । पढ्ने, हेर्ने, सुन्ने मान्छेले पत्रकारलाई पत्याउने गरी कन्टेन्ट तयार पार्नुपर्ने उनले बताए । 


पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले विषयवस्तुको लेखन सम्बन्धि तालिम आवश्यक रहेकाले आयोजना गरिएको जानकारी गराइन् । ‘पत्रकारितामा आजको समय भनेको विषयवस्तुको खोजी हो’, उनले भनिन्, ‘जसमा हामी कतिपय पत्रकार कमजोर छौं । यो तालिमले विषयवस्तुको पहिचान र छनोट गर्न सहज बनाउने छ ।’ 


भण्डारीले पत्रकारितालाई निखार्न विषयवस्तु सम्बन्धि दुई दिने तालिम गरिएको बताइन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले विषयवस्तु लेखन सम्बन्धि तालिमको आयोजना गरेर पत्रकार महासंघ कास्कीले सह्रानिय काम गरेको उल्लेख गरे । उनका अनुसार आजको समय विषयवस्तुको छनोट मूल कुरा हो । 


तालिम संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको तालिमको पहिलो दिन आज पोखराका क्रियाशिल पत्रकार भरत कोइराला (आदर्श समाज), केशव शरण लामिछाने (अन्नपूर्ण पोष्ट), बासुदेव मिश्र (नेपाल खबर), दिपक परियार (कान्तिपुर) ले आफ्नो अनुभव सुनाएका थिए । तालिममा पोखरामा पत्रकारिता क्षेत्रमा लागिरहेका प्रशिक्षार्थीहरुको सहभागिता छ । 
 

पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।   पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्र...

थप पढ्नुहोस्

काठमाडौं:    २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बाँके...

थप पढ्नुहोस्

काठमाडौं:   आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्वि...

थप पढ्नुहोस्