काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:  माइक्रो ब्लगिङ साइट ट्वीटरबाट साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुने भएका छन् । ट्वीटरका सीईओ एलन मस्कले शुक्रबार एक अर्को महत्वपूर्ण निर्णय लिने क्रममा डेढ अर्ब वटा खाता हटाउने घोषणा गरेका हुन् । मस्कले १५० करोड ट्वीटर अकाउन्ट डिलिट गर्नुपर्नाको कारण पनि उल्लेख गरेका छन् । ट्वीटरमा स्पेस फ्री गर्नका लागि वा ठाउँ खाली गराउनका लागि करोडौं अकाउन्ट डिलिट गर्नुपरेको मस्कले ट्वीटमार्फत् बताएका छन् । ट्वीटरबाट कस्ता कस्ता अकाउन्टहरु डिलिट गरिनेछ भन्ने पनि मस्कले प्रष्ट पारेका छन् । आफ्नो अघिल्लो ट्वीटमा रिप्लाई गर्दै उनले कैयन् वर्षदेखि लगइन नै नगरिएका वा कुनै ट्वीट नगरिएका अकाउन्टहरू डिलिट गरिने मस्कको भनाइ छ । यसरी वर्षौंदेखि निष्क्रिय रहेका ट्वीटर खाताहरु अब डिलिट हुनेछन् । एजेन्सी

काठमाडौं:   एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने बताएका छन् ।  हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आम माफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोजेपछि रावलले आपत्ति जनाएका हुन् ।  ‘सरकारमा सहभागी दलहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ,’ नेता रावलले भनेका छन्, ‘यो नेपाली जनताको जनादेशको समेत घोर अपमान हो ।’  जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्थामा संशोधन गरी सरकारले जुनसुकै अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्नेगरी अध्यादेश ल्याउने निर्णय गर्नु कुशासन बढाउन काम भएको उनको भनाइ छ । 

पोखराः कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले पत्रकारलाई बन्धक बनाई समाचार प्रयोजनार्थ खिचिएको भिडियो डिलिट गर्न लगाएकी छिन् ।    पछिल्लो समय सवारीसाधन खरिदमा आलोचित भएकी मेयरले आइतबार न्यूज २४ टेलिभिजन रिपोर्टर खेम ढुंगानालाई बन्धक बनाएकी हुन् । नगरपालिकाको सवारी साधन निजी घर निर्माणमा प्रयोग गरेको दृश्य ढुंगानाले कैद गरेपछि मेयर शाहीले उनलाई नजिकैको होटलमा २ घण्टा बन्धक बनाएकी बनाएकी हुन् ।    बन्धक बनाएपछि भिडियो फुटेज डिलिट गर्न लगाएको पत्रकार ढुंगानाले बताएका छन् । घटनाबारे जानकारी पाएर पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत शाहकै उपस्थिति जबर्जस्ती भिडियो डिलिट गराइएको हो ।    भिडियो लिइरहेकाबेला शाहीले ‘अझैपनि भिडियो खिचिराख्छस्, अझै रेकर्ड गरिराख्छस्’ भन्दै मोबाइल फोन खोस्ने प्रयास गरेकी थिइन् ।    यस घटनापछि मेयर शाहीले मोबाइल फोन स्वीच अफ गरेकी छिन् भने कार्यालयको नम्बर पनि सम्पर्क हुन नसक्ने बनाइएको छ । त्यस्तै, अन्य नम्बरमा सम्पर्क गरी जानकारी लिने क्रममा साढे ११ बजेसम्म पनि शाही कार्यालयमा अनुपस्थित छिन् ।    आइतबार भएको घटनाबारे उपमेयरले भर्खरै जानकारी पाएको भन्दै आफु सुगरका बिरामी भएकाले केहि छिनपछि कार्यालय गएर बुझ्ने प्रतिक्रिया दिएकी छिन् ।      घटनापश्चात् प्रेस चौतारी नेपाल, कैलालीले विज्ञप्तीमार्फत मेयर शाहीकोे रवैयाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।      रिपोर्टिङ् गर्न गएका बेला बन्धक बनाएर सञ्चार सामाग्रीहरु समेत नियन्त्रणमा लिएको घटनाप्रती प्रेस चौतारी नेपाल कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिव जनक विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनलाई   हातपात गर्दै नियन्त्रणमा लिइ नजिकैको होटलमा दुई घण्टासम्म बन्धक बनाएर गुन्डागर्दी शैलीमा सबै भिडियो डिलिट गराउनु पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।’   मेयर शाही नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।   

काठमाडौं:  कुमारी बैंक लिमिटेडको विशेष साधारणसभाले नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँग मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणाको अध्यक्षतामा भएको विशेष साधारणसभाले मर्जरको सम्बन्धमा अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जरसम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रिया पूरा गर्ने प्रस्ताव पारित गरेको हो ।  त्यस्तै, मर्जरसम्बन्धी समझदारीपत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय पनि अनुमोदन भएको जनाइएको छ । एक–आपसमा गाभ्ने–गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल–अचल सम्पत्ति तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डिडिए)का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १स्१  स्वीकृत गर्ने तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ । यसका साथै, सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पारित भएको उल्लेख छ ।  दुई बैंक मर्जरपश्चात् चुक्ता पुँजी २६ अर्ब रुपैयाँभन्दा बढी हुने तथा शाखा संख्या तीन सय ५५, एटिएम संख्या दुई सय ४४, एक्सटेन्सन काउन्टर संख्या ५१, निक्षेप तीन खर्ब एक अर्बभन्दा बढी र कर्जा दुई खर्ब ७८ अर्बभन्दा बढी हुने जनाइएको छ । 

काठमाडौं:   निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।      आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताउनुभयो ।

बलेवा:  जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुनः अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो । यसबीचमा एक किलोमिटर सडक मात्रै कालोपत्र गरिएको थियो ।       जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम (कालीगण्डकी करिडोर) सडक कालोपत्रका लागि रु दुई करोड विनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । कुश्मीसेरादेखि जैमिनीधामसम्मको तीन किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक कालोपत्रका लागि रकम विनियोजन गरिएको हो । तीन वर्षसम्म समपूरक कोषबाट काम गर्दासमेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट थप सडक कालोपत्र गर्न लागेको हो ।       सडकको स्तरोन्नति र एक किलोमिटर सडक कालोपत्रका लागि यसअघि रु आठ करोडको लागत अनुमान गरिएको थियो । पहिला दुई वर्षमा रु एक करोडभन्दा कम बजेट खर्च भएको उक्त सडकमा पछिल्लो वर्ष रु दुई करोड ७० लाख खर्च भएको थियो । कोरोना महामारी, बाढीपहिरोलगायत समस्याका कारण समपूरक कोषमार्फत विनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रको काम बीचमै रोकिएको थियो । सङ्घीय सरकारले एउटै योजनामा तीन वर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपूरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट विनियोजन गरेको शर्माले बताउनुभयो ।       “करिडोर कालोपत्र हुने चरणमा छ, करिडोरसँग जोडिने यो सडक हामीले तत्काल कालोपत्र गर्दा जैमिनीको लाइफलाइन बन्छ”, शर्माले भन्नुभयो, “हामीले सङ्घ र प्रदेशसँगसमेत बजेट माग गरेका छौँ, अब पुरानो होइन् नयाँ डिपिआर गरेर बाँकी खण्डको काम कालोपत्र गर्छौं ।” सात मिटर चौडाइ सडक, नाली र दुई किलोमिटर लम्बाइ रहेको सडक कालोपत्रका लागि रु पाँच करोड लागत अनुमान भए पनि अपुग हुने रकम प्रदेश र सङ्घीय सरकारसँग माग गरिने उपप्रमुख शर्माले बताउनुभयो ।       यो सडक कालोपत्र हुँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग पाँचदेखि सात मिनेटको दुरीमा पालिकामा मुकाम जोडिनेछ । जैमिनी नगरपालिकाभित्रका सबै आर्थिक क्रियाकलाप सञ्चालन गर्न र पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने शर्माले बताउनुभयो 

गलकोट: पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ ।  कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा सहरका रेष्टुरेण्ट र होटलमा कोदोको परिकार पाक्ने गरेको छ ।  निकै झन्झटिलो बालीका रुपमा रहेको कोदोको महत्व पछिल्लो समय बढ्दै गएको पाइन्छ । कुनै दिन गरिबको खानाको रुपमा चिनिएको कोदोको ढिडो अहिले ठूला होटल र घरबासमा समेत रुचाइएको परिकार बनेको छ ।  आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति नागरिक जागरुक देखिन थालेका छन् । कोदोको परिकारको फाइदाका समेत प्रसस्त भएका कारण पछिल्लो समय खरिद गरेरै भए पनि कोदोको ढिडो, रोटीलगायतका परिकार बनाएर खाने गरिएको छ भने बागलुङका घरबासले कोदोको सेलरोटीलाई प्रमुख आकर्षक खानाका रुपमा प्रस्तुत गरिरहेका छन् ।  बागलुङका घरबास (होम–स्टे)को आकर्षणसमेत कोदोको परिकार बन्न थालेको छ । पछिल्लो समय होटल, रेष्टुरेण्ट र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गए पछि कोदोको खेतीमा पुनः वृद्धि हुन थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित सामुदायिक घरबास बेलढुङ्गा सामुदायिक घरबास, जैमिनीको मरुनी घरबास र भकुण्डेको अतिथि सत्कार घरबासमा कोदोको सेलरोटी आकर्षक परिकारमध्ये पर्दै आएको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताउनुभयो ।   “चिसो याममा कोदोको ढिडो निकै रुचाइएको परिकारमध्ये पर्दछ, लोकल कुखुराको मासुसँग ढिडो खाने धेरै हुन्छन्”, उहाँले भन्नुभयो, “पाहुनाले ढिडो रुचाउन थालेपछि घरको कोदोले नपुगे खरिद गरेरसमेत ल्याइन्छ, पहिला चामलको भात नै बढी रुचाइएको थियो पछिल्लो समय स्वास्थ्यका लागिसमेत कोदोले फाइदा पुर्याउने भएपछि कोदोको महत्व बढ्यो ।” पहाडी जिल्लाको रुपमा रहेको बागलुङमा सिँचाइ सुविधा नभएका अधिकांश स्थानमा कोदो खेती गरिन्छ । तर, विस्तारै कोदोको महत्व बढ्दै गएपछि किसानले समेत महत्वका साथ खेती गर्दै आउनुभएको छ । बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकाको भिमापोखरा, ढोरपाटन, बडिगाड, निसीखोला, तमानखोला, जैमिनी र बरेङलगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ भने गलकोट, बडिगाड, बलेवा, रेशलगायतको क्षेत्रमा धानखेती बढी मात्रमा हुने गर्दछ ।  “पहिला गरिबले कोदोको परिकार खाने, धनीले चामलको खाना खाने प्रचलन थियो तर अहिले ठीक उल्टो भएको छ, चामल सहज भयो, ढिडो कोदोको परिकार दुर्लभ”, बागलुङको छिस्ती केवैका पूर्णबहादुर पुनले भन्नुभयो, “कोदोको महत्व बढे पनि ज्यालादारीमा काम गर्ने जनशक्ति नभएकाले दुई वर्षदेखि विद्युतीय उपकरणको सहायताले कोदो चुट्दै आएको छु, छिस्तीमा कोदो राम्रो हुन्छ, अहिले होटल तथा रेष्टुरेण्टमा कोदोको परिकार पाक्छ भन्ने सुन्दा अचम्म लाग्छ ।” जिल्लामा धान बालीलाई प्रमुख खेतीको रुपमा मान्दै आए पनि बागलुङमा भने कोदो खेती महत्वपूर्ण अन्न बालीका रुपमा रहेको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले रैथाने बाली कोदो संरक्षण र प्रवद्र्धन गर्न थालेकाले कोदोखेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुभयो ।   यस्तै ग्रामीण पोषण कार्यक्रमअन्तर्गत मुख्यतः कोदो बालीलाई नै विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले कोदो उत्पादन गर्ने किसानलाई यान्त्रीकरणमा समेत सहयोग गर्दै आइरहेको भट्टराईको भनाइ छ ।  कोदो, फापर र सिस्नोमा आइरल, मिनिरल बढी पाइने भएकाले ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो ।  जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनमा कोदो खेती गरिने भए पनि पछिल्लो समय केही जग्गा बाँझो राखिँदै आइएको छ । रैथानै बाली प्रवद्र्धन र कोदोको महत्व बढ्दै जाँदा क्रमशः बाँझो जग्गामा समेत कोदो खेती विस्तारमा सहयोग पुग्ने कृषि ज्ञान केन्द्रको भनाइ छ ।     पछिल्लो समय कोदोको माग सहर बजारमा समेत  हुँदा कोदो किसानसमेत उत्साहित भएका छन् । हाइबिड धान, गहुँ, मकै भित्र्याउने किसनाले कोदो भने परम्परागत बीउ लगाउने गरेका छन् तर कृषि ज्ञान केन्द्र कार्यालयले कोदोको बढी उब्जनी हुने बीउ वितरण गर्दै आएको छ । अहिले राम्रो कोदो उत्पादन हुने क्षेत्रका किसानलाई नगद अनुदानमा कोदोको बीउ, तरकारी, र फलफूलका बीउ दिने कृषि ज्ञान केन्द्र बागलुङको योजना बर्सेनि वृद्धि हुँदै गइरहेको छ ।

काठमाडौं:   राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले जनाएको छ ।  पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ ।  पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ ।  त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई को ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।  कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह र विषय कोड अनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फारम भर्ने व्यवस्था मिलाइएको छ । सिटिइभिटीले पनि रजिस्ट्रेशन फारम भर्न आह्वान गरेको छ ।

काठमाडौं:  पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आँफुले देशको लागि विश्वकप जित्ने ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइलमा मोरक्कोसँग १–० ले पराजित हुँदै बाहिरिएको थियो । रोनाल्डोले सामाजिक सञ्जालमार्फत पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करिअरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताएका हुन् । ‘मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठूलो सपना थियो । यसका लागि म धेरै लडेँ । कडा संघर्ष गरेँ । मैले त्यो सपनालाई कहिल्यै छोडिन ।’ उनले भनेका छन्, ‘तर दुःखको कुरा हिजो सपना समाप्त भयो ।’ उनले अगाडि भनेका छन्, ‘मेरोबारे धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ । तर पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणका लागि पनि परिवर्तन भएको छैन ।’ ‘म यसको लागि लडेँ । मैले यो सपनाको लागि कडा संघर्ष गरे । मैले १६ वर्ष भन्दा बढी सधैं महान खेलाडीहरूको साथ र लाखौं पोर्चुगिजहरूको समर्थनमा राष्ट्रिय टोलीबाट खेले । विश्वकपको पाँचै संस्करण खेल्दै गोल पनि गर्न सफल भए । विश्वकप जित्ने त्यो सपनालाई कहिल्यै छोडिन । दुःखको कुरा हाम्रो यात्रा सकिएको छ । म सँधै सबैको उद्देश्यका लागि लडिरहेको थिएँ र म मेरा सहकर्मी र मेरो देशबाट कहिल्यै पछाडि फर्कने छैन । अहिलेको लागि धेरै भन्नु छैन । धन्यवाद पोर्चुगल ।’ उनले लेखेका छन् । रोनाल्डो पोर्चुगलबाट सर्वाधिक खेल खेल्ने खेलाडीसँगै सर्वाधिक गोलकर्तासमेत हुन् । उनी पोर्चुगलका लागि मात्रै नभई राष्ट्रिय टोलीबाट पुरुष फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट १९६ खेलमा ११९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । मोरक्कोविरुद्ध मैदान उत्रिएपछि उनले राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने कुवेतकाबदर अल्मोटावासँगको कीर्तिमानलाई बराबरी गरेका छन् । यस विश्वकपमा रोनोल्डोले एक गोल मात्रै सफल भए । उनले पाँचपटक विश्वकप खेल्दा ८ गोल गरेका छन् ।