काठमाडौंः   प्रतिनिधिसभाको आजको बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छान...

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताए । दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फल खेल्नु हुुँदैन’ उनले भने, ‘फउल खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ ।’ ओलीले राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने बताए । राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ नराम्रो खेलाडीले अरुको खुट्टामा हान्छ । खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ’ उनले भने । समाजको कुनै पनि क्षेत्र अनुशासनमा चलेन भने सफल नहुने ओलीले बताए ।

काठमाडौं:  लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।

काठमाडौं:  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको हो । बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उहाँको भनाइ छ । उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताउनुभयो । कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उहाँको भनाइ थियो । उहाँले नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की, नेकपा ९एमाले०का केन्द्रीय सदस्य भीम केसीले नेपालको आर्थिक विकासको मुख्य आधार जलविद्युत्, कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई विश्वमाझ चिनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पर्यटन दशक मनाउन लागेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँको पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिकाले अक्षयकोष स्थापना गरेर काम गर्दै आइरहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले मुलुकले सोचेजस्तो पर्यटक भित्र्याउन नसकेको भन्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेललाई पर्यटनको विशेष क्षेत्रका रूपमा अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्ययरूपमा रोजगार पाएको ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पोखरा:  नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको निर्वाचनमा निर्वाचित गरेको हो । चुमान यस अघि ०७४ मा पनि संसदीय दलको नेता थिए । यति वेला पृथ्वीसुब्बा नेतृत्वको सरकारमा चुमान आन्तरिक तथा कानुनमन्त्री भए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पुन चुमान तनहुँ १(२) बाट निर्वाचित भएसँगै माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको हो । दलको नेता बेनेसँगै एमाले–माओवादीको सत्ता गठबन्धनमा माओवादीबाट चुमान मुख्यमन्त्रीका बलियो दाबेदार बनेका हुन् । यो सँगै सत्ता गठबन्धनबाट गण्डकीमा एमालेका खगराज अधिकारी र माओवादीबाट चुमान मध्ये एक मुख्यमन्त्री हुने निश्चित भएको हो ।

काठमाडौं:  नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेको निष्कर्ष निकालेको छ । शनिवार पार्टी कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा गठबन्धन टुट्नुको कारणबारे छलफल भएको छ ।  एकीकृत समाजवादीका प्रवक्ता समेत रहेका नेता जगन्नाथ खतिवडाले सभापति देउवा र प्रचण्डका कारण गठबन्धन टुटेको बताए । पार्टी  बैठकको बीचमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बोलेको कुरा पूरा नगरेका कारण गठबन्धन टुटेको बताउँदै त्यसबारेमा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पनि थाहा भएको बताए । बैठकमा अध्यक्ष नेपालले सुरुमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको आफूलाई थाहा भएको उल्लेख गरेका छन् ।   देउवाले बचन पूरा नगरेपछि प्रचण्डको प्रतिक्रिया स्वरुप गठबन्धन टुटेको बताउँदै उनले गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड रहेको उल्लेख गरे ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक भाषण कम गर्ने बताएका हुन् । ‘मैले यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन’ उनले भने, ‘काम धेरै भाषण कम गर्ने पक्षमा छु ।’ उनले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्ने प्रतिवद्धता गरेको पनि बताए । सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए । उनले करिब साढे ८ मिनेटको सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्नसबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् ।

धनगढी:  नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन हुनुभएको छ। शनिबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। रावल कञ्चनपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।  एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका रावल तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरका (२०५४)उपसभापति समेत हुनुहुन्छ। यसैगरी, उपनेतामा सन्तोष शर्मा थापा (छाया)  चयन हुनुभएको छ। उहाँ कैलालीबाट समानुपातिक प्रदेश सभा सदस्य छानिनुभएको हो। थापा नेकपा (एमाले)को केन्द्रीय सदस्य हुनुहुन्छ। एमालले स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थितिमा उहाँकै निवास अत्तरियामा भएको बैठकले प्रमुख सचेतक र सचेतकपछि तोक्ने निर्णय गरेको सो पार्टीका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो।  प्रदेश सभामा नेकपा (एमाले) का १० प्रदेश सभा सदस्य छन्। नेकपा (माओवादी केन्द्र) ले पनि आजै दलको नेता चयन गर्ने बताइएको छ। सो पार्टीका प्रदेश सभामा ११ जना सदस्य छन्। यसअघि नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता छानिसकेका छन्। प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि  दलको नेता छान्ने बताइएको छ। प्रतिनिधि सभाका सदस्य बलायर काठमाडौंमा हुनुहुन्छ।

धनुषा:  मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुले शुक्रबार प्रदेशसभामा शपथ लिनु भएको छ । प्रदेशसभा सचिवालय मधेश प्रदेशले प्रदेशसभाको हलमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोबिन्दबहादुर न्यौपानेले उहाँहरुलाई शपथ ग्रहण गराउनु भयो । १०७ सदस्यीय रहेको मधेश प्रदेशसभा मा १०४ जना सदस्यले आज शपथ ग्रहण गरेको प्रदेशसभा सचिवालयका निमित सचिव रंजित यादवले जानकारी दिनुभयो । १०४ जनामध्ये ४९ जना सदस्यले आफनो मातृभाषामा र ५५ जना सदस्यले नेपाली भाषामा शपथ ग्रहण गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । मैथली, भोजपुरी, थारु, उर्दुसहितको मातृभाषामा सांसदहरुले शपथ लिनुभयो ।  नेकपा ९माओवादी केन्द्र० का दुई जना प्रदेशसभा सदस्य माला कर्ण र रैजी हैदरको विषयमा  अदालतमा मुद्दा दायर गरिएकाले शपथ ग्रहण कार्यक्रममा सहभागी नगराइएको यादवले जानकारी दिनुभयो ।  शपथग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै सांसदहरुले अबको पाँच वर्षमा संविधान र संघीयताको सफल कार्यान्वयन र जनताको समस्या सम्बोधनमा ध्यान दिने बताउनुभयो । प्रदेशसभाको पहिलो वैठक पुष १८ गते १ वजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

काठमाडौं:  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।   राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र प्रधानमन्त्री दाहालसमक्ष हस्तान्तरण गरेका थिए । भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।