खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा हेर्नुपर्छ: केपी ओली

काठमाडाैं | पुस १७, २०७९

खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा हेर्नुपर्छ: केपी ओली

काठमाडौं:  सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा हेर्नुपर्ने बताउनुभएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले आज भोलिदेखि नै अक्षयकोष स्थापना गर्न व्यक्तिगत तर्फबाट दुई लाख रुपियाँ सहयोगको घोषणा गर्नुभयो।


अध्यक्ष ओलीले भन्नुभयो, “अक्षय कोष स्थापना गर्ने कुरामा समय पर्खनुभयो भने, राम्रो समय पर्खदा–पर्खदा बुढो भइन्छ। म मेरो तलबबाट दुई लाख दिन्छु, काम थालिहाल्नुस्। सांसद छानिएको छु, मेरो पनि तलब आउँछ। सरकारले यस क्षेत्रमा हेर्दै नहेरेको होइन तर, हेर्नैपर्ने गरी जसरी राम्रोसँग हेरेन। खेलाडीको राम्ररी हेर भन्ने भनाइ म सरकारसँग पुर्याउँछु। अहिले खेलकुदमन्त्री छैन। मन्त्री जो भए पनि खेल क्षेत्रलाई सरकारले हेरोस्।”


उहाँले खेलमार्फत सुन्दर, सक्षम, शान्तिपूर्ण एवम् अनुशासित विकसित समाज बनाउने एकेडेमीको प्रयासको प्रशंसा गर्दै व्यवहारिक जीवनदेखि खेलकुद र राजनीतिमा फउल खेल्न नहुने तर्क गर्नुभयो।


सबै खेलको आ–आफ्नो नियम हुने बताउँनुहुँदै त्यसले नियम र अनुशासनको पालना गर्दै सफल हुन सिकाउने बताउनुभयो। 

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्