मेलमिलापकर्ता तालिम सम्पन्न
पाेखरा | पुस १५, २०७९
पोखरा: पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित मेलमिलापकर्ता सम्बन्धी आधारभुत तालिम बिहिबार सम्पन्न भएको छ ।
आठ दिनसम्म सञ्चालन भएको तालिमको उच्च अदालत पोखराका मुख्यन्यायधिश डिल्लिराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । तालिम समापन कार्यक्रममा बोल्दै उहाँले मेलमिलाप विवाद समाधानको उत्तम उपाय भएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले असर र पारर्दशी रुपमा काम गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘न्यायधिशले दिने न्याय प्रयोगात्मक हुन्छ । मेलमिलापकर्ताले दिने व्यवहारीक हुन्छ ।’
उहाँले डिग्रीको सिक्र्रीले नभई व्यवहार र अनुभवको आधारमा मेलमिलापकर्ताले व्यवहार गर्नुपर्छ भन्नुभयो । मुख्य न्यायधिश आचार्यले तालिम लिएका मेलमितापकर्ताहरुले असर कार्य गर्ने विश्वास ब्यक्त गर्नुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्थानीय सरकारसंग हातेमालो गरेर विवाद समाधान गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो ।
पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले न्यायिक समितिको अगका रुपमा मेलमिलापकर्ता रहने भएकाले विवाद समाधानमा महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले विवाद समाधानमा तालिमबाट सिकेको विषयवस्तुलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा महानगर न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठले न्यायिक समितिको बारेमा बोल्नुभएको थियो ।तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
आठ दिनसम्म सञ्चालन भएको तालिममा महानगरका ३३ वटा वडाका ७० जनाको सहभागीता रहेको थियो ।वडा तहका विवादलाई समाधान गर्ने उद्देश्यले मेलमिलापकर्ताका लागि तालिम सञ्चालन गरिएको महानगरपालिका न्यायिक समितिका उजुरी प्रशासक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । तालिम प्राप्त मेलमिलापकर्ता नभएका र पाँच जना भन्दा कम भएका वडाबाट नाम माग गरेर तालिम सञ्चालन गरिएको हो ।
काठमाडौं: पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग श...
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने ...
पोखरा: पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने)खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको १ सय १ दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।&n...