काठमाडौंः   प्रतिनिधिसभाको आजको बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छान...

काठमाडौं:   निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस गरेको छ । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचन आयोगका पदाधिकारीहरुले पद रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएका छन् । निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्थाअनुसार २५ माघभित्र उपनिर्वाचन गर्ने गरी मिति तोक्न परामर्श दिइएको आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य राष्ट्रपति÷उपराष्ट्रपतिको मतदाता समेत हुन् । त्यसैले राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन अघि नै उपचुनाव गर्न लागिएको एक आयुक्तले जानकारी दिए ।

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताएका छन् । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताए । ‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं’ उनले भने । अध्यक्ष नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति नगर्ने धारणा राखे । ‘यो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन । कसैसामु लत्रिनु परेको पनि छैन । हामीले ठीक गरेको छौं । दृढताका साथ उभिएका छौं’ उनले भने । नेकपा एकीकृत समाजवादीको सोमबार सुरु भएको पोलिट्व्यूरो बैठकमा नेताहरुले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रभुा जगन्नाथ खतिवडाले बताए ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।  प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ। 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् ।   सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुलाई प्रचण्डले आग्रह गरेका हुन् । ‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र एउटा निष्कर्षमा पुगौंला’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोग पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित थिए ।  बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका छन् ।

जनकपुरधाम:   मधेश प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथपछि आज दिउँसो १ बजेको लागि पहिलो अधिवेशन बैठक प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रमुखले बैठक आहृवान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए । सोमबारको पहिलो बैठकमा प्रदेश प्रमुख मिश्रले अधिवेशन आह्वान गरेको पत्र प्रदेश सभा सदस्यहरुलाई पढेर सुनाउने पहिलो कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार नयाँ प्रदेश सभा नियमावली नबनेसम्मका लागि पुरानै नियमावलीलाई अनुमोदन गर्ने, प्रदेश सभाको बैठकमा सभामुखको चुनाव नभएसम्मका लागि अध्यक्ष मण्डल चयन गरिने, प्रत्येक दलबाट संसदीय दलको नेता वा प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । आजको बैठकमा सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ताको मिति तोकिने कार्यसूची रहेको सचिव यादवले बताए । शनिबार बसेको सर्वदलीय बैठकमा प्रदेशमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गरिने निर्णय गरेको थियो । कानुनी व्यवस्था अनुसार प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्छ ।

 काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचनको तयारीबारे जानकारी गराएका हुन् । आयोग पदाधिकारीहरुको सोमबार नै बस्ने बैठकले मिति तय गर्न सक्ने एक आयुक्तले जानकारी दिए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको भोटेर भएकाले तत्काल उपनिर्वाचन गर्न लागिएको हो,’ ती आयुक्त भन्छन्, ‘माघ महिनाभित्रै उपचुनाव गर्ने तयारी छ ।’ नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ ।

पोखरा:  नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरुको पहिलो बैठक सोमबार बस्दैछ । प्रमुख पृथ्वीमान गुरुङले सोमबारलाई संसद अधिवेशन आह्वान गरेका हुन् । दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान भएको हो । सोमबार ११ बजे सर्वदलीय बैठक बस्दैछ । उक्त बैठकले नै संसद बैठकको कार्यसूची तय गर्नेछ । प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार गठनको आह्वान भने गरेका छैनन् । नयाँ सरकार गठन नभएको हुँदा को सत्ता पक्ष र को प्रतिपक्ष भन्ने प्रष्ट छैन । संसदलाई काम दिने पनि सरकारले हो । तर सरकार नै नबनेको हुँदा संसद बैठकमा के गर्ने भन्ने पनि सोमबारको सर्वदलीय बैठकबाट टुंगो लाग्नेछ ।

काठमाडौं:  उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल बैठक राखेर निर्देशन दिएका छन् । गृह मन्त्रायलबाट भर्चुअल सम्बोधन गरेका गृहमन्त्री लामिछानेले प्रमुख जिल्ला अधिकारीहरुलाई सुशासन प्रत्याभूत हुनेगरी र नागरिकमा आशा जगाउने गरी काम गर्न निर्देश गरेका छन् । ‘आवाज बिहिनहरुको आवाज सुन्नुस’ ७७ जिल्लाका प्रजिअहरुलाई उनले भने–‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहिँ कतैपनि देखिनुहुँदैन ।’ भर्चुअल बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए । आर्थिक अनुशासनमा शून्य सहनशीलता पालना गर्न निर्देशन दिँदै गृहमन्त्रीले बैठकमा भने–‘तराईका जिल्लामा राजस्व चुहावटलाई प्राथमिकताका साथ कडाइ गर्नुस् ।’ मन्त्री लामिछानेले तिब्र गतिमा काम गर्न आग्रह गर्दै भनेका छन्–‘जागिर खाए जसरी होइन्, हाइ स्पिरिडका साथमा काम गर्नुस् ।’ न्यायमा सवै जनताको पहुँच हुनेपर्ने उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘नागरिकले न्यायका लागी अन्यत्र भौतारिन नपरोस्, इमान्दारिता र पारदर्शितामा ध्यान दिनुहोला ।’ लामिछानेले तराइका जिल्लाका मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । त्यस्तै शीतलहरको समस्या न्युनीकरण गर्न चुस्त योजनाका साथ अघि बढन् उनले सुरक्षा प्रमुखहरु र प्रजिअहरुलाई निर्देशन दिए ।   

काठमाडौं:  सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा हेर्नुपर्ने बताउनुभएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले आज भोलिदेखि नै अक्षयकोष स्थापना गर्न व्यक्तिगत तर्फबाट दुई लाख रुपियाँ सहयोगको घोषणा गर्नुभयो। अध्यक्ष ओलीले भन्नुभयो, “अक्षय कोष स्थापना गर्ने कुरामा समय पर्खनुभयो भने, राम्रो समय पर्खदा–पर्खदा बुढो भइन्छ। म मेरो तलबबाट दुई लाख दिन्छु, काम थालिहाल्नुस्। सांसद छानिएको छु, मेरो पनि तलब आउँछ। सरकारले यस क्षेत्रमा हेर्दै नहेरेको होइन तर, हेर्नैपर्ने गरी जसरी राम्रोसँग हेरेन। खेलाडीको राम्ररी हेर भन्ने भनाइ म सरकारसँग पुर्याउँछु। अहिले खेलकुदमन्त्री छैन। मन्त्री जो भए पनि खेल क्षेत्रलाई सरकारले हेरोस्।” उहाँले खेलमार्फत सुन्दर, सक्षम, शान्तिपूर्ण एवम् अनुशासित विकसित समाज बनाउने एकेडेमीको प्रयासको प्रशंसा गर्दै व्यवहारिक जीवनदेखि खेलकुद र राजनीतिमा फउल खेल्न नहुने तर्क गर्नुभयो। सबै खेलको आ–आफ्नो नियम हुने बताउँनुहुँदै त्यसले नियम र अनुशासनको पालना गर्दै सफल हुन सिकाउने बताउनुभयो।