काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीसँग बैठक गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।...

पोखरा:   गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा ध्वजकुमार गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।   पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङसहित १५ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुन भने यसअघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षसमेत हुन् । यसैगरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित भए ।   कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदिप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भए ।   नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँँदै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएको धारणा राखेका थिए ।  

पाल्पा:    पाल्पा र रुपन्देहीको सिमाना गेट छेउमा भटिएको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्गको पाल्पा र रुपन्देहीको सिमाना गेट छेउमा हिजो (मंगलबार) एक पुरुषको शव फेला परेको थियो ।  अन्दाजी ५०/५५ वर्ष उमेरको देखिने एक पुरुषको शवको पहिचान हुन नसकेको पाल्पा प्रहरीले जनाएको छ । 

पोखरा:  पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।     पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा आजदेखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।  आजदेखि सुरु भएको पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगितामा मालेपाटन एफसीले विजयी सुरुवात गरेको छ ।   मालेपाटन एफसीले लेकसाइड सेतोलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । मालेपाटनको जीतमा राजकुमार भुजेलले निर्णायक गोल गरे । सो खेलबाट अमृत गुरुङ म्यान अफ द म्याच बने ।     यस्तै दोस्रो खेलमा एनए भेट्रान्स लेकसाइडले टेन इलभेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित ग¥यो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।   ट्राइबेकरमा एनए भेट्रानका गोलरक्षक विकास गुरुङले टेन इलभेन एफसीको प्रहारलाई रोक्दै जीत सुनिश्चित गर्दै म्यान अफ द म्याच बने ।     तेस्रो खेलमा सविन मेमोरियलले बागलुङ सुधार केन्द्रलाई २–१ गोल अन्तरले पराजित गर्याे । सविनको जीतमा सुवास केसी र विशाल गुरुङले समान १ गोल गरे भने बागलुङका लागि कुशल खड्काले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट अनुप राना म्यान अफ द म्याच बने ।   चौथो खेलमा  एट  टु नाइन एफसीले गार्डेन एफसीलाई २–१ गोल अन्तरले हरायो । एट टु नाइनको जीतमा दुवै गोल नरेश केसीले गरे भने गार्डेनका सन्तोष केसीले सान्त्वना १ गोल फर्काए ।   सो खेलबाट एट टु नाइनका नरेश केसी म्यान अफ द म्याच घोषित भए ।   यसैगरी आज भएको अन्तिम खेलमा लेकसाइड पहेंलोले न्यू एयरपोर्टलाई २–० गोल अन्तरले हरायो ।     लेकसाइडको जीतमा सुमन पुन र इश्वर गुरुङले समान १ गोलको योगदान दिए । सो खेलबाट सुमन पुन म्यान अफ द म्याचबाट पुरस्कृत भए ।   खेल संयोजक विषम पहारीका अनुसार बिहीबार क्वाटरफाइनका ४ खेल सञ्चालन हुनेछन् ।   नेपाल ट्रस्टको खेलमैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको छ: वडाध्यक्ष भट्टराई   बाराहीघाटमा आजदेखि सुरु भएको पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले नेपाल ट्रस्टको मैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको बताए ।   विभिन्न खेलकुद प्रतियोगिताका लागि उपयुक्त मैदान भएकाले महानगरको स्वामित्वमा ल्याउने र वडाले निगरानी राख्ने गरी पहलकदमी भइरहेको दोहोर्याए ।    ‘बाराहीघाट अहिले नेपाल ट्रष्टको स्वामित्व रहेको छ । यस क्षेत्रमा कुनै कार्यक्रम गर्दा ट्रष्टको स्विकृति र शुल्क तिनुपर्ने झन्झट रहेको छ, वडाध्यक्ष भट्राईले भने, ‘बाराहीघाटलाई खेलकुद क्षेत्रको रुपमा विकास गर्न यस ठाउँलाई महानगरको स्वामित्वमा ल्याउन हामीले पहल गरिराखेका छौं ।’   उनले पोखरा पर्यटकीय राजधानी घोषणा भएको उल्लेख गर्दै खेल क्षेत्रको प्रर्वद्धन र विकासतर्फ लाग्नुपर्नेमा जोड दिए ।     ‘महानगर र गण्डकी प्रदेश सरकारसँगै सबैको समन्वयमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छौं, वडाध्यक्ष भट्टराईले भने, ‘बाराहीघाटमा साफ च्याम्पियनसिप प्रतियोगिताको केही खेल सम्पन्न पनि गर्याै । त्यसैले यस ठाउँलाई खेलकुद क्षेत्रको रुपमासमेत अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा छ ।’   यसैगरी जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुच्छेले स्वर्गीय कृष्ण गिरीको खेलकुद क्षेत्रमा योगदान गरेको स्मरण गरे ।    ‘स्वर्गीय कृष्ण गिरी सानैदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो, विजुच्छेले भने, ‘४० वर्ष अगाडि लेकसाइडको विकासमात्रै नभएर खेलकुदको विकासका निम्ति पनि उहाँको भूमिका महत्वपूर्ण छ ।’   आगामी ९  गते सम्पन्न हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै  उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५  सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।    प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

पोखरा:   सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा पोखरामा ‘बाहिनीपति कप २०८०’ सुरु भएको छ ।    नेपाल सशस्त्र प्रहरी बलले फागुन र चैत्र महिनालाई खेलकुद महिना घोषणा गरी देशै भरका सशस्त्र प्रहरी कर्मचारिहरुको शारीरिक, मानसिक विकास तथा आपसी भाइचारा अभिवृद्वि गर्ने उदेश्यसहित पोखरामा पनि बाहिनीपति कप सुरु भएको हो ।   उक्त कप आगामी ११ गतेसम्म सञ्चालन हुनेछ ।   बाहिनीपति कपको उद्घाटन बाहिनीका सहायक बाहिनिपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णराज पाठकले गरे ।    सो अवसरमा बोल्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पाठकले सशस्त्र प्रहरी कर्मचारिहरुको शारीरिक, मानसिक विकास तथा आपसी भाइचारा अभिवृद्वि गर्न उक्त प्रतियोगिताले सघाउ पुर्याउने धारणा राखे ।    उक्त प्रतियोगितामा गण्डकी प्रदेश भित्रका सबै इकाईहरुको सहभागिता रहेको छ ।   उक्त कपमा भलिबल तथा एथ्लेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको छ । सो कपमा गण्डकी प्रदेश अन्तरगतका ३० जना महिला सशत्र प्रहरी कर्मचारीसहित कुल २१७ जना सशस्त्र प्रहरी कर्मचारीको सहभागिता रहेको छ ।   सोही कपबाट छनोट भइ आइजिपी कपमा भाग लिने सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयले जनाएको छ ।  

प्युठान:     सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको बताउनुभएको छ । झिमरुक गाउँपालिकामा सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै उहाँले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पुर्‍याउने नीतिअनुसार काम भइरहेको बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशनसमेत दिनुभयो ।  मन्त्री शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने बताउनुभयो । शर्माले भन्नुभयो, “इन्टरनेट सेवा पालिका हुँदै वडासम्म पुर्‍याउन सके जनताले सहज इन्टरनेट सेवा पाउने र  टेलिकमको आम्दानी वृद्धि हुनेछ, यसलाई सबै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ ।” मन्त्री शर्माले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उहाँको तर्क छ । सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तह रहेको प्युठानका चार स्थानीय तहमा प्युठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवि गाउँपालिकामा  नेपाल टेलिकमको एफटीएचएच सेवा पुगेकोमा आजदेखि झिमरुक गाउँपालिका समेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो ।  उहाँका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहका लागि सर्वे भइसकेको र गौमुखीमा सर्वेको तयारी गरिएको छ । हाल नेपाल टेलिकमले यहाँ चार हजार छ सय आठ जनालाई सेवा दिन पुग्ने फाइबर नेट उपलब्ध गराएको छ ।  त्यसमध्ये एक हजार छ सय १८ जनालाई सेवा प्रवाह गरिएको छ । प्युठानमा ३७ वटा फोरजी टावर सञ्चालनमा रहेको नेपाल टेलिकमले जनाएको छ । त्यस अवसरमा नेपाल टेलिकम लुम्बिनी प्रदेशका प्रादेशिक निर्देशक अनन्तप्रसाद मल्लिक, भैरहवाका उप(प्रबन्धक कुश्माकर न्यौपाने, नेपाल टेलिकम बिजुवारका कार्यालय प्रमुख निरञ्जन श्रेष्ठलगायतको उपस्थिति थियो । 

भक्तपुर:     राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उहाँले बताउनुभयो । पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिनुभयो । “प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ”, उहाँले भन्नुभयो । परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताउनुभयो । उहाँका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ । नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यसवर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक÷एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उहाँको भनाइ छ । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने उहाँले बताउनुभयो । परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

डडेल्धुरा:  नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका १२ मा रहेको परशुराम रंगशालाम भएको पार्टीको नवौं अधिवेशनबाट शाहीलाई अध्यक्षमा चयन गर्दै नयाँ कमिटिसमेत सर्वसम्मत रुपमा चयन गरिएको हो ।    जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव (महिला) मा इन्द्रिरा ताम्राकार, उपसचिव (खुल्ला) मा प्रकाशसिंह बोहरा निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिनुभयो । उहाँका अनुसार लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन् ।   उनले कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका थिए । त्यसपछि उहाँ जिल्ला सचिव हुँदै २०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र २०६३ मा जिल्ला अध्यक्ष बनेका थिए ।   युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उहाँले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हलेका थिए । उहाँ २०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका थिए । संक्रमण कालिन अवस्थामा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्मालेका शाही यसअघि भने जिल्ला संयोजकको रूपमा थिए ।  

सुनसरी:   सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १:३० बजे सुनसरी बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारमा पाँच–छ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सहप्रहरी निरीक्षक बिग बहादुर गोलेको कमाण्डमा खटि गएको ६ जनाको गस्ती टोलीलाई देखेपछि गाँजा छाडी डुङ्गा लिई फरार भएका प्रहरीले जनाइको छ । उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ । सशस्त्र प्रहरीले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ केजि गाँजा बरामद गरेको  शस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।   

पोखरा:  लेखनाथको बेगनासतालमा राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ ।   ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा पहिलो संस्करणको ड्रागन बोट रेस आयोजना गर्न लागिएको हो ।   बेगनासतालको पिप्ले टुडादेखि मन्दरेपार्क सम्मको दुरीमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष तथा प्रतियोगिता संयोजक विरभद्र कंडेलले जानकारी दिए ।   उनका अनुसार  सो प्रतियोगितामा १२ समूहको सहभागिता रहनेछ ।   प्रतियोगिता ५ सय र २ सय मिटर गरी दुई विधामा प्रतियोगिता सञ्चालन गरिने कंडेलले बताए ।   उनका अनुसार प्रतियोगितामा ५ सय मिटरतर्फ प्रथम हुनेले २ लाख, द्वितिय हुनेले १ लाख ५० हजार र तृतिय हुने टिमले ७५ हजार प्राप्त गर्नेछ ।   यस्तै २ सय मिटरतर्फ प्रथम हुनेलाई १ लाख द्वितियलाई ५० हजार र तृतियलार्ई नगद रु २५ हजार पुरस्कार प्रदान गरिने छ ।   यसअघि फेवातालमा अन्तरराष्ट्रिय स्तरको नेपालमै पहिलोपटक ड्रागन बोट रेस भएको थियो ।