सुर्खेत प्रहरी उपरीक्षकमा योगेन्द्रसिंह थापा

सुर्खेत | पुस १७, २०७९

सुर्खेत प्रहरी उपरीक्षकमा योगेन्द्रसिंह थापा

सुर्खेत:  जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी)को जिम्मेवारीमा योगेन्द्रसिंह थापा आउनुभएको छ । यसअघि सुर्खेत प्रहरी प्रमुख रहेका एसपी पदम विष्टको सरुवा भएपछि राजमार्ग सुरक्षा कार्यालय रुपन्देहीमा कार्यरत थापा प्रहरी प्रमुख बनेर सुर्खेत आउनुभएको हो । 


आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित पत्रकार परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख थापाले सुर्खेतको समग्र शान्तिसुरक्षामा आम नागरिकले अनुभव गर्नेगरी सेवा प्रवाहमा लाग्ने बताउनुभयो । पछिल्लो समय प्रदेश राजधानी रहेको सुर्खेत सुरक्षा दृष्टिकोणले अति संवेदनशील रहेकाले अपराधजन्य गतिविधि रोकथाममा विशेष सुरक्षा योजना लागु गरिने थापाको भनाइ छ ।


लागुऔषध ओसारपसार, चोरी निकासी, झैझगडा, घरेलु हिंसा, सामाजिक अपराध, कालोबजारी, सडक दुर्घटना तथा प्रहरी नै आपराधिक घटनामा संलग्न हुनेजस्ता घटनामा वृद्धि हुँदैगएको विषयमा पत्रकारले राखेको जिज्ञासामा एसपी थापाले आफूलाई राज्यले दिएको अधिकारको पूर्ण अधीनमा रही शान्ति सुरक्षा प्रत्याभूतिका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । 

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्