पोखरा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा एपिएफ र मामाभान्जा

महिला तर्फ अर्चलबोट क्लब र एसियन सुजबीच फाइनल खेल हुँदै

पाेखरा | भदौ २६, २०७९

पोखरा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा एपिएफ र मामाभान्जा

 

पोखरा : पोखराको नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबलको प्रतियोगिताको फाइनलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी)  मालेपाटन र मामा भान्जा क्लबबीच हुने भएको छ । 


मामा भान्जाले गलकोटलाई २६–२४, २५–२३ र २५–२०को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 


आइतबार बिहान सम्पन्न मामा भान्जा क्लब र बागलुङको गलकोट क्लबबीच भएको खेलमा गलकोटलाई सोझो सेटमा पराजित गर्दै मामा भान्जाले फाइलनमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । 


 पुरुष तर्फको पहिलो सेमिफाइनलमा खेलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी)  मालेपाटनले जिएम समाज कावासोतीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । 


त्यस्तै क्लबस्तरीय महिला भलिबलको फाइनल खेलमा अहिले अर्चलबोट क्लब र एसियन सुज फाइनल भइरहेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए ।


महिलाको भलिबलको फाइनल खेल पछि पुरुष तर्फको फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । 


प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

 

यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्