पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

  काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले कुनै पनि मुलुकमा द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस सिष्टम’ले काम नगर्ने भएकाले सङ्क्रमणकालीन न्याय प्रणाली नै आवश्यक हुने बताउनुभएको छ ।     प्रतिनिधिसभाको आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमि​लाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विरोधको सूचना प्रस्तुत गर्नुहुने सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफमा कानुनमन्त्री शर्माले उक्त अभ्यास नेपालमा मात्रै नभइ विश्वमै रहेको पनि स्पष्ट गर्नुभयो ।    उहाँले सङ्क्रमणकालीन न्याय र अपराधसम्बन्धी न्यायको परिभाषा फरक हुने पनि बताउनुभयो । मन्त्री कोइरालाले भन्नुभयो, “सामन्य अपराधमा ‘क्रिमिनल जष्टिस् सिष्टम’ले नै सम्बोधन गर्छ, सत्य, न्याय, परिपुरण र संस्थागत सुधार यी चार पिल्लरको अधारमा सङ्क्रमणकालीन न्याय अघि बढाउनुपर्छ ।” उहाँले सत्य निरुपण आयोगले द्वन्द्व किन भयो भनी त्यसका कारण र उल्लङ्घनका घटना पत्ता लगाइसकेपछि केही गम्भीर प्रकृतिका मुद्दा ‘ट्रायल’मा लिएर जाने र अरु मुद्दामा मेलमिलाप गराउने कुरा संसारमै प्रचलनमा रहेको जानकारी सदनलाई गराउनुभयो ।    “यसमा सरकारक वा कानुनमन्त्री चुकेको होइन, यही संसद्मा उठेका विषय, शान्ति सम्झौतापछिको छलफल र ती चारै पिल्लरको आधारमा गम्भीर अपराधमा सजाय पनि हुनसक्ने र अन्य कुरा परिपुणै वा मेलमिलापको आधारमा टुङ्ग्याउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।   सांसद सुवालको सातै प्रदेशबाट ल्याइएको छलफलको प्रतिवेदन सार्वजनिक नभएको भन्ने जिज्ञासाका सन्दर्भमा मन्त्री कोइरालाले केन्द्रस्तरमा कार्यक्रम गरेरै सार्वजनिक गरिएको जानकारी गराउनुभयो । त्यसैको आधारमा विधेयक ल्याइएको पनि उहाँले जानकारी दिनुभयो ।    उहाँले सदनमा दफाबार छलफलमा जाँदा केही कुरा छलफल गर्न सकिने जानकारी गराउनुभयो । जबसम्म कानुन संशोधन हुँदैन तवसम्म सङ्क्रमणकालीन न्याय टुङ्गिदोरहेनछ भन्ने कुुरा देखिएको उहाँले अनुभव सुनाउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिले मन्त्री कोइरालाले उक्त विधेयक सभासमपक्ष प्रस्तुत गर्नुभएको छ ।    त्यसअघि सांसद प्रेम सुवालले सदनमा उक्त विधेयकमाथि विरोधको प्रस्ताव प्रस्तुत गर्दै कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रतिबद्धता जनाए पनि पीडितलाई न्याय दिनुको साटो पीडकलाई उन्मुक्ति दिने गरी विधेयक आएको भनी प्रश्न गर्नुभएको थियो ।    सङ्क्रमणकालीन न्याय विधेयकले मात्रै पूर्णता नपाउने उहाँको भनाइ थियो । उहाँले मानवअधिकारको गम्भीर उल्लङ्घनको विषयलाई सम्बोधन नगरिएको जिकिर गर्दै मानवअधिकार उल्लङ्घनमा मेलमिलाप हुनै नसक्ने बताउनुभयो । सुवालले भन्नुभयो, “सशस्त्र द्वन्द्वको लक्ष्य के हो, के का लागि भएको हो, अनुसूचीमा लेख्नुपर्ने जरुरी हुन्छ, त्यसका प्रमुख व्यक्ति कोको हुन्, के कति क्षति भएको हो, उल्लेख हुनुपर्छ ।” सांसद सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचना सदनको बहुमतले अस्विकृत गरेको छ ।    प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १३ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।  

नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।    आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले आजदेखि भदौ १२ गतेसम्म  स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने सो पार्टीले जनाएको छ ।     एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कार्यालय सचिव डा अधिकारीका अनुसार बैठक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुने छ । यस्तै आगामी पोलिटब्यूरो र केन्द्रीय कमिटिको एजेण्डा पनि बैठकले तय गर्ने छ ।   पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो  ।

पोखरा:  दानपेटिका चोरी गरेको आरोपमा प्रकाउ परेका जिम्मी दोर्जेलाई पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्धामा प्रकाउ परेका दोर्जेलाई थप अनुुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको हो ।    पोखरा महानगरपालिका २ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको नगद सहितको दानपेटिका चोरी गरेका दोर्जेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको थियो ।     मन्दिर परिसरमा राखिएको नगदसहितको दान पेटिका चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पोखरा २५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षिय जिम्मी दोर्जेलाई दान पेटिका सहित प्रकाउ गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।    ३५ सय जति थियो होलाः कार्यालय सचिव तिमिल्सिना विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यालय सचिव नवराज तिमिल्सिनाका अनुुसार कृष्ण जन्माष्टीको दिन दानपेटिका चोरी भएको थियो ।    ‘ कृष्ण जन्माष्टीका दिन चोरी भएको त्यो दानपेटिका मुख्य मन्दिरको अगाडी थियो । हामीले ३ बजेसम्मको दान संकलन गरिसकेका थियौँ, उनले भने ‘त्यसपछि बाँकी त्यस्तै ३ हजारदेखि ३५ सय  सम्म थियो होला । त्यो भन्दा बढी पक्कै पनि थिएन ।’   उनले दानपेटिका हराएको थाहा पाएपछि तत्काल  प्रहरीलाई खबर गरेको बताए ।

  पोखरा ।   पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग प्रतिस्पर्धाका लागि कोर्ट उत्रदैछन । बलियो प्रतिस्पर्धी मानिएका जेम्स एटिपीका उत्कृष्ट सय भित्रका खेलाडी हुन् ।   प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् ।   १५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढि राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । टेनिस खेल्नका लागि १५ वर्षको कलिलो उमेरमै घर छाडेर विदेशिएका अभिषेकले यसअघि अमेरिकाको एक कलेजमा ९० प्रतिशत स्कलरशिप पाएका थिए । उनले यसअघि दुई वर्ष सम्म युनिर्भसिटी स्तरिय थुप्रै प्रतिस्पर्धाहरुमा सहभागिता जनाइसकेका छन् ।   आउँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी गण्डकीको टिमबाट कोर्ट उत्रने बताइएको छ । प्रदेशले पनि उनीबाट स्वर्ण पदकको आशा राखेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले बताए । अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि प्रायोजकको खाँचो रहेको बाँस्तोलाले बताएका छन् । ‘कोच, फिजियोसंगै लिएर हिंडन निकै खर्चिलो छ, पारिवारिक श्रोतले मात्रै यो खर्च धान्न गाह्रो छ’–बाँस्तोलले भने ।

  कैलाली ।  कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।   प्रनाउ जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ६० तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

  रामपुर । धानबालीमा गवारोको समस्या देखिएपछि पाल्पा रामपुरका जयनारायण श्रेष्ठ चिन्तित हुनुहुन्छ । उहाँले अहिले ‘एग्रोभेट’बाट विषादी ल्याएर प्रयोग गर्नुभएको छ । रोग निराकरण नहुँदा उहाँ चिन्तामा हुनुहुन्छ । करिब सात रोपनी जग्गामा लगाइएको धानबालीमा एकैपटक गवारोले सताउँदा धान पसाउनै नपाउने हो कि भन्ने समस्याले उहाँलाई पिरोलेको छ ।    “फेदमा बसेर गवारो कीराले धानको गुवो खाएर सरा नै मर्दै गएर पहेँलो भएको छ, करिब १० दिनअघिदेखि कीराले सताएको छ, हरियाली भएको धान एकाएक पहेँलिदै गएको छ, दुःखसँग गरेको खेती स्याहार्नै नपाइने पो हो कि भन्ने चिन्ताले सताइरहेको छ”, उहाँले गुनासो पोख्नुभयो । उहाँले बिहान उज्यालो भएपछि खेतमा कीरा मार्ने गरे पनि आजभन्दा भोलि झन् यसको समस्या फैलिँदै गएको बताउनुहुन्छ । उहाँका अनुसार विशेषगरी हाइब्रिड र गोरखनाथ जातको धानमा कीराको समस्या देखिएको छ ।    फणेश्वर गैरेको पनि करिब तीन रोपनी जग्गामा लगाइएको धानबालीमा गवारोले सताएको छ । गवारोको समस्या बढ्दै जाँदा उहाँ नियन्त्रणका लागि विषादी प्रयोग गर्ने तयारीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै भरसक विषादी प्रयोग नगर्ने भनेको त झन् धेरै ठाउँमा यसको समस्या फैलियो, धान जति सखापै होलाजस्तो छ, बोट पहेँलिने क्रम बढेको छ, अब एग्रोभेटबाट विषादी ल्याएर प्रयोग गरिहाल्नुपर्ने भयो ।”   कार्यालयमा हिजोआज रामपुरका विभिन्न स्थानका कृषकले गवारोको समस्या लिएर आउने गरेको र न्यूनीकरणका लागि विषादी छर्कन सुझाव दिने गरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो ।   पाल्पाको रामपुर, तिनाउँ क्षेत्रमा धानबालीमा गवारो, माडी क्षेत्रमा ब्लाष्ट र खैरो रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका बाली संरक्षण अधिकृत मिलन पाण्डेयले बताउनुभयो । उहाँका अनुसार नाइट्रोजनयुक्त मल बढी भएमा धानबालीमा विभिन्न रोेग तथा कीराले सताउने गर्दछ । विशेषगरी उपचार नगरिएको बीउ प्रयोगबाट रोग कीराको समस्या देखिएको हो ।   सन्तुलित मलखादको प्रयोग, धान काटिसकेपछि फेदमा हप्ता–दश दिनसम्म पानीले डुबाउने, धान रोपाइँ गर्ने बेला बीउको टुप्पा काटेर रोप्ने गरेमा विभिन्न रोग कीराबाट धानलाई बचाउन सकिन्छ । “अहिले महामारीका रूपमा रोग कीरा फैलिसकेको छैन, एक सय धानको गाँजमा १० वटामा कीराले आक्रमण गर्दैमा आत्तिहाल्नुपर्ने अवस्था रहँदैन, त्यो भन्दा माथि फैलिएमा भने उपचार तथा निगरानी गरिराख्नु पर्दछ”, उहाँले भन्नुभयो ।   धान पसाउने बेलामा यो कीराको प्रकोप फैलिएमा धानको बाला पोकटो रहन्छ । गवारो धानको महत्वपूर्ण पिराहा कीरा हो । विभिन्न प्रकारका गवारो कीराहरुमध्ये पहेँलो र सेतो गवारोले धानबालीमा मात्र नोक्सान गर्दछन् भने गुलावी गबारो र धर्के गबारोले अन्य बालीमा पनि नोक्सान गर्दछन् । बर्सेनि यी कीराबाट करिब १५ प्रतिशतसम्म नोक्सानी हुने गरेको अनुमान छ । माउ गवारो एकदेखि दुई सेमिसम्म लामो हुन्छ । यो पुतली वर्गका कीरा हो, जसको लार्भाले गुवो खाई नोक्सान पुर्याउँछ ।   गवारोको माउले पातको टुप्पोतर्फ तल्लो सतहमा अण्डा पार्दछ । अण्डाबाट लार्भा निस्की डाँठमा प्वाल पारेर प्रवेश गर्दछ र गुवो खाँदै तल वा माथि जान्छ । डाँठमा गवारोले पारेको प्वाल स्पष्ट देखिन्छ । सुरुको अवस्थामा गुवो तान्दा सजिलै फुत्त आउँछ, यो लक्षणलाई मृत गुवो भनिन्छ । पछिल्लो चरणमा गवारोले गुवो खाँदा सेतो वाला वा फोस्रो वाला देखिन्छ । यसपछि गवारोसँगैको अर्को सरा वा गाँजमा प्रवेश गरी नोक्सान पुर्याउँदछ ।   यसको व्यवस्थापनका लागि धान काट्दा सकेसम्म जमिनको सतह छुने गरी काट्ने, बाँकी रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी एक हप्तासम्म पानी जमाउने, धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो तीनदेखि पाँच सेन्टिमिटर चुडेर नष्ट गर्नुपर्दछ । साथै माकुरा, लामासिङ्गे फट्याङ्ग्राजस्ता मित्र जीवको संरक्षण गर्ने, प्रकाश पासोको माध्यमबाट बयस्क पुतलीलाई आकर्षण गरी मार्ने गर्ने, सकेसम्म पकेट क्षेत्रभरि एकैपटक धान रोपाइँ गरिएमा गबारोबाट हुने नोक्सानी कम हुन्छ ।    हरेक वर्ष गवारोले नोक्सानी गर्ने ठाउँमा बीउदर बढाइ प्र​तिएकाइ बिरुवाको सङ्ख्या बढाउँदा गवारोबाट हुने नोक्सानी घटाउन सकिन्छ । धान रोपाइँ गरेको महिना दिनमा परजीवी कीरा (ट्राइकोग्रामा)को प्रयोग गर्न सकिन्छ । पाँच सेमि गुणन गरी १० सेमि साइजको कार्डमा करिब २० हजार ट्राइकोग्रामा रहेको हुन्छ । एक हेक्टरका लागि १० वटा ट्राइकोकार्ड प्रयोग गर्नुपर्दछ ।    व्यासिलस थुरिनजीयन्सिस (विटी) तीन ग्राम प्रतिलिटर पानीका दरले मिसाइ छर्ने । गबारोको धेरै प्रकोप (१० प्रतिशतभन्दा बढी) भएमा रासायनिक विषादी कार्टाप हाइड्रोक्लोराइड चार प्रतिशत वा क्लोरान्ट्रानिलीप्रोल ०.४ प्रतिशत वा फिप्रोनिल ०.३ जीआर दानादार विषादी २५ केजी प्रतिहेक्टर वा क्लोरोपाइरिफस २० प्रतिशत इसी २ मिलि प्रतिलिटर पानी वा एसिफेट ७५ प्रतिशत  एसपी १ मिली प्रतिलिटर पानीका दरले प्रयोग गर्न सकिन्छ । दानादार विषादी प्रयोग गर्दा खेतमा पाँच–आठ सेमि पानी पाँच दिनसम्म कायम रहनु पर्दछ ।

  सुर्खेत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो ।   प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको (लिखित÷मौखिक) प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको कीर्ते सही र छाप लगाई पास (उत्तीर्ण) लेखिएको शङ्कास्पद प्रवेशपत्र भेटिएको थियो । यातायात कर्मचारीले शङ्कास्पद प्रवेशपत्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वीरेन्द्रनगर–७ स्थित यातायात्र व्यवस्था कार्यालयमै पुगेर शाहीलाई नियन्त्रणमा लिएको थियो ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले कर्मचारीको सही, कार्यालयको छाप सक्कली हो वा होइन भनेर अनुसन्धान गरिने बताउनुभयो । “प्रवेशपत्रमा पास लेखिएको छ, विस्तृत अनुसन्धान हुँदैछ”, उहाँले भन्नुभयो, “सम्बन्धित कार्यालयकै कर्मचारीले शङ्कास्पद ठानेर खबर गरेपछि नियन्त्रणमा लिएका हौँ ।”   यसैबीच प्रहरीले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–११ पिपिरास्थित देउती बज्यै मन्दिर नजिकबाट सोही ठाउँका १९ वर्षीय प्रतीक केसीलाई पक्राउ गरेको हो । प्रदेश लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केसीको कोठाबाट बाकसमा प्लाष्टिकभित्र लुकाएर राखिएको खैरो हिरोइनजस्तो देखिने एक पुडिया लागुऔषध फेला पारेको हो ।

गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले विद्यार्थीहरुले संघीयताबारे बुझ्न आवश्यक रहेको बताएका छन् ।  नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको २२ औँ क्याम्पस अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले संघीयताबारे बाहिर नराम्रो हल्ला फैलाइएको भन्दै विद्यार्थीहरुले संघीयताको बारेमा बुझ्न आवश्यक रहेको बताएका हुन् ।  ‘संघीयताबारे बजारमा जे हल्ला फैलाइएको छ त्यसमा कनै सत्यता छैन् संघीयता बुझ्न अध्ययन आवश्यक छ त्यसैले विद्यार्थीहरुले यसको बारेमा बुझ्न आवश्यक छ ।’ उनले भने । मन्त्री बुढाले संघीयता कार्यन्वयनसँगै आदिवासीहरुको हक अधिकार प्राप्त भएको अनुभुति भएको बताउदै विद्यार्थीहरुले संविधानमा उल्लेख भएका ऐनहरु अध्ययन गर्न आवश्यक रहेको बताए ।  ‘मुलुकले बहुभाषिक, बहुजातिय र बहुसांस्कृतिक स्वीकार गरेको छ, उनले भने, ‘तर यसको अहिले बाहिर विरोध हुँदा मगर लगायत आदिवासीको मुद्धाकोसमेत विरोध हुन थालेको आभाष भएको छ ।’   यसैगरि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका अध्यक्ष रुद्र बहादुर श्रीस मगरले बहुभाषिक शैक्षिक प्रणाली लागु हुन नसक्नु दुखद भएको बताए ।  ‘नेपाल संघीय शिक्षा प्रणालीमा प्रवेश गरिसकेको मुलुकलाई बहुभाषिक, बहुजाति, बहुधार्मिक रुपमा घोषणा गरिएपनि यो अझै कार्यान्वयनमा आउन नसक्नु आदिवासीको मुद्धा कार्यान्वयन नहुनु हो ।’ उनले भने । नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिले अधिवेशनको अवसरमा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका प्रथम वर्षका १३ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत वितरण गरेको थियो ।  अधिवेशनले कृष्ण बुढा मगरको नेतृत्वमा १५ सदस्य कार्यसमिति समेत चयन गरेको थियो ।