पोखरामा ८ जुवाडे १ लाख बढी नगदसहित प्रकाउ
पाेखरा | पुस २२, २०८०
पोखरा: पोखरा महानगरपालिका–१२ चापानीमा जुवातास खेलिरहेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले प्रकाउ गरेको छ । पोखरा–१२ चायापानीस्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा ८ जना जुवाडेलाई शनिबार प्रहरीले प्रकाउ गरेको हो ।
प्रकाउ परेका ८ जना जुवाडेको साथबाट प्रहरीले १ लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित ४ बुक तास बरामद गरेको छ ।
प्रकाउ पर्नेमा पोखरा महानगरपालिका १० रामबहादुर बस्ने ५० वर्षीय पञ्चमाया गुरुङ, शिशुवा बस्ने ४० वर्षीय गोपी गुरुङ, फुलबारी बस्ने ५२ वर्षीय पूर्णिमा गुरुङ, दीप बस्ने ४६वर्षीय रुपा गुरुङ, पोखरा १३ बस्ने ५२ वर्षीय देवीबहादुर गुरुङ, फुलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, चायापानी बस्ने ५२ वर्षीय मैतकुमारी गुरुङ र मकवानपर हेटौडा स्थायी घर भई पोखरा ११ रानीपौवा बस्ने ५५ वर्षीय कृष्णमायाँ थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रकाउ परेका हुन् ।
प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

