पिएन क्याम्पसमा सप्ताहव्यापी खेलकुद सम्पन्न, छात्र फुटबलमा व्यवस्थापन सङ्काय हाबी

पाेखरा | पुस १५, २०७९

पिएन क्याम्पसमा सप्ताहव्यापी खेलकुद सम्पन्न, छात्र फुटबलमा व्यवस्थापन सङ्काय हाबी

पोखरा:  पोखरा महानगरपालिका-१ स्थित पृथ्वीनारायण क्याम्पसमा जारी अन्तरसङ्काय सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । 


पुस १० देखि सञ्चालन भएको प्रतियोगितामा १० विद्याको खेल सञ्चालन गरिएको थियो । खेलकुद विद्यामा ७  र अतिरिक्त क्रियाकलापअन्तर्गत ३ खेल सञ्चालन गरिएको हो । 


अतिरिक्त क्रियाकलापअन्तर्गत निबन्ध-लेखनमा मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, विज्ञान सङ्कायका स्मृति सापकोटा द्वितीय र मानविकी सङ्कायका महेन्द्र पौडेल तृतीय भए ।


अतिरिक्त क्रियाकलापअन्तर्गत कविता-लेखनतर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, शिक्षा सङ्कायका रोजिना घिमिरे द्वितीय , व्यवस्थापन सङ्कायकी सम्झना सार्की तथा विज्ञान सङ्कायका विवेक सापकोटा तृतिय र कानुन सङ्कायका अभिषेक रेग्मी सान्तवना भएका थिए । 


वक्तृत्वकलातर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, कानुन सङ्कायका अमृत विश्वकर्मा द्वितीय र कानुन सङ्कायकै सौगात सुवेदी तृतीय  भएको शोभाकान्त गौतमले जानकारी दिए 


खेलकुदतर्फ फुटबल छात्रामा बिएस्सी  शिक्षा टिम प्रथम, विविए अन्जुको समूह द्वितीय  र छात्रमा व्यवस्थापन सङ्कायका राहुलको समूह प्रथम र व्यवस्थापन संकाय नै अशोकको समूह द्वितिय भए ।     


बास्केटबलतर्फ छात्रामा विज्ञान सङ्कायका सोनालीको समूह प्रथम, व्यवस्थापन सङ्कायका अन्जुको समूह  द्वितीय  र छात्रमा व्यवस्थापनका पवनको समूह प्रथम, व्यवस्थापन सङ्कायका नै सुमनको समूह द्वितीय  हुन सफल भए ।  


भलिबल छात्रातर्फ मानविकी सङ्कायका मायाको समूह प्रथम, शिक्षा सङ्कायका सस्मिताको समूह द्वितीय  र छात्रमा शिक्षा सङ्कायका उमेशको समूह प्रथम र विज्ञान सङ्कायका मनोजको समूह द्वितीय  भए ।  
क्रिकेटतर्फ विज्ञान सङ्कायका सुरेशको समूहको प्रथम र व्यवस्थापन सङ्कायका भरतको समूह द्वितीय   भए ।  


चेस (बुद्धिचाल) तर्फ छात्रामा अनुपमा लौडारीभाट प्रथम, रानी कुमारी द्वितीय  र सम्झना चौधरी तृतीय  र छात्रमा दीपेश  खड्का प्रथम, सुमन पौडेल द्वितीय ​ र दर्पण सापकोटा तृतीय  भए । 


एथ्लेटिक्स तर्फ ५ किलोमिटर दौडमा छात्र तर्फ सन्जोक घर्ती प्रथम, विवेक तिलिजा द्वितीय  , आकाश थापा तृतीय ​ र छात्रामा अनिशा भण्डारी प्रथम, अन्जु गिरी द्वितीय  र सुशिला शाही तृतीय  हुन सफल भए । 


टेबुलटेनिस तर्फ एकल छात्रामा एलिस खड्का, आस्था केसी अनिता भण्डारी र समीक्षा पोखरेल र छात्र तर्फ पारस साही, समिर खत्री क्षेत्री, अमृृत  विके र सन्दिप पौडेल क्रमशः प्रथम, द्वितीय , तृतीय  भए ।

 
टेबुलटेनिस डबल छात्रामा आकृति थापा मगर र रोजिना थापाको समूह प्रथम, अनिता भण्डारी र समिक्षा पोखरेलको समूह द्वितीय , विनिता शर्मा र अनुपमा लौडरी भट्टको समूह तृतीय  भए भने  छात्र तर्फ मनोज बाग्ले र सन्दिप पौडेलको समूह प्रथम, पारस शाही र जनक न्यौपानको समूह द्वितीय  र खुमबहादुर कार्की र सराजन क्षेत्री तृतीय  भए भने अमृत विके र गौरव पौडेलको समूहले  सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएको थियो । 

 

त्रिविका आगिंक क्याम्पस मध्ये अब्बल क्याम्पस: रजिस्टार  प्रा.डा. दाहाल


त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहालले पृथ्वीनारायण क्याम्पस त्रिविका आगिंक क्याम्पस मध्ये अब्बल क्याम्पस भएको बताए । 


पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 


‘क्याम्पसमा खेलकुद हुनु मानसिक चेतनाको विकास सँगै शारीरिक विकास र अनुशासनमा रहनु हो, दाहालले भने, ‘खेलकुदबाट अबको भविश्य सुनिश्चित छ, हामी यसमा अब्बल हुनु आवश्यक छ ।


प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहाल, क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरुलाई नगद पुरस्कारसहित पदक तथा प्रमाण पत्र विविरण  गरेका थिए । 


पृथ्वीनारायण क्याम्पसको आयोजना र विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा प्रतियोगिता सम्पन्न भएको क्याम्पस प्रमुख प्रा.डा. कोइरालाले बताए । 

तस्बिरहरु:

 

 

 

 

 

 

 

 

 

 

 

 


                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                


 

पोखरा:     ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा अफिसियल ड्रिङ्किङ वाटरमा ‘ग्लेज’ जोडिने भएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृह...

थप पढ्नुहोस्

पोखरा:      गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताउनुभएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिका...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ र...

थप पढ्नुहोस्