मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पोखरा:  पोखरा महानगरपालिका-१ स्थित पृथ्वीनारायण क्याम्पसमा जारी अन्तरसङ्काय सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।  पुस १० देखि सञ्चालन भएको प्रतियोगितामा १० विद्याको खेल सञ्चालन गरिएको थियो । खेलकुद विद्यामा ७  र अतिरिक्त क्रियाकलापअन्तर्गत ३ खेल सञ्चालन गरिएको हो ।  अतिरिक्त क्रियाकलापअन्तर्गत निबन्ध-लेखनमा मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, विज्ञान सङ्कायका स्मृति सापकोटा द्वितीय र मानविकी सङ्कायका महेन्द्र पौडेल तृतीय भए । अतिरिक्त क्रियाकलापअन्तर्गत कविता-लेखनतर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, शिक्षा सङ्कायका रोजिना घिमिरे द्वितीय , व्यवस्थापन सङ्कायकी सम्झना सार्की तथा विज्ञान सङ्कायका विवेक सापकोटा तृतिय र कानुन सङ्कायका अभिषेक रेग्मी सान्तवना भएका थिए ।  वक्तृत्वकलातर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, कानुन सङ्कायका अमृत विश्वकर्मा द्वितीय र कानुन सङ्कायकै सौगात सुवेदी तृतीय  भएको शोभाकान्त गौतमले जानकारी दिए  खेलकुदतर्फ फुटबल छात्रामा बिएस्सी  शिक्षा टिम प्रथम, विविए अन्जुको समूह द्वितीय  र छात्रमा व्यवस्थापन सङ्कायका राहुलको समूह प्रथम र व्यवस्थापन संकाय नै अशोकको समूह द्वितिय भए ।      बास्केटबलतर्फ छात्रामा विज्ञान सङ्कायका सोनालीको समूह प्रथम, व्यवस्थापन सङ्कायका अन्जुको समूह  द्वितीय  र छात्रमा व्यवस्थापनका पवनको समूह प्रथम, व्यवस्थापन सङ्कायका नै सुमनको समूह द्वितीय  हुन सफल भए ।   भलिबल छात्रातर्फ मानविकी सङ्कायका मायाको समूह प्रथम, शिक्षा सङ्कायका सस्मिताको समूह द्वितीय  र छात्रमा शिक्षा सङ्कायका उमेशको समूह प्रथम र विज्ञान सङ्कायका मनोजको समूह द्वितीय  भए ।   क्रिकेटतर्फ विज्ञान सङ्कायका सुरेशको समूहको प्रथम र व्यवस्थापन सङ्कायका भरतको समूह द्वितीय   भए ।   चेस (बुद्धिचाल) तर्फ छात्रामा अनुपमा लौडारीभाट प्रथम, रानी कुमारी द्वितीय  र सम्झना चौधरी तृतीय  र छात्रमा दीपेश  खड्का प्रथम, सुमन पौडेल द्वितीय ​ र दर्पण सापकोटा तृतीय  भए ।  एथ्लेटिक्स तर्फ ५ किलोमिटर दौडमा छात्र तर्फ सन्जोक घर्ती प्रथम, विवेक तिलिजा द्वितीय  , आकाश थापा तृतीय ​ र छात्रामा अनिशा भण्डारी प्रथम, अन्जु गिरी द्वितीय  र सुशिला शाही तृतीय  हुन सफल भए ।  टेबुलटेनिस तर्फ एकल छात्रामा एलिस खड्का, आस्था केसी अनिता भण्डारी र समीक्षा पोखरेल र छात्र तर्फ पारस साही, समिर खत्री क्षेत्री, अमृृत  विके र सन्दिप पौडेल क्रमशः प्रथम, द्वितीय , तृतीय  भए ।   टेबुलटेनिस डबल छात्रामा आकृति थापा मगर र रोजिना थापाको समूह प्रथम, अनिता भण्डारी र समिक्षा पोखरेलको समूह द्वितीय , विनिता शर्मा र अनुपमा लौडरी भट्टको समूह तृतीय  भए भने  छात्र तर्फ मनोज बाग्ले र सन्दिप पौडेलको समूह प्रथम, पारस शाही र जनक न्यौपानको समूह द्वितीय  र खुमबहादुर कार्की र सराजन क्षेत्री तृतीय  भए भने अमृत विके र गौरव पौडेलको समूहले  सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।    त्रिविका आगिंक क्याम्पस मध्ये अब्बल क्याम्पस: रजिस्टार  प्रा.डा. दाहाल त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहालले पृथ्वीनारायण क्याम्पस त्रिविका आगिंक क्याम्पस मध्ये अब्बल क्याम्पस भएको बताए ।  पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।  ‘क्याम्पसमा खेलकुद हुनु मानसिक चेतनाको विकास सँगै शारीरिक विकास र अनुशासनमा रहनु हो, दाहालले भने, ‘खेलकुदबाट अबको भविश्य सुनिश्चित छ, हामी यसमा अब्बल हुनु आवश्यक छ । प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहाल, क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरुलाई नगद पुरस्कारसहित पदक तथा प्रमाण पत्र विविरण  गरेका थिए ।  पृथ्वीनारायण क्याम्पसको आयोजना र विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा प्रतियोगिता सम्पन्न भएको क्याम्पस प्रमुख प्रा.डा. कोइरालाले बताए ।  तस्बिरहरु:                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                           

काठमाडौं:  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।   राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र प्रधानमन्त्री दाहालसमक्ष हस्तान्तरण गरेका थिए । भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।

कास्की:   देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ ।  यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ ।  शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ । महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी  अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ ।  महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताउनुभयो । यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत विमानस्थल कोसेढुङ्गा सावित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पु¥याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरसँग हुने पोखराको सीधा सम्पर्कले पोखरा प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।” विमानस्थलको उद्घाटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ ।  पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उहाँले बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भन्नुभयो, “विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।” पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण  सुरु भएको हो ।

चितवन:  भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरूमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झन्डै एक हजार जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गत कार्यकालमा शुरुआत गर्नु भएको मेयरसँग बालबालिका कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबार पहिलो चरणमा सुरु गर्नु भएको हो । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार बिहीबार मात्रै भरतपुर–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासमा आयोजित कार्यक्रममा एक हजार जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइएको छ । चिसोका कारण विद्यालय जान रोकिन  नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आएको छ । महानगर प्रमुख रेणु दाहालको पहिलो कार्यकालमा भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रम अन्तरगत साइकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमहरू सुरु गरिएको थियो । महानगर प्रमुख दाहालले सुरु गरिएका सबै कार्यक्रम निरन्तरता दिइने बताउनुभयो । उहाँले सामुदायिक विद्यालय तर्फको आकर्षण र शैक्षिक गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । महानगरले बिहीबार १२ वटा विद्यालयका ९८६ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरभित्र ११६ वटा सामुदायिक र ९७ वटा संस्थागत विद्यालय छन् । ती मध्ये ७३ वटा आधारभूत तहका विद्यालय छन् । 

काठमाडौंः   विदेशबाट मोबाइल ल्याउन सरकारले कडाइ गरेको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले  ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु आजबाट नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा एकभन्दा बढी (दोस्रो) मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको छ । यसैको विरोधमा विदेशमा बसेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विभिन्न स्टाटस राखिरहेका छन् । अहिले यो ह्यासट्याग ट्रेन्डिङमा देखिन्छ । अर्थतन्त्र थला परेको बेला ‘नो रेमिट्यान्स’ अभियान चलाइएकोमा धेरैजसोले दुःख व्यक्त गर्दै सामाजिक सन्जालमार्फत् नै सरकारको ध्यानाकर्षण गराएका थिए । यसैबीच विदेशबाट फर्किएका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । कूल गाह्रस्थ उत्पादन (जीडीपी)को अनुपातमा सबैभन्दा धेरै रेमिट्यान्स भित्राउने विश्वभरका मुलुकमध्ये नेपाल ११औं स्थानमा पुगेको छ । विश्व बैंकले सार्वजनिक गरेको  ‘माइग्रेसन एन्ड ब्रिफ–२०२२’ रिपोर्टका अनुसार नेपालले सन् २०२२ मा भित्राउने रेमिट्यान्स कुल गाह्रस्थ उत्पादनको २१.८ प्रतिशत हुनेछ । नेपालमा करिब ४८ खर्बको जीडीपी छ, जसको अनुपातमा करिब २२ प्रतिशतको रेमिट्रयान्स भित्रिरहेको छ । अघिल्लो वर्ष जीडीपीको अनुपातमा धेरै रेमिट्यान्स नेपालमा विश्वभरकै मुलुकमध्ये १०औं स्थानमा थियो ।

दार्चुला:  दार्चुलाको करिब ५४ प्रतिशत घरधुरीमा बिजुली बलेको छ । पछिल्लो केही दिन यता लेकम गाउँपालिकाको रातामाटा, सर्मोली, बिटोरा, मालिकार्जुन गाउँपालिकाको मल्बाब र नौगाडको सुत्खोला लगायत क्षेत्रमा विद्युत् चार्ज गरिएको छ । हालसम्म दार्चुलाको ५३.७० प्रतिशत घरधुरीमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । नौ वटा स्थानीय तह रहेको दार्चुलाका आठ स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा हालसम्म कुनै पनि वडामा बिजुली बलेको छैन । अपिहिमालको वडा नम्बर ५ लुम्थि, सौगन्नामा लाइन विस्तार भए पनि ट्रान्सफर्मर जडान गरेर बिजुली बाल्न बाँकी रहेको प्रमुख जोशीले बताउनुभयो । नौ गाड गाउँपालिकाको पनि दल्लेख र धुलिगडा क्षेत्रमा मात्रै राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार भएको छ । केही घरपरिवारले लघु जलविद्युत, सोलार लगायत वैकल्पिक ऊर्जाका स्रोतहरूको व्यवस्थापन गरे पनि अधिकासं जनता अन्धकारमा बस्न बाध्य रहेका छन् । दार्चुलाको ४६ प्रतिशत जनता अझै पनि राष्ट्रिय प्रसारणको विद्युतको  पहुँच बाहिर रहेका छन् । विद्युत् अभावमा विभिन्न समस्या झेल्नुपरेको र रातीको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको अपि हिमाल गाउँपालिकाका स्थानीय पार्वती ठेकरेले गुनासो गर्नुभयो । चमेलिया लगायत साना ठुला जलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म अण्डै आधा घरधुरीमा विद्युतिकरण नै हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा विद्युतिकरण गरिसक्ने लक्ष्य लिएकोमा लक्ष्य अनुसार काम हुन सकेको छैन । विद्युत् कार्यालय र निर्माण व्यवसायी लगायत सरोकारवाला जिम्मेवार नबन्दा दार्चुलामा विद्युतिकरणमा ढिलाइ भइरहेको छ । सरोकारवालाहरूको ढिलासुस्ती र गैर जिम्मेवारीका कारण विद्युत् विस्तारमा लक्ष्यअनुसार प्रगति हुन नसकेको लेकमका स्थानीय पल्लवराज जोशीले बताउनुभयो । विद्युतिकरण भइसकेको ठाउँमा समेत बेलाबेला विद्युत् सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ । विगतमा टेन्डर भएको क्षेत्रमा विद्युतिकरणको काम भइरहेको र चालु आर्थिक वर्षमा विद्युत् वितरण केन्द्रमा विद्युतिकरणका लागि पर्याप्त बजेट नै नरहेको कार्यालय प्रमुख मोहनदेव जोशीको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाले विद्युतिकरणको काम गर्ने भनेर विद्युत् वितरण केन्द्रको बजेट कटौती गरिएको छ, उहाँले भन्नुभयो, दार्चुला विद्युतिकरण आयोजनाको समेत अहिलेसम्म निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । झन्डै एक अर्ब बजेट रहेको उक्त कार्यक्रमका लागि पटक पटक टेन्डर आह्वान हुँदा समेत टेन्डरनै नपरेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । अहिले तेस्रो पटक टेन्डर आह्वान भएकोले टेन्डर स्वीकृत भए विद्युतिकरणको काम तीव्रताका साथ अगाडी बढ्ने उहाँको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाको काम सम्पन्न भएमा दार्चुलाको सबै घरधुरीमा बिजुली बलिसक्ने विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख जोशीले बताउनुभयो ।

पोखराः   आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ । हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ । त्यस्तै हिमाली भू–भागमा साताको सुरू र मध्यमा केही स्थानमा हल्का वर्षा÷हिमपातको  समेत सम्भावना रहेको छ । प्रदेश नं १ को पहाडी भू–भागमा साताको सुरुआतमा छिटपुट वर्षाको सम्भावना छ । देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने तथा तराई भू–भागमा साताका अधिकांश दिनमा बिहान र राति हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस छ ।

पोखराः   गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार 'तमु ल्होसार' पर्व मनाउँदैछन् । 'ल्हो'को अर्थ वर्ष र 'सारु' को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई 'तमु ल्होसार' भनिएको हो ।  तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवार भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ ।  आज गुरुङ समुदायले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभुषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिनेछ ।  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत देश निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुसरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

काठमाडौं:   पाटन उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा  सुनुवाइ हुँदैछ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ । बिहीबार पाटनका न्यायाधीशद्वय पौडेल र पोखरेलको संयुक्त इजलासमा लामिछानेको पुनरावेदनको मुद्दा परेको हो । यसअघि पुस १२ गते काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा प्रमाण बुझाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो । गत कात्तिक १४ गते एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । यसअघि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । क्रिकेटर लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ ।