काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश ल...

  बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बतानुभयो ।     पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा पर्नुभएको थियो । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

  पोखरा । नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीबाट पनि पत्रकारिता पृष्ठभूमि भएका कांग्रेस नेताहरु सहित पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई मनोनयन गरिएको छ । पार्टीको बिधान अनुसार केन्द्रीय सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिका सदस्य एवं प्रवक्ता डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा एक दर्जन भन्दा बढी नेताहरुलाई मनोनयन गरिएको हो । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन(२०७९ लाई लक्षित गरि गठन गरिएको उक्त समितिमा पत्रकारिता पृष्ठभूमि रहेका गंगाधर पराजुली र अन्य नेपाली कांग्रेसका नेताहरु रहेका छन । पराजुली नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति समेत हुन । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका पराजुली पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन । उनि नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा पोखरा महानगरको सभापति पदमा थोरै मत नपुगेको कारण पराजित हुन पुगेका थिए । हाल उनि नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको सदस्य रहेका छन । प्रचार समितिमा मनोनित अन्य सबै जसो नेताहरु पार्टीको राजनीतिको मुल प्रवाहमा छन । गत असोज ३१ गते प्रथम चरणमा गठित समितिमा कास्कीबाट ७ जना मात्र रहेकोमा कार्तिक २ गते थप ७ जना सदस्यहरु मनोनित गरिएको छ । जस अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तिलक रानाभाट , पुर्व महाधिवेशन प्रतिनिधि दुर्गा तिमिल्सिना, पुर्व सांसद शारदा पौडेल, नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति एवं नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुडं र कास्की घर भएपनि हाल क़तारमा रहेर कांग्रेसको राजनीतिमा सक्रिय बिमल सुवेदीलाई पहिलो चरण अर्थात असोज ३१ गतेका दिन प्रचार प्रसार समितिको सदस्य मनोनयन गरिएको थियो । यसैगरि सोही समितिमा कार्तिक २ गते थप गरिएका सदस्यहरुमा कास्की कांग्रेसका पुर्व सभापति एवं पुर्व मन्त्री यज्ञ बहादुर थापा, नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य देवराज चालिसे, महासमिति सदस्य एवं कास्की कांग्रेसका पुर्व सभापति शोभियत बहादुर अधिकारी, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीलाई पनि समितिको सदस्यमा मनोनयन गरिएको छ । समितिका अन्य सदस्यहरुमा गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री एवं पुर्व केन्द्रीय आमन्त्रित सदस्य कुमार खड्का , नेपाली कांग्रेसका महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता रामचन्द्र त्रिपाठी, र महाधिवेशन प्रतिनिधि तथा कास्की कांग्रेसका पुर्व सचिव पोषनाथ शर्मालाई पनि प्रचार प्रसार समितिको सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

  पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ ।     नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।     मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताउनुभयो । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास रहेको उहाँले बताउनुभयो । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताउनुभयो । 

  बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ ।      अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताउनुभयो । “यो वर्ष अलैँचीको मूल्य गत वर्षको तुलनामा घटेको छ”, उहाँले भन्नुभयो, “एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको छ भने अर्कोतिर उचित मूल्य नपाउने स्थिति बनेको छ ।”     किसानहरुले २०७८ सालमा प्रतिकेजी रू १ हजार २ सयमा अलैँची बिक्री गरेका थिए भने २०७७ सालमा भने वर्ष प्रतिकेजी रु छ सयमा अलैँची बिक्री गरेका थिए ।      गलकोट–१ दुदिलाभाटीमा एक सयभन्दा बढी किसान अलैँची खेतीमा आबद्ध छन् । उनीहरुले करिब पाँच सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् ।      गत वर्ष अलैँची बिक्री गरी रु २३ लाख आम्दानी गरेका बरेङ गाउँपालिका–२ हुग्दिशिरका किसान यसवर्ष मूल्य घटेको सुनेर बेखुस छन् । अलैँची टिप्ने चटारोबीच उनीहरुलाई पनि मूल्यको पिरलो थपिएको छ ।      बरेङस्थित नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलले खरिदकर्ताहरु भने अझै आइनपुगेको बताउनुभयो । “तिहारअघि अलैँची टिपेर सकिन्छ, कतिपय किसानले सुकाइसकेर पनि बेच्न ठिक्क पारेका छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म व्यापारी आइपुगेका छैनन्, त्यसमाथि मूल्य पनि घटेको सुन्नमा आएको छ ।”      अलैँची व्यापारीबीचको अस्वस्थ प्रतिस्पर्धा बढ्दा मूल्य अस्थिर हुने गरेको अध्यक्ष पौडेलको भनाइ छ ।     बरेङमा १९ जना किसानले दुई सय रोपनीमा अलैँची खेती गर्दै आएका छन् । किसानहरुले प्रत्येक वर्ष झण्डै २० क्विन्टल जति अलैँची उत्पादन गर्छन् । जसबाट राम्रो मूल्य पाएको वर्षमा किसानले रु ५ लाखसम्म आम्दानी गरेको किसान तुलसीराम पौडेलले बताउनुभयो ।  ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले अलैँचीको बजारमा बिचौलिया हावी भएको आरोप लगाउनु भयो । “मूल्य बढ्ला र बेचौँला भनि बस्यो तर अन्तिममा जिल्ल पर्ने अवस्था आउँछ, रोग, किरा र जीवजन्तु लागेर पनि हामीलाई हैरान छ”, उहाँले भन्नुभयो ।     केन्द्रका अध्यक्ष भण्डारीले दुम्सी, भार्से जस्ता जन्तुले समेत अलैँची खेतीमा असर गरेको बताउनुभयो । “दुम्सीले सँधै बाली नोक्सान गरी दुःख दिन्छ, दुम्सीले खाएर बचेको अलैँची मात्रै हामीले टिप्ने हो”, उहाँले भन्नुभयो, “वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादन बढाउन सकिन्छ ।”      भण्डारी नौ वर्षदेखि अलैँचीको व्यावसायिक खेतीमा संलग्न हुनुहुन्छ । केन्द्रले सय रोपनी क्षेत्रफलमा अलैँची उत्पादन गर्दै आएको छ । अलैँची बेचेर वार्षिक रु आठ लाखसम्म कमाइ हुने गरेको अध्यक्ष भण्डारीको भनाइ छ । ताराखोलामा पनि अलैँचीको ‘ब्लक’ कार्यक्रम सञ्चालित छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा नेपाली अलैँचीले उचित मूल्य पाउने र माग घट्दा मूल्य पनि ओरालो लाग्ने गरेको बताउनुभयो ।      “राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ”, केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो ।     उहाँका अनुसार बागलुङमा अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत् किसानले अलैँची खेतीमा अनुदान र तालीम पाएका थिए । जिल्लामा अहिले १२ सय हेक्टरमा अलैँची खेती भइरहेको जनाइएको छ ।     अलैँची रोप्नेदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने काममा किसानको धेरै समय, श्रम र लगानी हुन्छ । बजारको अनिश्चिततासँगै लगानी अनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट पलायन हुने स्थिति आउने किसान बताउँछन् ।      नेपाली अलैँची काठमाडौँ हुँदै भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पु¥याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ । 

पोखरा : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिल नै मिति घोषणा गरिएको बताउनुभएको छ ।   पोखरामा  पत्रकारहरुसँगको भेटघाटमा उहाँले कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद विगतमा जस्तो लामो समयसम्म  नहुने अवस्था अब नआउने उल्लेख गर्नुभयो । हरेक दुई वर्षमा हुने प्रतियोगिता नियमित सञ्चालन हुने उहाँको भनाइ छ ।   मन्त्री गहतराजले भन्नुभयो, “हामीले दसौँ राष्ट्रिय खेलकुदको मिति अहिले नै तय गरेका छौँ । कर्णालीमा दुई वर्षभित्रमा मात्र भनेका छैनौँ, विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म मिति अहिले नै घोषणा गर्दा यसको तयारीमा समेत सहयोग पुग्नेछ, प्रतियोगिताको सुनिश्चितता हुन्छ ।”   खेलकुदमन्त्री गहतराजले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद मौसमको प्रतिकूलता, चाडपर्वहरुका बीच र सार्वजनिक खरिदका केही प्रावधानका कारण चुनौती रहे पनि चुनौतीका बीचमा पनि सफल भएको बताउनुभयो ।   नवौँ राष्ट्रिय खेलकुद आयोजनाले अन्तर्राष्ट्रिय मान्यतासमेत पाइसकेकाले राष्ट्रिय टोली निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सहज बनेको उहाँको भनाइ छ । पोखरामा सात दिनसम्म चलेको भव्य प्रतियोगिता सफल पार्न सहयोग गर्ने सञ्चारजगत्लगायत सबै गण्डकी प्रदेशवासीलाई समेत उहाँले आभार व्यक्त गर्नुभयो ।    राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँमा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताउनुभयो । उहाँले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताउनुभयो । प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिनुभयो । प्रतियोगिता सफल भएकामा उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो ।

काठमाडौं : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो । देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ ।   दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पोखरा : दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक लगायत क्षेत्रका सय जना भन्दा बढी व्यक्तिहरुको सहभागितामा कार्यक्रम भएको हो ।   पोखरा उद्योग वाणिज्य संघ र आर्थिक आवाज अनलाइनको आयोजना, नासा फाउण्डेसन नेपाल,  बाबा फाउण्डेन र नबिल बैंकको सहकार्यमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए), ग्लोबल रोड सेफ्टी एनजिओ एलाइन्स तथा नासा नेपालको समेत सहभागिता रहेको थियो ।    कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसनका वल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले ‘फ्रोफेसनल इङगेजमेन्ट फर सेफर मोबिलिटी’ पोखरा विश्वविद्यालयका सहप्राध्यापक बुद्धिराज जोशीले ‘सस्टेनेबल डेभलपमेन्ट गोल र सडक यातायात’, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सिडिई रामकुमार श्रेष्ठले मन्त्रालयको कार्यप्रगति र प्रदेशको अवस्थाको बारेमा र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष अधिवक्ता योगेन्द्रबहादुर केसीले गण्डकी प्रदेशको सार्वजनिक यातायातको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।   उक्त कार्यपत्र माथि नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा, नेपाल अर्थोपेडिक एसोसिएसनका पूर्व अध्यक्ष तथा नेशनल रोड सेफ्टी एलान्यसका सदस्य प्रा.डा. बुलन्द थापा, बाबा फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठ, अटो पत्रकार संघ नेपालका अध्यक्ष उज्ज्वल जंग शाह, एकेडेमिक नेटवर्क फर रोड सेफ्टी रिसर्च (टियु)का सुजना श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय लगायतले टिप्पणी गरेका थिए ।    कार्यक्रममा गण्डकी प्रदेशको सडक यातायातको सुधारका लागि सुझाव तथा सुरक्षित हेलमेन्टको प्रयोग र परिचर्चासमेत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशकै दीगो विकास, सडक र यातायातको व्यवस्था तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले ‘गण्डकी प्रदेश एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी’ नामक खुल्ला नेटवर्क गठन गर्ने निर्णयसमेत भएको छ ।    कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आवश्यक नीतिको अभाव, योजना कार्यान्वयनमा ढिलाई, सरकारी क्षेत्रको बेवास्ताका कारण प्रदेशको दीगो विकास, नागरिक स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनमा समेत नकारात्मक असर परेको बताएका छन् ।   पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीको अध्यक्षतामा कार्यक्रमको सञ्चालन आर्थिक आवाजका सञ्चालक सुरेन्द्र पौडेलले गरेका थिए ।  

  कुश्मा । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने लमाए खोलाको मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र परेको छ । फलेवास नगरपालिकाको देवीस्थान र कुर्घामा रहेको अलपत्र मोटरेबल पुलमा दुवैतर्फ पिलर उठाएर स्ल्याव ढलान गर्ने कामबाहेक अरु केही भएको छैन । स्थानीयले ढुङ्गामाथि मोटरेबल पुल निर्माण गरेको भन्दै विरोध जनाएपछि निर्माणाधीन अवस्थामै पुलको काम रोकिएको थियो । “भूगोलको कारण पनि त्यहाँ पुल सम्भव छैन भनेका थियौँ”, फलेवास नगरपालिकाका पूर्व नगरप्रमुख पदमपाणि शर्माले भन्नुभयो, “शिलान्यास समारोहमा नै हुँदैन भनेका हौँ, तर डिभिजन कार्यालयले के कारणले गर्यो ?” प्राविधिक समस्या देखाएर पुलमा राजनीति गर्न खोजेको देवीस्थानका स्थानीयको बुझाइ छ । नेताहरूले बाहिर विकास गरेजस्तो देखाउने तर, भित्रभित्रै कामचाहिँ हुन नदिने खेलका कारण पाँच वर्षसम्म पनि पुल बन्न नसकेको उनीहरूको आरोप छ । “पुल नबनाउने रणनीतिअनुसार नै गलत ठाउँमा त्यो पनि ढुङ्गामाथि पुलको फाउण्डेशन बनाउने काम गरियो”, स्थानीय शिव क्षेत्रीले भन्नुभयो, “एउटै खर्चमा एउटा पुलले काम गथ्र्यो तर राजनीतिक दबाबमा प्राविधिकले नजिकैको दूरीमा अर्को पनि पुल हाल्ने गरी डिजाइन गरेछन्, यो भनेको पुल बन्न नदिने र देवीस्थानलाई छायाँमा पार्ने रणनीति हो ।”  गण्डकी प्रदेशका तत्कालीन मन्त्री विकास लम्सालले पाँच वर्षअघि बाजागाजासहित पुलको शिलान्यास गर्नुभएको थियो । पुल निर्माण कार्य ढिलाइ हुनुमा राजनीति नभएर पुलमाथिबाट झरेको पहिरो मुख्य समस्या भएको पूर्वमन्त्री लम्सालले बताउनुभयो । “पुलको वारिपट्टिको पिलरलाई असर पुग्ने गरेर माथिदेखि पहिरो खसेको हुँदा काम रोकिएको थियो”, उहाँले भन्नुभयो, “खानीगाउँ, देवीस्थान छुट्याएर म हिँडछुहोला र रु अब पनि पुल नबनेमा सम्पूर्ण दोष मलाई दिए हुन्छ ।” अलपत्र पुलकै कारण कालीगण्डकी करिडोर निर्माणमा ढिलाइ भएको भन्दै फलेवास नगरपालिकाले पुल निर्माणकार्य छिटो सञ्चालन गर्न दबाब दिने काम भएको बताएको छ । “काम छिटो गर्नका लागि कुश्मा र फलेवास नगरपालिका क्षेत्रको बेग्ला–बेग्लै प्याकेजमार्फत काम गरौँ भनेर कालीगण्डकी करिडोर आयोजनाको कार्यालयमा अनुरोध गरेको छु”, “फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले भन्नुभयो, “आ–आफ्नो पालिकाले अपनत्व लिएर काम गर्दा प्रभावकारी र चाँडै करिडोरको काम हुन्छ भन्ने मेरो बुझाइ हो ।” पाँच वर्षदेखि रोकिएको काम फेरि सञ्चालन गरिने कालीगण्डकी करिडोर आयोजनाका प्रमुख शङ्कर पौडेलले बताउनुभयो । “हामीले चुनावलगत्तै पुल निर्माणलाई निरन्तरता दिनेछौँ । ठेक्का प्रक्रिया पनि भइसकेको छ”, उहाँले भन्नुभयो, “ढुङ्गालाई प्रोटेक्सन गरेर पहिलेकै डिजाइनमा काम गर्ने निर्णय भएको छ ।” उहाँका अनुसार विसं २०७४ मा पुल निर्माण गर्ने जिम्मा पाएको नयाँ बाटो गौचन जेभीले नै फेरि पुल निर्माण गर्ने छ । २५ मिटरको यस पुलको लागत रु पाँच करोड ६४ लाख रहेको छ । बलेवा–कैया जोड्ने झोलुङ्गे पुलका कारण कुश्मा खण्डको बाटो विस्तारमा समस्या भएको आयोजनाले बताएको छ । “मोदीबेनी नजिकको बाटो साँघुरो छ, त्यहाँ ब्लास्टिङ नगरेसम्म सम्भव छैन, तर ब्लास्टिङ गर्दा झोलुङ्गे पुललाई असर पर्र्ने देखिन्छ”, आयोजना प्रमुख पौडेलले भन्नुभयो, “अर्को उपाय नभएसम्म कुश्मा–मोदीबेनीबाट अर्मादीसम्मको ट्रयाकमा कुश्मा–मोदीबेनीको बाटोलाई अघि बढाउने कि भन्ने छलफलमा छौँ ।” कालीगण्डकी करिडोर नवलपरासीको गैँडाकोटबाट सुरु हुन्छ । अन्तिम टुङ्गो मुस्ताङको कोरला नाका हो । यसलाई चीनको प्रवेशविन्दु मानिन्छ । 

  कुस्मा । कर्णाली प्रदेशका एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया नवौँ राष्ट्रिय खेलकुदबाट त्यति धेरै सन्तुष्ट छैनन् । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्णपदक जिते । पुरुष तीन हजार मिटर दौडमा दुर्गाबहादुर बुढाले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । बुढा पाँच हजार मिटर दौडमा सेकेण्डले मात्र स्वर्णबाट चुके ।      यस्तै पुरुष उसुतर्फ नान छ्वान अलराउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्णपदक जिते । उनी १८ दशमलव ५४ स्कोर गर्दै च्याम्पियन बने । हमालले पुलिस क्लबका शनी श्रेष्ठलाई पछि पारेका थिए । प्रशिक्षक रोकायाले अझ धेरै स्वर्ण पदकको आश गरेका थिए । उनी खेलाडीभन्दा पनि बढी बेचैन भेटिए ।      मधेस–प्रदेशका सहायक कराते प्रशिक्षक राजेश गुप्ता भने आफ्ना खेलाडीबाट सन्तुष्ट छन् । नवौँ राष्ट्रियमा उनले रजत पदकसम्मको आश गरेका थिए । तर एउटा मात्र कास्यपदक प्राप्त भयो । पुरुष ६७ किलो तौल समूहमा मधेसका कृष्ण महतोले कास्य प्राप्त गर्न सफल भए । महतो सिरहाबाट छनोट भएर नवौँ राष्ट्रिय खेल्न पर्वत आएका थिए । उनी प्रशिक्षक गुप्ताका उत्पादन हुन । खासमा गुप्ता सिरहाका कराते प्रशिक्षक हुन् । उनी मधेस प्रदेशको कराते टोली ल्याएर कुस्मा आएका थिए ।      “मधेस प्रदेशबाट २९ खेलाडी सहभागी भएका थिए”, प्रशिक्षक गुप्ताले भने, “एउटा खेलाडी मात्र पदक प्राप्त गर्न सफल भए, म सन्तुष्ट छु ।” सहभागी खेलाडीमा पुरुष १६ र महिला १३ जना थिए । विभागीय टोलीको दबदबा रहेको नवौँ राष्ट्रिय मधेस मात्र होइन अन्य प्रदेशले पनि धेरै पदक जित्न सकेनन् । “मधेसका सबै जिल्लामा प्रशिक्षण छैन, केही ठाउँमा प्रशिक्षण दिने गरे पनि नियमित भने छैन”, प्रशिक्षक गुप्ताले भने, “समग्रमा करातेमा प्रदेशको अवस्था कमजोर छ ।”      गुप्ताले देशका अरु धेरै सहायक प्रशिक्षक जस्तै २०५२ सालमा करार जागिर खाएका हुन् । उनी २०६१ सालमा स्थायी भए । उनी २७ वर्षदेखि सहायक प्रशिक्षकका रुपमा कराते खेलाडी उत्पादन गरिरहेका छन् । सिरहाको लहान नगरपालिका–७ घर भएका गुप्ताले २०४६ देखि कराते खेल्न थालेका हुन् । त्यतिबेला उनी कक्षा १० मा पढ्थे । उनले ६० किलो तौल समूहमा राष्ट्रिय, क्षेत्रीय र जिल्लास्तरीय प्रतियोगिता खेले । करार प्रशिक्षकमा कार्यरत छँदा पनि २०५७ सालसम्म गुप्ताले कराते प्रतियोगिता खेले ।      “चप्पलमै खेले, जुत्ता किन्न पैसो थिएन”, गुप्ताले विगत सुनाए । उनले कराते सिकेको खेलको खुला मैदानमै हो । कभर्डहलको त कल्पना नै गर्न सकिन्नथ्यो । “अहिले लहानमा मात्र कभर्डहल छ, कराते अभ्यास गराउन पालो नै आउदैन’’, उनले भने, ‘‘ब्याडमिन्टन खेल्नेको भीड हुन्छ, हामीभित्र पस्नै सक्दैनौँ ।” यसपाली नवौँ राष्ट्रियमा सिरहाबाट मात्रै १७ कराते खेलाडी छनोट भए । छनोट हुनेमा सात महिला र १० पुरुष थिए । सिरहा वरपरका जिल्लाबाट न्यून सङ्ख्यामा खेलाडी छनोटमा परे । ती जिल्लामा प्रशिक्षक नभएर खेलाडी छनोट हुन सकेका भने होइनन् । “सप्तरी र सर्लाहीमा चार चार, महोत्तरीमा तीन, धनुषा र बारामा दुई÷दुई तथा पर्सामा एक प्रशिक्षक छन्”, गुप्ताले जानकारी दिए । रौतहटमा भने कराते प्रशिक्षक छैनन् ।       यसपाली नवौँ राष्ट्रियमा सप्तरीबाट दुई, धनुषाबाट एक, महोत्तरीबाट एक, सर्लाहीबाट चार, रौतहटबाट दुई तथा बारा र पर्साबाट एक एक खेलाडी छानिएका थिए । गुप्ताले साँझ बिहान नियमित प्रशिक्षण गराउँछन् । उनलाई अर्की सहायक प्रशिक्षक दुर्गाा धामीले साथ दिएकी छिन् । सिरहाको लहानमा दुई, मिर्चैयामा एउटा र गोलबजारमा दुई वटा कराते डोजो सञ्चालनमा छन् । ती सबै डोजोमा गरी झण्डै चार सय खेलाडी कराते सिक्दै आएको प्रशिक्षक गुप्ताले बताए । “खेलाडी कराते सिक्न आउँछन् तर भविष्य खोज्न अन्यत्र लाग्छन्”, उनले भने । गुप्ताले सिकाएका एक सयभन्दा बढी खेलाडी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत छन् । धेरैजसोले कराते खेल्नकै लागि विभागीय टोली रोजेका हुन् । त्यहाँ खेलेर आर्थिकरुपमा मजबुदका साथै पदोन्नति पनि हुन्छ । “प्रदेशमा खेलेर भविष्य बन्दैन भन्छन् र कराते सिकेर अन्यत्र लाग्छन्”, उनले भने, “भारतीय सेना र बेलायती सेनामासम्म मैले सिकाएका खेलाडी भर्ना भएका छन्, अन्यत्र गएर भविष्य बनाएकामा म धेरै खुशी छुँ ।”      गाउँमै खेलेर भविष्य बन्छ भन्ने सन्देश खेलाडीको परिवारमा नगएसम्म प्रदेशको पदक तालिकामा सुधार हुन नसक्ने गुप्ताको ठम्याइ छ । “राष्ट्रिय प्रतियोगितामा सहभागितासम्म मात्र सीमित बन्ने अवस्थाको अन्त्य चाँडै होला जस्तो छैन”, उनले भने, “खेलाडीको भविष्य सुनिश्चित गर्न पालिका, प्रदेश र सङ्घीय सरकार जिम्मेवार बन्नै पर्छ ।” मोफसलका खेलाडीलाई सधैँ आर्थिक अभावले पिरोल्छ । कराते मात्र होइन अन्य खेलमा पनि आकर्षित गर्नै सकिएको छैन । खेलमा लागे पढाइ बिग्रिन्छ भन्ने अभिभावकको बुझाइ छ । लामो समयसम्म खेलमा टिकाउन सहज पनि छैन । खानपिनमा उत्तिक्कै ध्यान दिनुपर्छ । लगानी जुटाउन नसके बीचमै खेल छाड्नुपर्ने अवस्था छ ।      “हामी कराते निःशुल्क सिकाउँछौँ, शुल्कको कुरा गरे खेलाडी खेल्नै आउँदैनन्”, प्रशिक्षक गुप्ताले भने, “न्यून शुल्कसमेत लिएका छैनौँ, अरु धेरै ठाउँमा शुल्कसमेत लिने गरेको सुनेका छौँ ।” कोही प्रशिक्षकले अभ्यास गराएको नगराएको हेर्ने बुझ्न कोही नआउने उनले बताए । अनुगमन नै नभएको १० वर्षभन्दा बढी भएको गुप्ताको भनाइ छ । “खेलाएको नखेलाएको हेर्न कोही पनि आउँदैनन्, अभ्यास गराए नि ठिक, नगराए नि ठिक जस्तै छ”, उनले भने । गुप्ता भने २७ वर्षदेखि कराते खेलाडी उत्पादनमै समर्पित छन् ।