परम्परागत ठेलो खेलमा स्याङजाका ‘दुजिक’ बने च्याम्पियन
पाेखरा | जेठ २०, २०८१
पोखरा: तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङजाका दुजिक थापा मगर च्याम्पियन भएका छन् ।
म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा १४.३१ मिटरको दुरी फाल्दै उनी च्याम्पियन बनेका हुन् । यसै गरी प्रतियोगितामा पर्वतका किरण विक दोस्रो भएका छन् । उनले १४।२६ मिटरको दुरी फाले भने पर्वतका राजेन्द्र हमालले १३।०० मिटरको दुरी फाल्दै तेस्रो बने ।
च्याम्पियन भएका दुजिकले नगद रु १५ हजार, किरणले नगद रु १० हजार र राजेन्द्रले नगद रु ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पारे ।
गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न मौलिक र परम्परागत खेलहरुको संरक्षण, प्रवर्द्धन र जर्गेना गर्न परिषदले विगत तीन वर्ष देखि लगातार यस प्रकारका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।
विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै बेनी नगर पालिकाका प्रमुख सुरत बहादुर केसीले समग्र म्याग्दीको खेल विकासका लागि यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै स्रोत अभावका कारण बेनी नगरपालिका भित्रका धेरै खेल पूर्वाधारहरु निर्माण कार्य अधुरो रहेको गुनासो पोखे ।
परिषदका सदस्य एवं परम्परागत तारा खेलका संयोजक योगेन्द्र शेरचनको अध्यक्षतामा भएको समापन कार्यक्रममा परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसीलगायतले विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा विभिन्न जिल्लाका १५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
काभ्रपेलाञ्चोक: सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...
मुस्ताङ: मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता ...
काठमाडौं: आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । ...

