आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले

काठमाडाैं | कात्तिक २५, २०८२

आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले तस्बिर फाइल

काठमाडौं:  नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज मंगलबार सबै ७५३ वटै पालिकामा जनप्रर्दशन हुँदै छ।


प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रम सार्वजनिक गरेको थियो। 


पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कात्तिक २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन्।


उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद् विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरुलाई प्रस्ट पारिएको उनको भनाइ छ। 


गौतमले दिएको जानकारीअनुसार आजको कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दै छन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम राखिएको छ।


आजको कार्यक्रममा जनतालाई जगाउने नारा पार्टी केन्द्रले तय गरेको छ।


प्रर्दशनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डा सहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रर्दशन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरूलाई एमालेले निर्देशन दिएको छ।


जनप्रर्दशनका तस्बिर, भिडिओ र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा सेयर गर्न र सञ्चारमाध्यममा पठाउन पनि एमालेले यसअघि नै निर्देशन दिइसकेको छ। 


आजको जनप्रदर्शन कात्तिक २९ गते जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारका रूपमा पनि रहने एमालेले जनाएको छ।

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्