पोखरामा सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको गण्डकी प्रदेश सम्मेलन सुरु

पाेखरा | जेठ १९, २०८१

पोखरामा सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको गण्डकी प्रदेश सम्मेलन सुरु

पोखराः    गण्डकी प्रदेशमा रहेका सार्वजनिक तथा सामुुदायिक पुस्तकालयहरुको दुई दिवसीय सम्मेलन पोखरामा शनिवारदेखि सुरु भएको छ । 


सम्मेलनको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन  गर्दै आफ्नो दोस्रो पटकको कार्यकालको पहिलो औपचारिक कार्यक्रम पुस्तकालय जस्तो पवित्र संस्थाको कार्यक्रमबाट सुरु गर्न पाएकोमा  खुशी व्यक्त गरे । 


उनले पुुस्तकालय बचाउनुु पर्छ, यसको दायरा फराकिलो बनाउनुु पर्छ भन्दै आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको  उल्लेख गरे ।उनले समयानुुकुुल परिवर्तनसँगै परामर्श केन्द्रका रुपमा समेत पुुस्तकालयले काम गरिरहेकाले चुनौतिको सामना गर्दै नयाँ प्रविधिकासाथ अगाडि बढ्र्न पे्ररित गरे ।  

     
पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राध्यापक डा. विश्व श्रेष्ठको अध्यक्षतामा सुुरु भएको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले पठन संस्कृतिको विकासका साथै नियमित अध्ययन अनुसन्धानको अवसर, लेखक–पाठक बीचको अन्तरक्रिया र पुस्तक समीक्षा, चित्रकला, कथा, कविता प्रतियोगिता,नेतृत्व विकास, बाल यौन हिंसाबारे सचेतना,युवा उद्यमशील तालिम,कम्प्युटर तालिम लगायतका  पुस्तकालयका गतिविधिका तारिफ गरेका थिए ।


दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष समाजसेवी कृष्णहरि भण्डारीले स्वागत गर्दै जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालयको महत्वलाई जोड दिंदै किशोरीहरूलाई डिजिटल प्रविधिमा आधारितशिक्षा, सीप विकास, नेतृत्व कौशल, आत्म–विश्वास र सफलता सुनिश्चित गर्ने एक आदर्श प्लेटफर्म टेक एज गल्र्स  कार्यक्रम तथा ठगी र अरु समस्यामा परेकाहरूलाई मनोसामाजिक परामर्श दिदै किशोरी र महिलाहरूको स्वास्थ्यसम्बन्धी सचेतनार कानुनी साक्षरता  लगायतका कार्यक्रमले पुस्तकालयको महत्वलाई अझै बढाएको उल्लेख गरे ।


शिक्षामन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख उपसचिव यादवचन्द्र निरौलाले संविधानले औंल्याएका र हालसम्म बनेका नीति,निर्देशिकाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिदै पुस्तकालयलाई हेर्ने दृष्टिकोण बदलिनु पर्ने बताए । नेपाल सामूदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले समग्रमा समाजिक–सांस्कृतिक रुपान्तरणमा पुस्तकलायहरुको ठूलो योगदान रहेको बताए ।


पोखरा सार्वजनिक पुस्तकालयका  सचिव सुर्य क्षत्रीले पुस्तकालय यात्राको आरम्भ मल्लकालीन अवधिमा भएको मानिएपनि  वृहत रूपमा पुस्तक सङ्कलनको अभियान पृथ्वीनारायण शाहले गरेका उनका पनाति गीर्वाणयुद्धविक्रम शाहले वि.सं. १८६९ मा लालमोहर जारी गरी संस्थागत गरेको इतिहाँसलाई स्मरण गराउँदै २००७ सालको क्रान्तिको जग निर्माणमा ‘मकै पर्व’ र ‘पुस्तकालय पर्व’ को महत्त्वपूर्ण योगदान रहेको बताए । उनले पुस्तकालयको संस्थागत विकासका लागि ऐन, कानुनमा ध्यान दिन आग्रह गरे ।


गण्डकी प्रदेशमा २००३ देखि २०८० सालसम्म स्थापित सार्वजनिक पुस्तकायहरू करिब १०० को हाराहारीमा रहेको देखिन्छ । अहिले गण्डकीमा पूर्णकालीन र आंशिक रुपमा चलेका पुस्तकालयको संख्या ४१ रहेको छ ।दुुई दिनसम्म चल्ने सम्मेलनले पुस्तकालयको संस्थागत विकासबारे सम्बद्ध पक्षहरु बीच ऐक्यबद्धता कायम गर्दै पुस्तकालय सम्बन्धी ऐन, नियम निर्माणका लागि प्रदेश सरकार एवं स्थानीय तहलाई अनुरोध गर्ने  गरी घोषणापत्र जारी गर्ने बताइएको छ । 

बर्दिया:   मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुत...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु ...

थप पढ्नुहोस्

मुस्ताङ:   मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहय...

थप पढ्नुहोस्