काठमाडौं: एमाले अध्यक्ष केपी ओलीले राष्ट्रहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ । एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल उद्योग परिसङ्घका पदाधिकारीहरूले उहाँको निजी निवास खुमलटारमा पुगेर बधाई दिनुभएको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले मङ्गलबार बिहान खुमलटार पुगेर बधाई दिँदै भेटवार्ता गरेको हो । परिसङ्घका अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिनुभयो । परिसङ्घले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा प्रधानमन्त्रीसमक्ष पेश गर्नुभयो । परिसङ्घले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलगायतलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय सुझाएको छ । परिसङ्घको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गर्नुभयो । परिसङ्घको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताउनुभयो । ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेका थिए । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसङ्घलाई धन्यवाद’ उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमा रहेको र यसका लागि परिसङ्घसँग सरकारले सहकार्य गर्ने बताउनुभयो ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौँ । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौँ ।’ नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसङ्घ उद्योग समिति सभापति गोकुल भण्डारी, परिसङ्घका महानिर्देशक दीपकराज जोशी पनि उपस्थिति थियो । यसैबीच, अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा रहेको नेपाल उद्योग वाणिज्य महासङ्घले मङ्गलबार बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय भइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले महासङ्घका तर्फबाट यसअघि दिइएका सुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने वचन दिनुभयो ।
गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने शर्तमा गोरखा क्षेत्र नम्बर २ (ख)बाट चुनावमा उठे नेपालीका कांग्रेसका नेता सुरेन्द्र पाण्डे । प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका पाण्डेलाई पार्टी र गठबन्धनले प्रदेशको मुख्यमन्त्री बनाउने शर्तमा प्रदेशमा झारेपछि पाण्डेले जिते पनि र मुख्यमन्त्रीको दौडमा सामेल भए । यही १२ गते प्रदेश सभा संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ । यही निर्वाचनमा उम्मेदवारी दिन पाण्डे आइतबार काठमाण्डौंबाट पोखरा आउँदा राजनीतिक घटनाक्रम मोडिसकेको थियो । गठबन्धनबाट बाहिरिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेपछि पाण्डे पोखरा उत्रिएसँगै मुख्यमन्त्रीका पद कल्पनामा सिमित भइसकेको थियो । समयको धार प्रतिकुल भएपछि आज पाण्डेले पोखरामा सिमित पत्रकारबीच कुराकानी गर्दै ‘काठमाण्डौबाट जहाजमा पोखरा सकुशल उत्रिएपनि राजनीति भने क्रयास भएको’ विचार राखेका छन् । ‘जसरी राजनीतिक डिस्कोर्स परिवर्तन भयो, अब यहाँ (गण्डकी)को संसदीय दृश्य पनि परिवर्तन हुन्छ होला’ पाण्डेले भने ‘यहाँ एमालेको नेतृत्वमै सरकार बन्ने छाँट छ ।’ गण्डकीमा सरकार गठन गर्न आवश्यक ३१ मध्ये एमाले र नेकपा माओवादी केन्द्रसँग ३० सदस्य छन् भने बालकोट सहमतिअनुसार राप्रपाको मत पनि जोडिनेछ । राप्रपाको गण्डकी प्रदेशमा २ सिट रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफुलाई कांग्रेस र माओवादी दुबैले हेपेको बताएका छन् । पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि राजधानीमा पत्रकारसँग कुरा गर्दै नेपालले स्थानीय तहदेखि नै नेकपा एस र आफलुलाई हेप्न थालेको उजागर गरे । ‘स्थानाीयत तहको निर्वाचनमै हामीलाई हेपाहा व्यवहार सुरु गरेका हुन्’ अध्यक्ष नेपालले भने ‘त्यसपछि हेप्ने क्रममा प्रतिनिधिसभाको निर्वाचनमा पनि दोहोरियो ।’ नेपालले माओवादी पनि कम नभएको बताउँदै धेरै क्षेत्रमा हराउन लागिपरेको आरोप लगाएका छन् । ‘सामान्य असहयोगमात्र हैन, खुलेआम हराउन लागे’ नेपालले दाबी गरे । यसैबीच, उनले सबै कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्ने बताउँदै यसका लागि आफुले पुनः पहल गर्ने जनाएका छन् । सबैले आफ्नो कमजोरी स्वीकार्ने र अरुको पनि कुरा सुन्नुपर्ने भन्दै उनले यसो गरे कम्युनिष्ट एउटै पार्टीमा गोलबन्द हुनसक्ने टिप्पणी गरे । राातारात प्रचण्ड प्रधानमन्त्री हुनुमा कांग्रेसको लोभी चरित्रले काम गरेको उनको भनाई छ । ‘राष्ट्रपति चाहिने र प्रधानमन्त्री पनि नछाड्ने लोभले कांग्रेस डुब्यो’ नेपालको तर्क छ । अब एमाले र माओवादीलाई समर्थन गर्ने कि नगर्ने भन्ने प्रश्नमा नेपालले हाल ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गरे ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा उक्त शुभकामना व्यक्त गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, “‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।” अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको र ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिकमा अन्तरनिहीत ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक भएको सन्देशमा भनिएको छ । “ज्येष्ठ नागरिकको मर्यादित एवं सहज जीवनयापनका लागि परिवारका सदस्य, समाज, सङ्घ संस्था एवं तीनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्दछ”, सन्देशमा भनिएको छ, “नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, यातायात सेवालगायत सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा व्यवस्था गरेको छुट सहुलियत र सेवा सुविधाको थप विस्तार गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सबैमा आह्वान गर्दछु ।” विसं २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णय बमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘हामी सबैको सरोकारः ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइने भएको छ ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिनुभएको हो । दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको बधाई दिनुहुँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिनुभएको छ । भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताउनुभएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताए । ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ’, नयाँबानेश्वरमा सञ्चारकर्मीसँग लिङ्देनले भने ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिएका छन् । उनले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ ।’ हालसालै नियुक्त भएका राजदूत थम्प्सनले निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटघाट गरेका थिए । भेटका क्रममा उनले सत्ता समीकरणका विषयमा चासो राखेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा भारत र चीनले आइतबार नै बधाई दिएका थिए ।