उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा समन्वय गर्नुपर्छ: राष्ट्रपति भण्डारी
काठमाडाैं | पुस २४, २०७९

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैङ्किङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ ।
आइतबार राष्ट्रपति कार्यालयमा भएको बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझ धेरै कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले बैङ्क तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयमा विश्व विद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञद्वारा अध्ययन अनुसन्धान गरी सुधारका लागि सम्बन्धित निकायलाई अभिप्रेरित गर्नु राम्रो भएको बताउनुभयो । आर्थिक क्षेत्रमा आवश्यक पर्ने दक्ष मानव संसाधन स्वदेशमा नै उत्पादन गरी स्वदेशकै सेवामा लगाउन सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । नवप्रवर्द्धन र उद्यमशीलताका लागि युवापुस्तालाई अभिप्रेरित गर्न परिसंघको ठूलो नैतिक एवं भौतिक कामको अपेक्षा मुलुकले गरेको पनि बताउनुभयो ।
आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्धन गर्न सके आयातमा आधारित उपभोग प्रणाली यसमा आधारित राजश्व प्रणालीमा सुधार ल्याउन सकिने बताउनुभयो । राष्ट्रपति भण्डारीले आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संसाधनको विकासमा मद्दत गर्ने हेतुले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राज्यको परिपूरकको रूपमा परिसंघले थप योगदान दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुँजीको निर्माण र परिचालका क्षेत्रमा हाम्रा उद्देश्यहरू उपयुक्त हुँदाहुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न अझ धेरै कार्य गर्नुपर्ने छ ।’ त्यसका लागि बैङ्किङ तथा वित्तीय संस्थाहरूले नेपाल सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको उहाँको भनाइ छ ।
बैङ्क तथा वित्तीय संस्था परिसंघले आर्थिक क्षेत्रका जल्दाबल्दा विषयमा विश्व विद्यालयहरू, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरूद्वारा अध्ययन अनुसन्धान गरी निजीगत सुधारका लागि सम्बन्धित निकायहरूलाई अभिप्रेरित गर्नुपर्ने कार्य सह्रानीय रहेको उहाँले बताउनुभयो । आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्धन गर्न सकेमा आयातमा आधारित उपभोग प्रणाली यसमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिन्छ उहाँले भन्नुभयो ।
आर्थिक समृद्धिका लागि मुलुकमा आवश्यक पर्ने सबल मानव संसाधनको विकासमा सहयोग गर्ने हेतुले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा राज्यको परिपूरकको रूपमा परिसंघले थप योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्न आजको आवश्यकता भएको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग सम्बन्ध बिस्तार गरी पुँजीको परिचालन गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।
पोखरामा चैत अन्तिममा मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता हुने भएको छ । चैत ३० गते शनिबार प्रतियोगिता हुन लागेको हो । माईन्ड फ्रेस चेस क्लब पोखरा कास्कीको आयोजनामा हुने प्रतियोगिता नेपाल पत्रका...
पोखरा: गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराका आवासीय चिकित्सकहरु अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्त...
खोटाङ: ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का अवसरमा आगामी सोमबारदेखि खोटाङमा आयोजना हुने दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ को तयारी प्रायः पूरा भएको छ । ...