मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:  सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा हेर्नुपर्ने बताउनुभएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले आज भोलिदेखि नै अक्षयकोष स्थापना गर्न व्यक्तिगत तर्फबाट दुई लाख रुपियाँ सहयोगको घोषणा गर्नुभयो। अध्यक्ष ओलीले भन्नुभयो, “अक्षय कोष स्थापना गर्ने कुरामा समय पर्खनुभयो भने, राम्रो समय पर्खदा–पर्खदा बुढो भइन्छ। म मेरो तलबबाट दुई लाख दिन्छु, काम थालिहाल्नुस्। सांसद छानिएको छु, मेरो पनि तलब आउँछ। सरकारले यस क्षेत्रमा हेर्दै नहेरेको होइन तर, हेर्नैपर्ने गरी जसरी राम्रोसँग हेरेन। खेलाडीको राम्ररी हेर भन्ने भनाइ म सरकारसँग पुर्याउँछु। अहिले खेलकुदमन्त्री छैन। मन्त्री जो भए पनि खेल क्षेत्रलाई सरकारले हेरोस्।” उहाँले खेलमार्फत सुन्दर, सक्षम, शान्तिपूर्ण एवम् अनुशासित विकसित समाज बनाउने एकेडेमीको प्रयासको प्रशंसा गर्दै व्यवहारिक जीवनदेखि खेलकुद र राजनीतिमा फउल खेल्न नहुने तर्क गर्नुभयो। सबै खेलको आ–आफ्नो नियम हुने बताउँनुहुँदै त्यसले नियम र अनुशासनको पालना गर्दै सफल हुन सिकाउने बताउनुभयो। 

काठमाडौं:  कारोबार अवधिभर तीव्र उतारचढाव देखिएको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सुरुवाती समयमा उच्च वृद्धि भएपनि त्यसपछि लगातार उतारचढाव देखिएको नेप्से १७.२४ अंक (०.८५ प्रतिशत) ले वृद्धि भएर २०४६.२६ अंकमा बन्द भएको हो । नेप्सेमा तीव्र उतारचढाव देखिँदा कारोबार रकम पनि बढेको छ । नयाँ सरकार गठनसँगै गत साता र आइतबार पनि सुरुवती समयमा बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा कारोबार रकम पनि ४ अर्ब नाघेको छ । गत बिहीबार नै चार महिना याताकै उच्च बिन्दुमा पुगेको नेप्से आइतबारको ‘इन्ट्रा–डे’ मा ५४ अंकको वृद्धि हुँदा २०८३.१९ अंकसम्म पुगेको थियो । ७ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से गत साता र आइतबारको ‘इन्ट्रा–डे’ को उच्च बिन्दुमा पुग्दा करिब २१६ अंकले वृद्धि भएको थियो । छोटा अवधिमा नै नेप्सेमा उच्च वृद्धि हुँदा लगानीकर्ताले नाफा बुक गर्न खोजेपछि आइतबार ५४ अंक भन्दा माथिले वृद्धि भएको नेप्से अन्तिममा करेक्सन भएर १७ अंकको वृद्धि सहित बन्द भएको छ । जसले आइतबार कारोबार रकम पनि उच्च भएको छ । आइतबार सेयर बजारमा ४ अर्ब ४ करोड ८८ लाख ८० हजारको कारोबार भएको छ । नेप्से दोहोरो अंकले बढेपनि वित्त कम्पनी र विकास बैंक उपसूचकमा भने गिरावट भएको छ । जीवन बीमा उपसूचक २.९९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.०४ प्रतिशत र वित्त कम्पनी उपसूचक ०.२० प्रतिशतले गिरावट भएको हो । आइतबार ४ अर्ब माथिको कारोबार हुँदा नबिल बैंकको २३२ करोड ५७ लाख ४९ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८८ लाख १ हजार र हिमालयन डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजारको कारोबार भएको छ । नेप्सेमा आइतबार कुल २१२ कम्पनीको सेयर कारोबार हुँदा १२१ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ८७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकोमध्ये श्रृजनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा खप्तड र धौलागिरी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता एनआएन इन्फ्रास्ट्रचर एण्ड डेभलमेन्ट लिमिटेडको सेयरमूल्य ३.८४ प्रतिशतले गिरावट हुँदा मिथिला लघुवित्तको सेयरमूल्य ३.८४ प्रतिशत र रिभर फल्स पावरको सेयरमूल्य ३.६५ प्रतिशतले गिरावट भएको छ । यस्तै सिद्धार्थ इक्वीटी फण्डको इकाइमूल्य ५.५७ प्रतिशत र साये ८ प्रतिशत ब्याजदरको नेपाल बैंक् डिवेञ्चरको मूल्य ३.९२ प्रतिशतले घटेको छ ।

घोडाघोडी:  कैलालीको पहाडी गाउँपालिका चुरेको बाटेगढामा पहिलो पटक बिजुली पुगेपछि स्थानीयमा खुसी छाएको छ । चुरे गाउँपालिका –४ बाटेगढामा पहिलो पटक बिजुली बत्ती पुगेपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको भन्दै  स्थानीयहरू खुसी भएका हुन् । यद्यपि सो गाउँपालिकाको ४० प्रतिशत क्षेत्रमा अझै बत्ती पुग्न सकेको छैन ।  चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले वडा २ र ४ को एउटा गाउँमा मात्र बत्ती पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाका अन्य वडाका धेरै गाउँमा अझै बत्ती  पुगेको छैन, समग्रमा भन्नुपर्दा अझै ४० प्रतिशत क्षेत्र बिजुली बत्तीको पहुँचभन्दा बाहिर रहेका छन् ।’ अध्यक्ष बोगटीले आफ्नो कार्यकालभित्र सबै ठाउँमा बत्ती पुगाउन पहल गर्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बाटेगढामा एक करोड ६० लाखको लागतमा बिजुली बत्ती बालिएको बताउनुभयो । सो क्षेत्रका स्थानीयले बत्तीका लागि सोलारको प्रयोग गर्दैआएका थिए ।  केन्द्रका प्रमुख मण्डलले विस्तारित विद्युतीकरण अन्तर्गत चुरेमा १२ औँ ट्रान्सफर्मर बाटेगढा रहेको जनाउँदै चुरे गाउँपालिका अन्तर्गत पर्ने चुरेफेदीको गाउँ बालुवागडमा २०७६ मा विद्युतीकरण गरिएको बताउनुभयो ।  जागती, गर्भा दरबारलगायत चुरेका अन्य गाउँमा समेत विद्युत् लाइन विस्तार गर्ने योजना प्राधिकरणको रहेको छ ।

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताए । दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फल खेल्नु हुुँदैन’ उनले भने, ‘फउल खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ ।’ ओलीले राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने बताए । राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ नराम्रो खेलाडीले अरुको खुट्टामा हान्छ । खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ’ उनले भने । समाजको कुनै पनि क्षेत्र अनुशासनमा चलेन भने सफल नहुने ओलीले बताए ।

गलकोट:   बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ।  उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ।  सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ।  ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै ५० लाखको सुन्तला बिक्री हुन बाँकी  छ। आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष पाँच लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए। उनले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गरे। यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको जानकारी दिए।  उनले औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताए।  गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै दुई करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्यांक छ।  यस वर्ष पनि सुन्तला बिक्रीको तथ्यांक संकलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्यांक संकलनमा ढिलाइ भएको बताए।  उनले बिक्री लक्ष्यअनुसार तीन करोडको सुन्तला उत्पादन भएको बताए।  पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पुर्‍याउने गरेका छन्। 

कास्की:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर सार्वजनिक राजनीतिमा आएदेखि बाराम्बार प्रयास गरेको उल्लेख गरेका छन् ।  जनयुद्धपछि सार्वजनिक राजनीतिमा आएदेखि नै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्छ भन्ने लागेर सम्बन्धित निकायसँग सम्वाद थालेको प्रम प्रचण्डको भनाई छ ।    पोखरामा आज विमानस्थलको औपचारिक उद्घाटन गर्ने क्रममा सभालाई सम्बोधन गर्दै प्रचण्डले विमानस्थल बनाउने विषयमा आफुले गरेको प्रयास सुनाए । ‘यहाँ (पोखरा) विमानस्थल बनाउन मैले पटकपटक चिनियाँ दूतावास र   चीन सरकारसँग कुरा गरेको छु’ प्रचण्डले भने ‘चीन भ्रमणमा जाँदा पनि मेरो मुख्य एजेण्डामध्ये पोखरामा विमानस्थल निर्माण पनि थियो ।’   चीन भ्रमणकाक्रममा राष्ट्रपति हु जिन्ताओ सी जिनपिङ्सँग पोखरामा विमानस्थल निर्माणमा कुरा गरेको प्रचण्डको दाबी छ ।    उनले आजको दिनमा आफ्नो, पोखरेली र देशवासीकै सपना पुरा भएको जनाए । ‘म प्रधानमन्त्री भएको सातादिनमै मैले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरे’ प्रचण्डले थपे ‘झन् म यही क्षेत्रबाट निर्वाचन जितेर प्रधानमन्त्री भएको छु, सबैलाई धन्यवाद ।’

काठमाडौं:  लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।

काठमाडौं:  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको हो । बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उहाँको भनाइ छ । उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताउनुभयो । कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उहाँको भनाइ थियो । उहाँले नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की, नेकपा ९एमाले०का केन्द्रीय सदस्य भीम केसीले नेपालको आर्थिक विकासको मुख्य आधार जलविद्युत्, कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई विश्वमाझ चिनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पर्यटन दशक मनाउन लागेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँको पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिकाले अक्षयकोष स्थापना गरेर काम गर्दै आइरहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले मुलुकले सोचेजस्तो पर्यटक भित्र्याउन नसकेको भन्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेललाई पर्यटनको विशेष क्षेत्रका रूपमा अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्ययरूपमा रोजगार पाएको ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि बढाउनुपर्ने बताउनुभयो ।

काठमाडौं:  काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । र्‍यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए । काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए । काठमाडौंका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिए । अजमतुल्लाह ओमाजारईले २ विकेट लिए । कमल सिंह ऐरी, अनिल खरेल र वसिर अहमदले समान १–१ विकेट लिए ।