कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

  कास्की ।  कास्कीको माछापुच्छ्र्रे  गाउँपालिका–३ घाचोकका लेखनाथ लम्साल ४६ वर्ष पुग्नुभयो । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह छैन । बस्तुभाउलाई कुँडोपानी र घाँसको बन्दोबस्त गरी एकाबिहानै पोखरा झर्नु उहाँको दैनिकी हो । उमेर छिप्पिदै गए पनि अध्ययनका लागि घाचोक–पोखरा यात्रा एक घण्टा लगाएर छिचोल्नुहुन्छ ।    गण्डकी विश्वविद्यालयले गत वर्षदेखि सुरु गरेको व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन, बिएसएम) को पहिलो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ्, लम्साल । सानैदेखि भलिबलप्रति रुचि राख्ने उहाँ खेलकुद व्यवस्थापनको पढाइ पूरा गर्न लागि पर्नुभएको छ । खेल क्षेत्रमै केही गर्नुपर्छ भन्ने लक्ष्य बोकेर हिँड्नुभएका लम्साल विश्वविद्यालयले सो कक्षा सुरु गरेको खबरले उत्साहित हुनुभयो । अग्रज, अनुज र खेल क्षेत्रकै दिग्गजहरुको सल्लाहमा उहाँ बिएसएममा भर्ना हुनुभएको हो । उहाँ अहिले दोस्रो सेमष्टरमा अध्यनरत हुनुहुन्छ ।    पढेर दक्ष खेलाडी उत्पादन गर्ने र आफैँले तालिम केन्द्र खोल्ने योजना उहाँले सुनाउनुभयो । खेलकुदमा विकृति बढ्दै गएकाले त्यस्तो विकृति रोक्न शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ । “खेल खेलेरमात्र हुँदैन, यसलाई पढ्नु पनि पर्छ”, उहाँले भन्नुभयो, “ व्यवस्थापन तहको व्यक्तित्व विकास गर्नुपर्ने रहेछ । यसका लागि के–के आवश्यक पर्ने रहेछ भन्ने कुरा जान्न मैले कक्षा लिइरहेको छु ।” एक खेलाडी र कुशल प्रशिक्षकका लागि संस्कृति र उत्पे्ररणा पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।    नेपालमै पहिलोपटक सुरु खेल व्यवस्थापनमा उहाँ जस्तै २१ जना अध्ययनरत छन् ।  पहिलो सेमेष्टरमा १२ र दोस्रो सेमेष्टरमा नौ विद्यार्थी छन् । त्यहाँ पढ्नेको उमेर १८ देखि ४६ वर्षसम्मको छ भने उहाँहरु छुट्टाछुट्टै खेलसँग सम्बन्धित हुनुहुन्छ । नेपालको महिला भलिबलकी कप्तान अरुणा शाहीसँगै अन्य खेलका खेलाडी र खेल क्षेत्रमा भविष्य सोच्नेले बिएसएम पढिरहनुभएको छ ।   अध्ययनपछि काम गर्ने क्षेत्र धेरै भएका कारण पनि प्रदेशले यसतर्फ चासो देखाएको हो । नेपालमा यो पढाइ सकेपछि धेरै सम्भावना रहेकाले गण्डकी विश्वविद्यालयले पढाइ सुरु गरेको बिएसएमका संयोजक डा मधुसुदन सुवेदीले बताउनुयभो । डा सुवेदी पनि भारतबाट खेलकुद विषयमा विद्यावारिधि गरेर बिएसएमको संयोजकको जिम्मा लिनुभएको हो । “नेपालमा कम्तीमा पाँच हजार व्यावसायिक व्यवस्थापक चाहिएको छ”, डा सुवेदी भन्नुहुन्छ, “त्यसैले क्षेत्र धेरै छ । सबैलाई पढ्न सुझाव दिन्छु ।”    बिएसएममा जुनसुकै सङ्कायमा १२ पास गरेको भर्ना हुन सक्छन् । चारवर्षे सेमेस्टर प्रणालीअनुसार आठ सेमेस्टरमा पढाइ हुने उहाँले बताउनुभयो । प्रदेश सरकारको विशेष सहयोगमा कम खर्चमा उक्त पढाइ सञ्चालन भइरहेको उहाँको भनाइ छ । चार वर्षे पढाइ सक्दा रु तीन लाख ८० हजार लाग्ने उहाँले जानकारी दिनुभयो । “ आठ सेमेष्टर सक्दा रु तीन लाख ८० हजार खर्च आउँछ”, उहाँले भन्नुभयो, “यो रकम भनेको एकदमै कम हो, विदेशमा म आफैँ पढ्न जाने भनेर बुझ्दा तीन वर्षे कोर्सका लागि निर्क खर्च लाग्ने थाहा पाएको छु ।”   एक सेमेष्टरमा ४० जनाको कोटा भए पनि अहिले सोचेजस्तो विद्यार्थी भर्ना नभएको संयोजक डा सुवेदीले जानकारी दिनुभयो । “यो नेपालकै पहिलो कोर्ष भयो अनि हामीले सुरुका वर्षमा सबै ठाउँमा पुग्न सकेनौँ यसले गर्दा पनि थोरै भर्ना भएका हुन्”, उहाँले भन्नुभयो । अहिले तेस्रो सेमेष्टरको भर्ना प्रक्रिया सुरु भएको छ । तेस्रो समेष्टरका लागि धेरै जनाबाट फोन, म्यासेज, इमेल आएको उहाँले बताउनुभयो । अबको सेमेष्टरमा ४० वटै कोटा पुग्ने गरी भर्ना हुने उहाँको अनुमान छ ।    नेपालमै पहिलोपटक गण्डकी विश्वविद्यालयले सञ्चालन गरेको यो कोर्ष भने भाडाको भवनबाट सञ्चालन भईरहेको छ । पोखरा १८ हिमाली टोलमा रहेको फिस्टेल एकेडेमीको पुरानो भवन भाडामा लिएर कक्षा सञ्चालन गरिरहेको पोखरा विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले जानकारी दिनुभयो । योसँगै पोखरा विश्वविद्यालयअन्तर्गत पढाइ हुने सबै विषयलाई स्तरीय बनाउन भवन निर्माणको काम चलिरहेको प्रा डा गुरुङले बताउनुभयो । नेपाल सरकारबाट जग्गा प्राप्तिपछि पोखरा ३२ ज्ञानकुञ्जमा विश्वविद्यालयको भवन शिलान्यास गरेर काम अघि बढेको छ   विश्वविद्यालयअन्तर्गत अहिले ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट, फार्मेसी, आइटी, बिबिए र बिएएलएलबिको कक्षा सञ्चालन गरिएको छ । विश्वविद्यालयले आगामी दिनमा मेकानिकल इन्जिनियरिङ, माउण्टेनिङ एग्रीकल्चर र खानी इन्जिनियरिङको विषयमा पढाइ सुरु गर्न छलफल चलिरहेको कुलपति प्रा डा गुरुङले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाअन्तरगत वडा नम्बर ४ र ९ का वडाध्यक्षले यहाँभित्र रहेका फुटपाथ पसल र अनधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सूचना जारी गरेका छन् ।    केहि दिनअघि महेन्द्रपुलमा रहेको संरचनामाथि डोजर लगाएर हौसिएका वडा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीसँग ४ का देवकृष्ण पराजुलीले आज संयुक्तरुपमा सूचना जारी गरेका हुन् ।      वडाध्यक्षद्वय मर्सानी र पराजुलीले जारी गरेको सूचनामा उक्त क्षेत्रका अनधिकृत संरचना हटाउन सात दिनको म्याद दिएका छन् । सूचनामा स्वयं निर्माणकर्तालाई संरचना हटाउन अनुरोध गरिएको छ ।    निर्धारित समयभित्र संरचना नहटाएमा कानून बमोजिम हटाइने उल्लेख छ ।    

पोखरा  : पवन कुमार प्रजापती पोखरा उद्योग वाणिज्य सघको अध्यक्षमा निर्वाचित भएका छन् ।    शनिबार सम्पन्न संघको ३४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणनामा प्रजापतीले १ हजार ६सय १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिस्पर्धी अर्जुुन पोखरेलले ८ सय ९७ मत प्राप्त गरे ।    संघका निर्वाचनमा पवन र अर्जुन प्यानल चुनावी मैदानमा होमिएका थिए । अधिकांश पदाधिकारी र सदस्यमा पवन प्यानलले जितेको छ ।   बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला निर्वाचित भएका छन् । यी सबै पवन प्यानलका हुन् ।   अर्जुन प्यानलले उद्योग उपाध्यक्षमा मात्र पदाधिकारी जितेको छ । उद्योग उपाध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् ।   सदस्यमा पनि पवन प्यानलले नै धेरै जित हात पारेको छ । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन् ।

पोखरा  : दिउँसो ४ बजेपछि परेको अविरल वर्षाका कारण पोखरा बजार क्षेत्र जलमग्न बनेको छ ।    अविरल वर्षाका कारण पोखराको पालिखेचोक, महेन्द्रपुल नयाँबजार, चिप्लेढुुङ्गा, न्युरोड, पृथ्वीचोक लगायतका मुख्यबजार क्षेत्रमा सडक नाली भन्दा बाहिर पानी बग्दा जलमग्न बनेको हो ।    सडकमा पानी बग्दा पैदल यात्रुहरु बढी प्रभावित बनेका छन् ।    हेरौ तस्बिर             

पोखराः रिचमण्ड फेलोशिप पोखराको नवनिर्मित भवनको आज गण्डकी प्रदेशका सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरेका छन् ।    भवनको उद्घाटन गर्दै मन्त्री थापाले समाजलाई दुव्र्यसनमुक्त बनाउने अभियानमा निरन्तर लागेको फेलोशिपलाई धन्यवाद दिए ।    ‘फेलोशिपले लामो समयदेखि विभिन्न दुव्र्यसनमा फँसेका युवालाई उपचार गर्दै आइरहेको सुन्दा खुशी लागेको छ’ उनले भने ‘त्यस्ता युवालाई पुनः समाजमा फर्काउने र जीवन बाँच्न सिकाउने फेलोशिपको मानवीय कार्यलाई पुनः धन्यवाद दिन्छु ।’     फेलोशिपको प्रशंसा गर्दै उनले सरकारकातर्फबाट के सहयोग गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्ने उल्लेख गरे । ‘यहाँ आर्थिक, भौतिक सहयोगको आवश्यकता भएको मनन् गरेको छु’ मन्त्री थापाले भने ।   उक्त अवसरमा फेलोशिपका अध्यक्ष सन्ताेष गुरुङ्ले हाल ६० जनालाई सुधारमा राखेको र ३ जना उपचारकाक्रममा रहेको जानकारी दिए ।    ‘नयाँ भवनको उद्घाटन अवसरमा खुशीसँगै जिम्मेवारी थपिएको महशुस गरेका छौ’ गुरुङ्ले भने ‘हामीले कतैबाट सहयोग नलिई धेरथोर रकम जम्मा गरेर बनाएको हौं ।’   नयाँ भवनले सुधार र उपचारमा सघाउ पु¥याउने भन्दै गुरुङ्ले दुव्र्यसनमा फँसेका युवा–युवतिलाई यथाशक्य छिटो फेलोशिपमा सम्पर्क गराइदिन अनुरोधसमेत गरे ।    उद्घाटनको अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सामुदायिक केन्द्र, स्थानीय टोल विकासलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो । 

  पोखरा : पोखराको नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबलको प्रतियोगिताको फाइनलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी)  मालेपाटन र मामा भान्जा क्लबबीच हुने भएको छ ।  मामा भान्जाले गलकोटलाई २६–२४, २५–२३ र २५–२०को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  आइतबार बिहान सम्पन्न मामा भान्जा क्लब र बागलुङको गलकोट क्लबबीच भएको खेलमा गलकोटलाई सोझो सेटमा पराजित गर्दै मामा भान्जाले फाइलनमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो ।   पुरुष तर्फको पहिलो सेमिफाइनलमा खेलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी)  मालेपाटनले जिएम समाज कावासोतीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।  त्यस्तै क्लबस्तरीय महिला भलिबलको फाइनल खेलमा अहिले अर्चलबोट क्लब र एसियन सुज फाइनल भइरहेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए । महिलाको भलिबलको फाइनल खेल पछि पुरुष तर्फको फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।   यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पोखरा  : नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा महेश घर्तिमगर सर्वसम्मत चयन भएका छन् ।   नेपाल मगर विद्यार्थी कास्कीको १९ औँ जिल्ला अधिवेशनले घर्तिमगरको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरेको हो ।    समितिको उपाध्यक्षमा माया पुन मगर, सचिवमा योगेन्द्र थापामगर, सहसचिवमा प्रकाश थापामगर, कोषाध्यक्षमा रक्षा थापामगर सर्वसम्मत चयन भएका हुन् ।    सदस्यहरुमा कृष्ण बुढामगर, नरेन्द्र थापामगर, दिलबहादुुर थापामगर, दिपाल थापामगर, सन्देश थापामगर, सोनु थापामगर, देवेन्द्र थापमगर, तेजेन्द्र थापामगर, प्रतिमा तिलिजामगर, विनिशा पुनमगर , हिरादेवी बुढामगर र बलबहादुर रोकामगर सर्वसम्मत समितिमा चयन भएको र बाँकी ३ जना समितिको पहिलो बैठकले मनोनित गर्ने निर्वाचन समितिका संयोजक रुद्र श्रीस मगरले जानकारी दिए ।   

पोखराः पृथ्वी नारायण क्याम्पसमा नेपाली विभागले आजदेखि औपचारिकरुपमा आफ्नै पुस्तकालय सञ्चालनमा ल्याएको छ ।    क्याम्पसमा क्षेत्रीयस्तरको पुस्तकालय सञ्चालनमा रहेपनि विभागीय आवश्यकताको महशुस गरी छुट्टै पुस्तकालयको सुरुवात गरेको विभागले जनाएको छ ।    विभागले विशेष कार्यक्रमको आयोजना गरी भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतमा पुस्तकालयको उद्घाटन गरेको हो । सो अवसरमा प्रमुख अतिथि खड्काले पिएन क्याम्पसको शैक्षिक प्रगति प्रदेशकोमात्र नभई देशकै प्रगति भएको उल्लेख गरे ।    ‘विश्वमा अहिले कुनै पनि विषयको सूक्ष्मरुपमा अध्ययन, अनुसन्धान गर्ने परिपाटी रहेको छ’ खड्काले भने ‘सोही तवरले नेपाली विभागले पनि विभागीय पुस्तकालय स्थापना गरेकोमा खुशी लागेको छ ।’   नेपाली भाषा साहित्य र संस्कृतिको मियो भएको भन्दै विभागको शैक्षिक कार्यमा मन्त्रालयस्तरबाट थोरै भएपनि सहयोग गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । स्मरणीय छ, पुस्तकालय स्थापनार्थ भौतिक विकासका लागि मन्त्रालयले १० लाख रुपैयाँ सहयोग गरेको छ ।    उक्त अवसरमा मन्त्री खड्काले शैक्षिक उन्नयनका कुनैपनि कार्यमा सहयोग गर्न मन्त्रालय तयार रहेको बताउँदै विद्यार्थीले पुस्तकालयबाट भरपुर ज्ञान आर्जन गर्ने विश्वास व्यक्त गरे ।    कार्यक्रमको सभापति एवं विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले विभागमा आएदेखि आफुले दिनरात गरेको मिहिनेत सार्थक भएकोमा सम्पूर्ण सहयोगीलाई आभार व्यक्त गरे ।    विदेशका विश्वविद्यालय भ्रमणका दौरान विभागीय पुस्तकालय देख्दा पिएनमा पनि यस्तै भइदिए भन्ने कल्पना गरेको बताउँदै आफु कार्यरत विभागमै इच्छाएको काम गर्न पाउँदा खुशी लागेको प्रमुख न्यौपानेको धारणा छ ।    ‘मैले गरेको पहलमा मन्त्रालय र मनकारीहरुले गरेको सहयोगको प्रतिफल हो, यो पुस्तकालय’ उनले भने ‘यहाँ विभिन्न शोधार्थीले गरेका शोध र सम्बन्धित थेसिस पनि राखिएका छन्, अब अनुसन्धानमा लाग्ने विद्यार्थीले सन्दर्भ सामग्री खोज्न कतै भौतारिन पर्ने छैन ।’   पुस्तकालय स्थापना भएपनि यसको सञ्चालनमा समस्या भएको उनको दुखेसो छ । ‘पुस्तकालय तयार भयो तर सञ्चालनमा समस्या छ, क्याम्पस प्रशासनसमक्ष कर्मचारीको माग गरेको छु’ न्यौपानेले भने ।    पुस्तकालयमा करिब १० हजार शोधग्रन्थ र पुस्तक रहेका छन् । आफ्नो कार्यकालमा पुस्तकको डिजिटाइजेशन गर्ने इच्छा भएको उनले सुनाए ।    कार्यक्रममा विभागका पूर्व प्रमुख, प्राध्यापक संघ, कर्मचारी संघका प्रतिनिधिले धारणा राखेका थिए । उद्घाटन कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने लायन्स क्लब, अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानलगायतलाई सम्मान समेत गरिएको छ । 

पोखराः पोखरा उद्योग वाणिज्य संघमा ३४ औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ ।    बिहान ८ बजेदेखि सुरु भएको मतदानको समय बेलुकी ५ बजेसम्म रहेको संघले जनाएको छ । यतिबेला संघको परिसर गैह्रापाटनमा मतदाता र उम्मेदवारहरुको भीड लागेको छ ।    संघको नेतृत्व लिन पवन प्रजापती  र अर्जुन पोखरेलले प्यानलसहित चुनावी प्रतिष्पर्धा गरेका छन् । सुनगाभा न्यूजसँगको सटिक कुराकानीमा दुबै प्यानलका अध्यक्षले जित्ने दाबी गरेका छन् ।    चुनावी रणनीतिअनुसार प्रजापतिलाई वामपन्थी खेमाकोसमेत सहयोग रहेको छ भने पोखरेललाई लोकतान्त्रिक समूहको साथ रहेको छ ।    घरदैलो कार्यक्रमपश्चात् दुबै उम्मेदवार र उनीहरुको प्यानलले चुनाव जित्ने दाबी गरेपनि कसको पक्षमा नेतृत्व जान्छ भनेर भन्न सकिने अवस्था छैन ।    ‘यसपटकको निर्वाचनको नतिजा अहिले नै आंकलन गर्न गाह्रो छ’ पोखरेल समर्थक मतदाताले भने ‘प्रतिष्पर्धा कडा छ तर जो नेतृत्वमा आएपनि संघको हितमा काम हुने व्यवसायीको विश्वास छ ।’