पदमुक्त हुनुअघि अर्थमन्त्री बरालले भने– ‘आर्थिक अनुशासनका लागि फाइल रोकेको हुँ’
पाेखरा | पुस २४, २०७९
पोखराः गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’ले आर्थिक अनुशासनलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयमा फाइल रोकिएको बताएका छन् ।
गण्डकी प्रदेशको अर्थमन्त्री बरालले पदमुक्त हुन अघि आज (आइतबार) पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । ‘मन्त्रालयमा ऐन नियममा रहेर फाइल रोकेको सत्य हो, ऐन नियममा जुन कुरा उल्लेख गरिएको छ त्यसलाई पालना गर्न अभ्याससमेत भएको हो, बरालले भने, ‘ऐन नियम संसोधन गरेर आएको भए यस्तो हुने थिएन त्यसैले आर्थिक अनुशासनलाई मध्यनजर गर्दै केही योजनाको फाइल रोकिएको हो ।’
उनले प्रदेशका कुनै पनि मन्त्रीहरुसँग सम्बन्धमा कुनैपनि व्यक्तिगत पुर्वाग्रह नरहेको बताए । ‘काममा हिसाबमा कुनै पनि मन्त्रीसँग सम्बन्धमा तागरता आयो होला, उनले भने, ‘व्यक्तिगत रुपमा कसैसँग पनि कुनै सम्बन्धमा तागरता आएको छैन् ।
मन्त्री बरालले १८ महिना गण्डकी प्रदेशको अर्थमन्त्रालयमा समुन्नत र समृद्ध प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याएको बताए ।
‘केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै गण्डकी प्रदेशमा पनि त्यसको प्रभाव प¥यो, उनले भने, करिब १८ महिनाको कार्यकालमा प्रदेशको आन्तरिक राजश्वको आधार सृदृढ गर्दै वित्तिय स्रोतको प्रभावकारी र समुचित उपयोगबाट आर्थिक सन्तुलन गर्दै समुन्नत र समृद्ध प्रदेश निर्माणको अभियानमा टेवा पु¥याउन सफल भएको छु ।’
उनले पदमुक्त हुनुअघि आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई सोही पत्रकार सम्मेलनमार्फत धन्यवाद समेत व्यक्त गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

