पोखरा उद्योग वाणिज्यमा नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै
पाेखरा | भदौ २५, २०७९

पोखराः पोखरा उद्योग वाणिज्य संघमा ३४ औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ ।
बिहान ८ बजेदेखि सुरु भएको मतदानको समय बेलुकी ५ बजेसम्म रहेको संघले जनाएको छ । यतिबेला संघको परिसर गैह्रापाटनमा मतदाता र उम्मेदवारहरुको भीड लागेको छ ।
संघको नेतृत्व लिन पवन प्रजापती र अर्जुन पोखरेलले प्यानलसहित चुनावी प्रतिष्पर्धा गरेका छन् । सुनगाभा न्यूजसँगको सटिक कुराकानीमा दुबै प्यानलका अध्यक्षले जित्ने दाबी गरेका छन् ।
चुनावी रणनीतिअनुसार प्रजापतिलाई वामपन्थी खेमाकोसमेत सहयोग रहेको छ भने पोखरेललाई लोकतान्त्रिक समूहको साथ रहेको छ ।
घरदैलो कार्यक्रमपश्चात् दुबै उम्मेदवार र उनीहरुको प्यानलले चुनाव जित्ने दाबी गरेपनि कसको पक्षमा नेतृत्व जान्छ भनेर भन्न सकिने अवस्था छैन ।
‘यसपटकको निर्वाचनको नतिजा अहिले नै आंकलन गर्न गाह्रो छ’ पोखरेल समर्थक मतदाताले भने ‘प्रतिष्पर्धा कडा छ तर जो नेतृत्वमा आएपनि संघको हितमा काम हुने व्यवसायीको विश्वास छ ।’
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...